काठमाडौं/पश्चिम बङ्गाल राज्यसरकारद्वारा दार्जिलिङका नेपालीभाषीमाथि क्रूर दमन भइरहेकोमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसास्ंकृतिक महासङ्घले कडा आपत्ति जनाएको छ । उसले एक विज्ञप्ति निकाल्दै आफ्नो धारणा स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ– ‘पश्चिम बङ्गाल सरकारकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङलगायत नेपालीभाषीहरूको सघन बसोबास भएको विद्यालयमा बङ्गालीभाषा अनिवार्य गर्ने बताएपछि गोर्खा जनमुक्ति मोर्चाले भाषिक अधिकारबाट उठान गरेको आन्दोलन अहिले गोर्खाल्यान्डको मागसम्म पुगेको छ । आन्दोलनका क्रममा पाँचजनाको ज्यान गइसकेको छ । पछिल्लो चरणमा सुरक्षाकर्मीले गोली हानेर तुङसुङका ३७ वर्षीय सुरज सुन्दास र सिंहमारी रोपवे क्षेत्रका समिर गुरुङको मृत्यु भएको छ । थुप्रै घाइते छन् । भारत सरकारको यस किसिमको फासिवादी दमनप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

महासङ्घका अध्यक्ष टेक बलम्पाकीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा थ भनिएको छ,‘ दार्जिलिङमा त्यहाँका नेपालीभाषीहरूको भाषा र संस्कृतिमाथि दमनस्वरूप पश्चिम बङ्गालको राज्यसरकारले नेपालीभाषीको बस्तीमा बङ्गाली भाषालाई अनिवार्य गरेको हाम्रो ठहर छ । यो ऐतिहासिककालदेखि त्यहाँका जनताले अभ्यास गर्दै आएको नेपालीभाषा र संस्कृतिको विघटन गर्ने गम्भीर षड्यन्त्र हो । यसले दार्जिलिङमा नेपालीभाषी भारतीय नागरिकहरूको आन्तरिक राष्ट्रियतालाई मात्र समाप्त पार्न खोजिएको छैन कि नेपालीहरूको एकता र सद्भावलाई ध्वंससमेत पार्न पनि खोजिएको छ । शान्तिपूर्ण रूपमा आफ्नो भाषा र संस्कृतिको रक्षार्थ सडकमा निस्केका निहत्था नागरिकविरुद्ध अनावश्यक रूपमा सेना परिचालन गरिएको छ । यसबाट पश्चिम बङ्गाल सरकारले दार्जिलिङवासीहरूलाई भित्रैदेखि आफ्नो नागरिक स्वीकार गरेको छैन भन्ने कुरालाई नै प्रमाणित गर्दछ ।’

हेर्नुस्- प्रेस विज्ञप्तिको पूर्ण विवरण

यतिबेला भारतका पश्चिम बङ्गाल राज्यसरकारद्वारा दार्जिलिङका नेपालीभाषीमाथि क्रूर दमन भइरहेको छ । पश्चिम बङ्गाल सरकारकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङलगायत नेपालीभाषीहरूको सघन बसोबास भएको विद्यालयमा बङ्गालीभाषा अनिवार्य गर्ने बताएपछि गोर्खा जनमुक्ति मोर्चाले भाषिक अधिकारबाट उठान गरेको आन्दोलन अहिले गोर्खाल्यान्डको मागसम्म पुगेको छ । आन्दोलनका क्रममा पाँचजनाको ज्यान गइसकेको छ । पछिल्लो चरणमा सुरक्षाकर्मीले गोली हानेर तुङसुङका ३७ वर्षीय सुरज सुन्दास र सिंहमारी रोपवे क्षेत्रका समिर गुरुङको मृत्यु भएको छ । थुप्रै घाइते छन् । भारत सरकारको यस किसिमको फासिवादी दमनप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

दार्जिलिङमा त्यहाँका नेपालीभाषीहरूको भाषा र संस्कृतिमाथि दमनस्वरूप पश्चिम बङ्गालको राज्यसरकारले नेपालीभाषीको बस्तीमा बङ्गाली भाषालाई अनिवार्य गरेको हाम्रो ठहर छ । यो ऐतिहासिककालदेखि त्यहाँका जनताले अभ्यास गर्दै आएको नेपालीभाषा र संस्कृतिको विघटन गर्ने गम्भीर षड्यन्त्र हो । यसले दार्जिलिङमा नेपालीभाषी भारतीय नागरिकहरूको आन्तरिक राष्ट्रियतालाई मात्र समाप्त पार्न खोजिएको छैन कि नेपालीहरूको एकता र सद्भावलाई ध्वंससमेत पार्न पनि खोजिएको छ । शान्तिपूर्ण रूपमा आफ्नो भाषा र संस्कृतिको रक्षार्थ सडकमा निस्केका निहत्था नागरिकविरुद्ध अनावश्यक रूपमा सेना परिचालन गरिएको छ । यसबाट पश्चिम बङ्गाल सरकारले दार्जिलिङवासीहरूलाई भित्रैदेखि आफ्नो नागरिक स्वीकार गरेको छैन भन्ने कुरालाई नै प्रमाणित गर्दछ ।

अहिले दार्जिलिङका नागरिकहरूको मानवीय संवेदना, भाषा र संस्कृतिलाई समाप्त पार्न उल्टो हतियार चलाइँदैछ । त्यहाँ खटाइएका सेनाका बख्तरबन्द गाडीहरूले दार्जिलिङवासीलाई आतङ्कबाहेक केही दिएको छैन । हामी त्यहाँका जनताका जायज र न्यायिक मागलाई सम्बोधन गर्न तथा जनहत्या र दमन रोक्न विशेष माग गर्दछौँ । दार्जिलिङवासीको पक्षमा चौतर्फी अवाज बुलन्द गर्न पनि सरोकार सबै पक्षसित हार्दिक अपिल पनि गर्दछौँ । हामी दार्जिलिङवासीको गोर्खाल्यान्डको न्यायपूर्ण आन्दोलनमा समर्थन र ऐक्यबद्धता जाहेर गर्दछौँ । यो आन्दोलनलाई दार्जिलिङ–डुवर्सका जनताको न्याय र पहिचानको आन्दोलन हो भन्ने कुरामा स्पष्ट छौँ ।

हामी यतिबेला सुगौली–सन्धिपूर्वको भौगोलिक पृष्ठभूमिलाई पनि सम्झिरहेका छौँ । सन् १८१६ को सुगौलीसन्धिले मेचीपूर्वको भू–भाग भारतको नियन्त्रणमा पुरयायो । भारत छोड्ने बेला अङ्ग्रेजले मेची र टिस्टाबीचको भू–भाग नेपाललाई फिर्ता दिन चाहेको थियो तर तत्कालीन शासकहरू सचेत र शिक्षित दार्जिलिङ नेपालमा फिर्ता गर्न अरुची देखाए । भारत स्वतन्त्रत भएपछि तथा बङ्गलादेश पूर्वी पाकिस्तानका रूपमा रहेको बेला केही समय दार्जिलिङ–डुवर्समा पाकिस्तानको झन्डा फहरयाइएको तथ्यबाट पनि यतिखेर हामी त्यहाँका जनताको मर्मबोध गर्न सक्तछौँ । नेपालीहरू आफ्नो अमूल्य पुख्र्यौली भूमि भारतमा गाभिएको कुरा कहिल्यै पनि बिर्सन सक्तैनन् । ती हाम्रा ऐतिहासिक भूमि हुन्; त्यहाँको माटो हाम्रो पनि हो र त्यहाँ अहिले पनि हाम्रै रगत बगिरहेको छ । रगत, आँसु र पसिनाको धारा बगाउँदै दार्जिलिङ र डुवर्स भूमिलाई लिएर त्यहाँका जनता वर्षौंदेखि गोर्खाल्यान्डको माग गर्दै आएको विषयमा नेपाल र नेपाली जनताले आँखा चिम्लन मिल्दैन ।

दार्जिलिङमा भएको पछिल्लो घटनाले भुटानबाट लखेटिनुपरेका लाखौँ नेपालीको अवस्था त्यहाँका जनताका अगाडि बन्दै गरेको परिस्थिति जो कोहीले पनि सहजै महसुस गर्न सक्तछन् । दार्जिलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर अहिले भारत सरकारले आफ्नै नागरिकहरूलाई नाकाबन्दी लगाएको छ । दार्जिलिङ, कालिम्पोङ, मिरिकलगायतका क्षेत्रहरूमा चलिरहेको गोर्खाल्यान्ड आन्दोलनका कारण आम हड्ताल हुनुका साथै, पश्चिम बङ्गाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएको छ । पश्चिम बङ्गाल सरकारले दार्जिलिङ, सिक्किमलगायत पहाडी क्षेत्रमा खाद्यान्न र औषधि आयातमा समेत रोक लगाउनु निन्दनीय छ । हामी पश्चिम बङ्गाल सरकारको यस्तो अमानवीय कार्यको पनि घोर भत्र्सना गर्न गर्दछौँ ।

………………….
टेक बलम्पाकी
अध्यक्ष

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार