आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो ।

तर, खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो । खेलको ३३औं मिनेटमा बिमल घर्तिमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने ९० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जितकाे सुनिश्चित गर्याे ।

यसअघि मैदानको मध्यभागबाट विमलले प्रहार गरेको फ्रिकिकमा विमलको दर्शनीय गोल गर्दै अग्रता दिलाए।
साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि सानदार जितसँगै गोल अन्तरका आधारमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार