भदौ १०, २०७५

विश्वको सबैभन्दा ठूलो पूँजीवादी अर्थव्यवस्था संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्वी सीमामा ३६६ किलोमिटर टाढा छ । साम्यवादको सानो तर बलियो किल्ला, क्यूबा ।

एक करोड चौंध लाख जनसंख्या रहेको यो द्वीपीय देश सिगारको वास्ना, सेतो रम, समुन्द्री किनारा तथा आफ्नो संगितका लागि चर्चित छ ।

यसका साथै क्यूवाको साम्यवादी क्रान्ति पनि चर्चित छ ।

जब उनान्साठी वर्ष पहिला दुई भाइ फिडेल र राहुल क्यास्ट्रोले अर्जेन्टिनाको गुरिल्ला क्रान्तिकारी चे ग्वेभारासँग मिलेर फुलगेसियो बाटिस्टाको अमेरिका समर्थित सत्ता फालेर कम्युनिष्ट व्यवस्था स्थापित गरेका थिए ।

आधा शताव्दीसम्म अमेरिकी प्रतिवन्धको बाबजूत क्यूवा आफ्नो कम्युनिस्ट व्यवस्थामाथि कायम रहेको थियो ।

यो आकलन पनि एक हदसम्म गलत सावित भयो कि आफ्नो घनिष्ठ सहयोगी देश सोभियत संघको विघटनपछि क्यूवा धाराशाही हुनेछ । तर के अव अवस्था परिवर्तन भएको हो ?

निजी सम्पत्तिमा मान्यता

आफ्नो मृत्युको केही महिना पहिला अप्रिल २०१६ मा फिडेल क्यास्ट्रोले क्यूवा कम्युनिजमका लागि चिनिने बताएका थिए । उनले भनेका थिए,‘चाडै नै म ९० वर्षको हुनेछु, बाँकी सबै जस्तै हुनेछु । सबैको अवसर मिल्नेछ तर क्यूवा को कम्युनिजमको विचार सधै हुनेछ ।’

तर यसको दुई वर्ष पछि फिडेलको यो दाबीमाथि गम्भीर प्रश्न उठेको छ । किनकी अब देशका सांसदले संविधान संशोधनको यस्तो मस्यौदालाई स्वीकृत गरेका छन् जो लागू भएपछि त्यहाँ सम्पत्ति माथि निजी अधिकार हुने छ । अर्थात सरकारले घर या व्यापार अव व्यक्तिको हुनेछ । यसबाट जो कोहीले नाफ लिन सक्नेछ र उसले उक्त सम्पत्तिलाई बेच्न पनि सक्नेछ ।

नयाँ प्रस्तावले क्यूवाको कम्युनिष्ट समाज बनाउने लक्षलाई समाजवादी संरचनामा परिवर्तन गरिएको छ । साथै यसमा बजारको भूमिका पनि उल्लेख गरिएको छ । बजार र निजी सम्पत्तिको हक जस्ता शब्दावली क्यास्ट्रो बन्धुले असमानताको मुख्य कारण बताउँदै आएका थिए ।

तर यो परिवर्तन अचानक भएको होइन । २०११ मा जब राहुल क्यास्ट्रो क्यूवाका राष्ट्रपति बनेका थिए तब मानिसलाई व्यापारमा केही सिमित अधिकार दिएका थिए ।

क्यूवाको राजधानी हवानमा रहेका बीबीसी संवाददाता विल ग्रान्ट भन्छन्,‘यो उनको परिवर्तनलाई कागजमा उतारिएको हो । जसको शुरवात राहुलले आफ्नो दाइ फिडेलले सत्ता सम्हालेपछि गरेका थिए । तर त्यो परिवर्तनलाई कानूनी संरक्षण हासिल भएको थियो । मानिसलाई व्यापार गर्ने अधिकार थियो, तर निजी सम्पत्तिको रुपमा उनीहरुलाई पहिचान प्राप्त भएको थिएन ।’

विल ग्रान्टका अनुसार क्यूवामा स्वयं रोजगार चलाउनेको संख्या करिब आठ लाख छ । यो धेरै होइन तर महत्वपूर्ण हो । क्यूवाको सरकारलाई थाह छ कि केही वर्षमा निजी क्षेत्रको महत्व बढ्ने छ र त्यस तर्फमा मानिस आकर्षित हुनेछन् ।

र केही सरकारी जागिरलाई पनि उसले निजी क्षेत्रलाई दिन सक्ने सम्भावना छ किनकी त्यसलाई थेग्ने सामथ्र्य उसँग छैन ।

क्यास्ट्रपछिको दौड

१९५९ देखि २०११ सम्म क्यूबाका सत्तामा फिडेल क्यास्ट्रो रहे । र २००८ मा कुर्सी आफ्नो भाइ राहुललाई हस्तान्तरण गरे । ८७ वर्षीय राहुलले चार महिना पहिला राष्ट्रपतिको कुर्सी छाडे । उनको ठाउँमा ५७ वर्षीय मिगेल डियाज कनेल छन् । मिगेल क्यूयाका पहिला यस्ता राष्ट्रध्यक्ष हुन् जसको जन्म क्यूवाको क्रान्तिपछि भएको थियो ।

क्यूवा माथि लगभग आठ दशकदेखि अमेरिकी प्रतिवन्ध रहेको छ । तर सोभियत संघबाट प्राप्त हुने आर्थिक सहायताले उसले काम चलाइ रहेको छ । संकट तब बढ्यो जब १९९१ मा सोभियत संघको विघटन भएको थियो ।

मध्यम वर्गलाई सहुलियत

सोभियत संघ विघटन भएपछि क्यूवाले स्वरोजगारको केही सीमाका साथ बढावा दिन शुरु गरेको थियो । तर यसका बाबजूत आर्थिक स्थितिमा क्यूवामा कालोबजारीलाई रोक्न सकेन ।

ल्याटिन अमेरिकी क्षेत्रमा कलम चलाउने पत्रकार शोभन सक्सेनाका अनुसार क्यूवाको आर्थिक स्थिति लगातार कमजोर हुँदै जाने र जरुरी आर्थिक सुधार नभएका कारण कालो बजारी सिर्जना भएको हो ।

क्यूवाको कालोबजारमा मानिस रक्सी देखि लिएर सम्पत्ति समेत बेच्छन् । क्यूवा एक समाजवादी व्यवस्थामा छ तर कालो बजारीको माध्यबाट त्यहाँ एक प्रकारको पूजीवाद पनि साथसाथै चलिरहेको थियो । अब नयाँ प्रस्तावपछि उक्त कालो बजारीमा खरिद बिक्री भएकाले पनि मान्यता पाउनेछन् । जसले मध्यवर्गले निकै सहूलियत पाउनेछन् । मानिसले आफ्नो सम्पत्ति बेच्न पाउनेछन् । त्यसलाई भाडामा लाउन पाउनेछन् जसबाट उनीहरुले पूजी पाउनेछन् र त्यसलाई कही लगानी गर्न पाउनेछन् ।

सोभियत संघमाथिको निर्भरता

क्यूवा आफ्नो आर्थिक नीतिलाई परिवर्त गर्ने बाटोमा छ । यसको अर्थ के उसले क्यूवा क्रान्तिको प्रेरक विचार रहेको कम्युनिजमबाट बिमुख हुने शुरुवात गरेको हो ? अन्तर्राष्ट्रिय मामलामा जानकार प्राध्यापक पुष्पेश पन्त मान्छन् कि यसको अनौपचारिक शुरुवात त निकै पहिला भएको हो ।

चिनियाँ मोडलमा जाला क्यूवा ?

क्यूवाले चीनको मोडल प्रयोग गर्न चाहिरहेको छ । जहाँ अरवपति पनि हुनेछन् । जहाँको राजनीति साम्यवादी हुनेछ । जहाँ एक पार्टीको शासन रहनेछ तर अर्थव्यवस्था बजार व्यवस्था हुने छ ।

लाेकान्तरले बीबीसीबाट गरेकाे भावानुवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार