घर हामीलाई नभई नहुने कुरा हो। घर मानिसको जिउने आधार पनि हो। आफ्नै घर होस् भन्ने चाहना सबै मानिसको हुन्छ।

संसारमा मानिसहरुले घरको लागि धेरै खर्च गर्छन्।आकर्षक र सुन्दर घर बनाउने मानिसहरुको चाहना हुनु स्वभाविक पनि हो।

मानिसहरुले समुन्द्रमाथि घर बनाईसकेका छन् भने जमिनमुनी समेत बस्ती बसाएका छन्।

यस्तै जमिनमुनी रहेको एक शहर हो क्यानडाको ‘रेसो मोन्टेरियल’। यो शहर बर्षभरी धेरैजसो ठण्डा नै रहन्छ।जमिनको मुनि बसाइएको ‘रेसो’ नाम गरेको यो शहरको कारण मानिसहरु जाडोबाट बच्न सक्छन्।

जमिनमुनिको यो शहरमा मेट्रो, होटल, रेस्टुरेण्ट लाइब्रेरी सबै रहेको छ। १९६० देखि यो शहर अहिलेसम्म पनि अस्तित्वमा रहेको छ।

हेर्नुहोस् भिडियो –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार