दीपेन्द्र अश्रुमाली खाेटाङका हुन् । उनी लामाे समय वैदेशिक पेशा लागि मलेशिया बसेर नेपाल फर्किए । हाल उनी ललितपुरकाे हरिसिद्धिमा लाेकल कुखुराकाे फार्म खाेलेर राम्राे व्यवसाय गरिरहेका छन् ।

उनकाे केही वर्षकाे अनुभवले याे देखायाे कि विदेशमा गएर अर्काे गाली खाएर जागिर खानुभन्दा अाफ्नै पेशा अंगालेर स्वदेशमै गर्नु ठूलाे कुरा हाे । उनले हाल मासिक ४० हजार नाफा कमाइरहेका छन् कुखुरा व्यवसायबाट ।

ललितपुरकाे हरिसिद्धिमा डेढ राेपनी जग्गामा शुरूमा २ लाखकाे लगानी गरेर व्यवसाय गरेका दीपेन्द्रले मलेशियामा भाेगेकाे कहालिलाग्दाे जीवनभन्दा नेपालमा अाफ्नै बलबुतामा काम गरेर गरेकाे व्यवसाय निकै राम्राे भएकाे अनुभव सुनाउँछन् ।

उनले विदेशमा गएर पसिना बगाउनुभन्दा नेपालमा थुप्रै काम गरेर प्रगति गर्न सकिन्छ भन्दै विदेशमा नजान अाम नेपाली युवाहरूलार्इ अाग्रह समेत गर्दछन् ।

उनले मलेशियामा गरेकाे कामकाे प्रकृति र यता नेपालमा अाएर गरेकाे प्रगतिबारे यसरी शेयर गर्छन् ।

हेराैं उनकाे अनुभूति भिडियाेमा –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार