देशको चारैतिर छाएका छन् विप्लव
करोडौंको मायाँ पाएका छन् विप्लव

काेही न काेही त आउनै पर्थ्यो मैदानमा
आँधी-हुरी बनेर आएका छन् विप्लव

दलाल, भ्रष्टचारी लुटतन्त्र सिध्याउन
नयाँ रणनीतिमा लागेका छन् विप्लव

एक होउ अब त सच्चा कम्युनिस्टहरू
परिवर्तनको गीत गाएका छन् विप्लव

वैज्ञानिक समाजवादको उदेश्य बोकेर
स्वतन्त्र संग्राममा धाएका छन् विप्लव

सिताराम के.सी. “ध्रुव” प्युठान

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार