उदीयमान चर्चित गायक प्रकाश सपुतको अर्को नयाँ गीत सार्वजनिक भएको छ ।  अाउँदै गरेकाे तीजलार्इ लक्षित गरेर उनले  “नौरङ्गी सपना” बोलको गीत हालै बजारमा ल्याएका छन् ।

शब्द , लय र स्वर आँफैले भरेका छन् भने यस गीतको भिडियोलाई प्रकाश आफैले निर्देशन गरेका हुन् । एउटा उत्कृष्ट सामाजिक कथामा महिला र छोरीप्रतिको मायाँ र हौसलाले समाज परिवर्तन गराउन सक्छ भन्ने सन्देश यस गीतको भीडियो मार्फत दिएका छन् ।

हाम्रो समाजमा अझै पनि छोरी र छोरा बिच धेरै भिन्नता छ । तर छोराले भन्दा छोरीले नि धेरै माया गर्छन् भन्ने यस भिडियोले देखिएका छन् । मञ्जु विक, काजल गुरुङ र प्रकाश सपुतको स्वर रहेको उक्त भिडियोमा अभिनय गर्ने कलाकारहरूको ठुलो जमात नै देखिन्छ ।

लोक दोहरी क्षेत्रका चर्चित अनुहारहरू हिवाला गौतम, दिपाशा वि.सि , प्रकाश सपूत, अञ्जली अधिकारी, करिश्मा ढकाल, आरुषी मगर, सृजना रेश्मी मगर तथा सावु राई र विराज थापाको अभिनय रहेको छ ।

यस भन्दा पहिले प्रकाश सपुतको “बोल माया निक्कै नै चर्चामा थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार