काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी, काठमाडौंले एक प्रेस विज्ञप्ति निकाल्दै काठमाडौंको गोगबुमा भएको अपहरण केसमा आफ्नोृ कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । कार्यालय सचिव कमरेड ज्वालाले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै त्यस्ता घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग पनि गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौको गोंगबुस्थित नयाँबसपार्कमा २ जना मान्छे अपहरणसम्बन्धी घटनामा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता रहेको छैन । त्यस्ता कार्य हाम्रो पार्टीले कुनै हालतमा गर्ने छैन । त्यस्तो निन्दनीय र मानवअधिकारलाई बञ्चित गर्ने कार्य हाम्रो पार्टीले गर्ने छैन । यस्ता योजना पनि छैन । हाम्रो पार्टी काठमाडौं जिल्ला समिति अपहरणकारीलाई कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछ । यस्ता घटनामा नेकपालाई जोडेर झुटा आरोप नलगाउन सम्बन्धित सबै पक्षलाई जानकारी गराउँछौं ।’

विज्ञप्तिको पूर्ण पाठ –
काठमाडौको गोंगबुस्थित नयाँबसपार्कमा २ जना मान्छे अपहरणसम्बन्धी घटनामा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता रहेको छैन । त्यस्ता कार्य हाम्रो पार्टीले कुनै हालतमा गर्ने छैन । त्यस्तो निन्दनीय र मानवअधिकारलाई बञ्चित गर्ने कार्य हाम्रो पार्टीले गर्ने छैन । यस्ता योजना पनि छैन । हाम्रो पार्टी काठमाडौं जिल्ला समिति अपहरणकारीलाई कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछ । यस्ता घटनामा नेकपालाई जोडेर झुटा आरोप नलगाउन सम्बन्धित सबै पक्षलाई जानकारी गराउँछौं । त्यस्तो निन्दनीय कार्य हाम्रो पार्टीले नगर्ने हुँदा केही मिडियामा त्यस्ता झुट समाचार आएको हुँदा उक्त समाचारको पूर्ण भत्र्सना गर्दै भ्रममा नपर्न सबैलाई हार्दिक अनुरोध गर्दछौं ।

………..
क. ज्वाला
कार्यालय सचिव
११ असार, २०७४

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार