बलिउडमा हिजोआज रणबीर र कपूर आलिया भट्टको र‍िलेशनलाई लिएर चर्चा परिचर्चा हुने गरेको पाईन्छ ।त्यसोत दुवै जनाको परिवारले पनि सोशल मीड‍ियामा खुलेर एकअर्काको तारीफ गर्ने गरेका छन् ।

खवरअनुसार रणबीर आल‍िया छिट्टै विवाह गर्न सक्ने बुझिएको छ । तर यसबारेमा दुवैजनाले भने मुख खोलेका छैनन् । जवकी यी दुई बिचको सम्वन्धलाई लिएर दुई परिवारनै निकै गम्भीर हुनथालेका छन् ।दुवैका परिवारले रणबीर आलियालाई लिएर योजना बनाउन थालेका छन् ।
बताईएअनुसार कपूर र भट्ट परिवार चाँडै नै एक ब्यक्तीगत पार्टी राख्ने तयारीमा छन् र यसको लागि रणबीर र आलियाको फिल्म ब्रह्मास्त्रको शूटिंग सकिने प्रतिक्षा रहेको छ ।आल‍िया रणबीरले पनि सम्बन्धलाई स्वीकार गरीसकेका छन् ।यसैबिच दुई परिवारले पार्टी राख्न खोज्नुले बलिउडमा विवाह हुने तयारीलाई बुझिएको छ ।
आलिया रणबीर यतिखेर अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रको शूट‍िंगमा ब्यस्त छन् । यस फिल्ममा अमिताभ बच्चन पनि देखिनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार