गृहमन्त्री जनार्दन शर्माले भने नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार गरिएका आफ्न नेता–कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिरहेका बेला गृहमन्त्री शर्माको यस्तो भनाई आएको हो ।

गृहमन्त्री शर्माले स्थानीय तहको चुनावको क्रममा चुनाव विरोधी गतिविधि गर्ने केही व्यक्ति पक्राउ परेको भए पनि अहिले उनीहरु सवै रिहा भएको बताए । ‘चुनाव सफल पार्न चुनाव विरोधी गतिविधि गर्नेहरु केही पक्राउ परेका थिए । ती नेकपाका नेता–कार्यकर्ता मात्र थिएनन् ।’

नेकपाले आफ्ना नेता–कार्यकर्ताको रिहाईको माग गर्दै आज बन्द आव्हान गरेको छ । तर, विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दमा उपत्यकासहित देशभर प्रभाव परेको छ । शैक्षिक संस्था बन्द छ्न्र ।

अाज मात्र देशभर सयाैं नेता तथा कार्यकर्ता पक्राउ गरिएकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार