चीनको ल्युझो सहरका १८ वर्षीय वेई डिलोङलाई बास्केटबल, हिपअप संगीत र सुपरहिरो भएका हलिउड फिल्म एकदम मनपर्छ । लिडोङले २०२० मा क्यानाडा गएर रसायनशास्त्र अध्ययन गर्ने योजना पनि बनाएका छन् । लिडोङ नितान्त अन्य चीनिँया युवा झैं हुन्, जसले गुगल र ट्वीटरको बारेमा कहिल्यै सुनेका छैनन् । फेसबुकको बारेमा भने उनले एकपट सुनेका थिए । फेसबुकबारे उत्सुक हुँदै उनले भने, ‘बाईदुजस्तै हैन र ?’ बाइदु चीनमा सर्वाधिक प्रयोग गरिने सर्च इन्जिन हो ।

लिडोङसँगै चीनको एक पुस्ता संसारभर प्रयोग हुने इन्टरनेटभन्दा भिन्न अनुभवसहित वयस्क बन्दै छ । किनकी पछिल्लो १ दशक चीनमा गुगल, फेसबुक, ट्वीटर र इन्स्टाग्राम प्रतिबन्धित छन् । यीसँगै अन्तर्राष्ट्रिय अनलाइन सञ्चारमाध्यम, चाइनिज विकीपेडियासहित अन्य हजारौं वेबसाइट पनि प्रतिबन्धित छन् । यी वेबसाइटको विकल्पमा चीनमा उस्तै फन्क्सन भएका तर उच्च गोपनियता अपनाइएका थुप्रै सामाजिक सञ्जालहरु उपलब्ध गराइएका छन् ।

अहिले चीनमा बढ्दो इन्टरनेट प्रयोग र भिन्न प्रणालीको प्रयोग प्रचलित हुँदै गइरहेको छ । केही चिनियाँले गुगल, ट्वीटर, फेसबुकको ज्ञान लिन थालेका छन् भने लुकेरै तिनको प्रयोग पनि बढेको छ । यीनै माध्यमका कारण चीन विश्वसँग नजिकिँदै गइरहेको पनि भन्न सकिन्छ ।
अर्कातिर स्वेदेशमै निर्मित एप्लिकेसन तथा अनलाइन सर्भिस प्रयोगमा  अधिकांश युवा के विषय सेन्सर गरिएको र कस्ता विषय प्रतिबन्धि छन् भन्ने जान्न उत्सुक पनि देखिँदैनन् । यसका कारण चीन पश्चिमा राष्ट्रको सेवालाई प्रतिस्पर्धा दिन सक्ने सेन्सर गरिएको इन्टरनेट सर्भिस विकास गर्न आतुर छ ।

चीनियाँ युवामाझ यो ट्रेन्ड बढ्दो रुपमा छ । यसैकारण पनि चीनले अहिले केही देशलाई सेन्सर गरिएको इन्टरनेट सेवा निर्यात गरिरहेको छ । यस्तो इन्टरनेट आयात गर्ने देशमा भियतनाम, तान्जानिया, इथियोपिया आदि पर्छन् ।

यस्ता खबर अहिले पश्चिमले आंकलन गरेको इन्टरनेटको असरको विपरित पाटो बनेको छ । सन् २००२ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले भने अनुसार चीनको यस्तै अभ्यासले उसलाई इन्टरनेटकै कारण अमेरिकी समाजभन्दा उदार हुन असम्भव बनाउँदछ ।
अर्कोतर्फ अमेरिका लगायत केही मुलुकका लागि भने इन्टरनेट उत्पादकका रुपमा चिनियाँ बजारमा प्रवेश गर्नु सबैभन्दा ठूलो लक्ष्य हो । तर यसको चुनौतिको रपमा चीनका शाषक सी जिनपिङ रहेका छन् । उनको नेतृत्वको सरकारको इन्टरनेट नियमक निकायले चिनियाँ साइबर प्रशासनमार्फत यही वर्ष ३ हजार भन्दा बढी वेबसाइट बन्द गरेको छ ।

तरपनि अमेरिकी कम्पनीहरु आफ्नो उत्पादन चीनियाँ बजार प्रवेश गराउन संर्षरत् छन् । गुगल चीनका लागि सेन्सर गरिएको सर्च इन्जिन बनाउन लागि परेको छ भने फेसबुक पनि चीनको पुर्वी प्रान्त जेजियाङमा प्रवेश गर्न प्रयासरत छ ।
तर यी कम्पनीहरु चीन प्रवेश गरेपनि उनीहरुका लागि बजार पाउन सहज भने छैन ।

पेकिङ विश्वविद्यालय र स्टानफोर्ड विश्वविद्यालयले गरेको १८ महिने एक अध्ययनले पनि इन्टरनेटमा सेन्सर गरिएका सुचनाले चीनियाँ युवापुस्तालाई केही असर नगरेको देखाएको छ । अध्ययनमा चिनियाँ विद्यार्थीलाई चीनमा सेन्सर गरिएका केही वेबसाइट चलाउन दिइएको थियो तर उनीहरुले त्यसमा कुनै उत्सुकता देखाएका थिएनन् ।

२३ वर्षिय एक चीनियाँ ई–कमर्सका प्रतिनिधिले भने, ‘बाइदुसँगै म हुर्किएँ, यसमै म अभ्यस्त छु ।’ यस्तो अभिव्यक्ति ८० औं दशकमा जन्मिएकाबाट पनि आउने गरेको छ ।

चीनमा ट्वीटरको विकल्पका रुपमा वेईबो उपलब्ध छ भने सामाजिक सञ्जालको रुपमा विच्याट प्रयोगकर्ताको बाहुल्यता रहेको छ । यसका अलवा ‘सर्ट भिडियो प्लेटफर्म ’ को रुपमा टिकटक पनि उपलब्ध छ । अधिकांश चिनीयाँ युवा यस्तै सामाजिक सञ्जालमा रमाउने गर्छन् ।
चीनमा स्थानीय इन्टरनेट उत्पादन मात्र प्रयोग हुनुका प्रमुख कारण पनि चीनियाँ युवा नै हुन् । आफूलाई देशभक्त र आशावादी बताउने २८ वर्षीय सेन यनान चीनलाई विश्वकै शक्तिशाली बनाउन जेसुकै गर्न तयार रहेको बताउँछिन् । उनको मोबाइलमा कुनै समाचार माध्यमका एप्लिकेसन भेटिँदैनन् किनकी उनलाई राजनीति मन पर्दैन । र केही पटक जापान भ्रमण गर्दा गुगल म्याप प्रयोग गर्नुबाहेक उनले कुनै प्रतिबन्धित एप चलाएकी पनि छैनन् । उनी भन्छिन्, ‘चीनियाँ एपमै आवश्यक सबै सुविधाहरु उपलब्ध छन् ।’

उनकै साथी चु जिनकिङले केही पटक समाचार एप प्रयोग गरेकी छन् । तर, उनले विदेश युद्ध र हिंसाले व्याप्त रहेको पाइन् । उनी भन्छिन्, ‘चीन धेरै ठीक र शान्त पनि छ ।’

बेइजिङबाट भर्खरै डोङयिङ गएकी १४ वर्षिया वेन सेङजियान भविष्यमा ड्रेक र कान्ये वेस्ट झैं र्यापर बन्न चाहन्छिन् । तर, अमेरिकी म्युजिकमा राष्ट्रपति लाई समेत गाली गरिने भएपनि चीनमा भने त्यसो गर्न नमिल्ने उनी बताउँछिन् । विकसित देशले विकास र सामाजिक स्थायित्वका लागि केही सम्झौता गर्नुपर्ने उनको बुझाई छ ।

यद्यपि, अध्ययनको शिलिशिलामा सिड्नी पुगेर फेसबुक, इन्स्टाग्राम, गुगललगायत सामाजिक सञ्जाल प्रयोग गर्न सिकेका २३ वर्षिय पेरि फाङ भने आफू अभ्यस्त भएका ती वेबसाइट बिना जीवन ज्यादै कठीन रहेको स्वीकार्दछन् । उनले भने, ‘विदेशमा चीनियाँ एप र वेबसाईट कामै लाग्दैनन् । तर गुगल, फेसबुक झैं जुनसुकै देशमा पनि प्रयोग गर्न मिल्ने वेबसाइट चीनमा छैन ।’

न्यूयोर्क टाइम्सबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार