छाडा भिडियाे नृत्य गरेर चर्चामा अाउने कलाकार ज्याेती मगरलार्इ लक्षित गरेर ‘विकृति’ नामक तीजकाे भिडियाे गीत बजारमा अाएकाे छ ।

चर्चित लोक गायिकाद्वय भूमिका गिरी र ज्योति मगरकाे स्वरमा तीज गीत ‘विकृति’ बजारमा अाएकाे हाे । याे गीतकाे शब्द नेत्र अर्यालले रचना गरेका हुन् ।

गीतको निकै आकर्षक भिडियो समेत बनाइएको भिडियोमा पनि गायिकाद्वय भूमिका र ज्योति आफैले अभिनय गरेका छन् । उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको छ ।

म्युजिक भिडियोमा ज्योति मगर अलिक मोटी देखिएकी छिन् । भूमिका र ज्योति दुबै दाङका स्थिायी बासिन्दा हुन् । त्यसैले पनि गीतमा सहकार्य गर्न सजिलो भएको उनीहरुकाे भनार्इ रहेकाे छ ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार