भनिन्छ, बच्चाहरु भगवानका रुप हुन् त्यसैले उनीहरु झुठो बोल्दैनन्। तर यो भनाइभन्दा साँचो भनाइ के हो भने बच्चाहरुले झुठो बोलेको कुरा वयस्कहरुले थाहा पाउँदैनन्। बच्चाले झुठो बोलेको वयस्कहरुले निकै कम थाहा पाउने कुरा एक अनुसन्धानमा खुलेको छ।

८ हजार वयस्क र १ हजार ८ सय बच्चामा गरिएको एक अनुसन्धानअनुसार बच्चाहरुले झुठो बोलेको कुरा वयस्कले ५४ प्रतिशत मात्रै थाहा पाउने गर्दछन्। अनुसन्धानको प्रतिवेदन सेप्टेम्बर २९ को ‘जर्नल ल एण्ड ह्युमन बिहाभियरमा’ प्रकाशित छ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाकी अनुसन्धाता जेनिफर गोंगोलाका अनुसार वयस्कहरुले बच्चाले झुठो बोलेको कुरा ५४ प्रतिशत मात्रै थाहा पाउनु भनेको लगभग बराबरीको सम्भावना जस्तै हो। ३ वर्षको बच्चाले पनि झुठो बोल्न सक्ने अनुसन्धानमा थाहा पाइएको थियो।

त्यसैगरी अनुसन्धानमा सामाजिक कार्यकर्ता, प्रहरी अधिकृत र शिक्षकजस्ता पेशागत वयस्कहरुले बच्चाले झुठो बोलेको साधारण मानिसले भन्दा अलिकति बढी पक्रेका थिए। उनीहरुले ५६ प्रतिशत झुठ पक्रिएका थिए। एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार