काठमाडौं/नेपाल कम्युनिस्ट पार्टीद्वारा सबै मतदान केन्द्रमा सशक्त प्रतिरोध भएको छ । सरकारलाई चुनाव गराउन हम्मेहम्मे परेको देखिएको छ ।

रोल्पामा मतपेटिका नै जलाइयो

माओवादी केन्द्रका नेता एवं सरकारका उपप्रधानमन्त्रीसमेत रहेका कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा मतपेटीका जलेपछि त्यहाँको स्थिति तनावग्रस्त बन्यो । उक्त इलाकामा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरी जनताका घर घरमा पसेर खानतलासी गरिहरेको छ । आज विहान सदरमुकाम लिबाङको नजिकै उत्तरपट्टी पर्ने पुरानो ढबाङ तथा हालको लिबाङ नगरपालिका १०, जनता मावि, भनभनेमा नेकपाले मतपेटिका जलाएर ध्वस्त पारिदिएपछि त्यहाँको चुनाव स्थगित हुन पुगेको छ । मतदान स्थलमा आएका केही युवाहरुले मतपेटिका कब्जामा लिई एसिड खन्याएर आगो लगाएको प्रत्यक्षदर्शी एक स्थानीयले बताएका छन् ।

२ वटा संसद सदस्यीयको निर्वाचन क्षेत्र रहेको रोल्पाको १ नम्वर क्षेत्र पर्ने उक्त इलाकामा माओवादी केन्द्रका नेता महराको लामो समयदेखि एकल बर्चस्व छ । २०४८ सालको आमनिर्वाचनमा विजयी भएका महरा २०६४ सालको पहिलो संविधानसभा र २०७० को दोस्रो निर्वाचनमा पनि उनै निर्वाचित भएका थिए ।

व्यापक मात्रामा बम विष्फोटन
दोश्रो चरणको चुनावको लागि मतदान भइरहेका विभिन्न ठाउँहरुमा लगातार बम विष्फोटका कारण कतिपय ठाउँहरुमा भागदौड मच्चिएको छ । यसै्बीच दाङको तुल्सीपुर उपमहानगरपालिका ८, अश्वारामा रहेको मतदान केन्द्रमा बम विष्फोट भएको छ र त्यहाँ थप प्रहरी परिचालन गरिएको छ । तुल्सीपुर उपमहानगरपालिकाकै–३ अम्वामा पनि केहीवेर पहिले बम विष्फोट भएपछि भागदौड मच्चिएको छ । मतदाताहरुमा निकै त्रसित बनेको प्रजिअ लेखनाथ काफ्ले आई उदृत गर्दै पत्रकार जानकी दहितले बताएकी छन् । यस्तै इलाम र सोलुखम्बुका विभिन्न स्थानहरुमा पनि बम विष्फोट भएको बताइएको छ । १ नम्वर प्रदेशअन्तर्गत पर्ने कोशी अञ्चलका विभिन्न जिल्लाहरुमा ६० भन्दा बढी स्थानमा बम विष्फोट भएकोले भित्री रुपमा निकै त्रासको वातावरण रहेको नाम नबताउने शर्तमा १ जना निर्वाचनमै खटिएका व्यक्तिले बताएका छन् ।

दाङमा सेना परिचालन

नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले उम्मेदवारका घरलगायत सार्वजनिक स्थलमा समेत बम राखेपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घर र घोराहीमा माओवादी केन्द्रका मेयरका उम्मेदवार जीवन गौतमको घरमा गए राति बम फेला परेको थियो । त्यसैगरी तुलसीपुरको वीपी चोक र घोराहीको ट्राफिक चोकमासमेत बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीद्वारा हवाइ फायर, मतदान स्थगित

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा मतदान स्थगित भएको छ । एमाले र माओवादीका कार्यकर्ताको झडपले मतदान स्थगित भएको हो । अहिले अवस्था तनावपूर्ण भएकाले प्रहरीले हवाई फायर गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार