अमेरिकाले सेप्टेम्बर ११ को सत्रौं शोक दिवस मनाइरहेको छ । सन् २००१ को आजैको दिन अर्थात् सेप्टेम्बर ११ मा अलकायदा नामक ‘आतङ्कारी’ संगठनद्वारा अमेरिकाको न्युयोर्कस्थित वर्ल्ड  ट्रेड सेन्टर अर्थात् ट्वीन टावर हवाइजहाज ठोक्काएर ध्वस्त पारिएको थियो ।

त्यसको मुख्य दोष अलकायदा प्रमुख ओसामा बिन लादेनलाई लगाइयो । लादेन अफगानिस्तानमै लुकेर बसेको आशंकामा अमेरिकाले अफगानिस्तानमा अलकायदाविरुद्ध युद्ध छेड्यो । अमेरिकी आक्रमणका क्रममा ३१ हजार अफगानी नागरिकले ज्यान गुमाए, एक लाख एघार हजार घाइते भए । सेप्टेम्बर ११ को घटना घटेको एक दशकपछि पाकिस्तानको एबोटावादमा लादेन मारिएको र उनलाई समुद्रको अज्ञात स्थानमा गाडिएको दाबी अमेरिकाले गर्‍यो ।
class=”code-block code-block-2″>
id=”chitikaAdBlock-0″ class=”chitikaAdContainer”>सेप्टेम्बर ११ को घटनामा परी ट्रेड सेन्टरमा काम गर्ने २ हजार ९ सय ९६ को मृत्यु भएको थियो भने ६ हजार व्यक्ति घाइते भएका थिए । यसबाट अमेरिकालाई १० बिलियन डलर नोक्सानी भएको बताइएको छ ।

सेप्टेम्बर ११ को घटना भएको आज सात वर्ष पूरा भएको छ । तर यो घटनाबारेका कयौं सत्य–तथ्यहरु बाहिरिने क्रम अझै जारी छ । यो घटनाले अहिलेसम्म पनि थुप्रै किसिमका भूराजनीतिक असरहरु देखाएको छ । स्वतन्त्र अनुसन्धानकर्ताले यो कुनै आतंकवादी संगठनले घटाएको घटना नभई तत्कालीन अमेरिकी सरकारको ‘इनसाइट जब’ अर्थात् आफैले घटाएको घटना भएको निष्कर्ष निकालेका छन् । यसलाई पत्यारलाग्दो बनाउने विभिन्न आधारहरु इन्टरनेट चहार्ने हो भने बग्रेल्ती फेला पर्दछन् ।

अमेरिकाकै अखबार ‘द ट्रुथ टाइम्स’ तथा अन्य वेबसाइटको दाबी अनुसार यो दुर्घटना कुनै बाहिरी आतंककारी गतिविधी होइन । यो अमेरिकी सरकारी संलग्नतामा घटाइएको पूर्वनिर्धारित घटना हो । जसमा बीबीसी, सिएनएनलगायतका मिडियाको पनि संलग्नता छ ।

‘द ट्रुथ टाइम्स’को दाबी

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क स्थित वर्ल्ड ट्रेड सेन्टरमा हवाई आक्रमण हुँदा त्यहाँ स्थित बिल्डिङ नम्बर ७ पनि कोल्याप्स गरियो । तर कोल्याप्स हुनुभन्दा २० मिनेट अगाडि साँझ ५ को समाचार प्रसारण भइरहेको समयमा नै बीबीसीले ७ नम्बर बिल्डिङ कोल्याप्स भएको ब्रेकिङ न्युज दियो ।

वर्ल्ड ट्रेड सेन्टरका आर्किटेक्ट र इञ्जिनियरको भनाइ

वर्ल्ड ट्रेड सेन्टरको डिजाइन गरेका इञ्जिनिरहरु मिनोरु यामासाकी र एम्रे रुथका अनुसार यो बिल्डिङ एकदमै बलियो बनाइएको थियो । उनीहरुको दाबी अनुसार बिल्डिङमा एकैपटक १० वटा प्लेन ठोक्किए पनि ढल्ने थिएन । यसमा आगो लाग्न सक्छ तर त्यस ढङ्गले ढल्नै सक्दैन ।
उनीहरुको दाबी अनुसार स्पेनको मेड्रिडमा पनि उनीहरुले नै डिजाइन गरेको ३१ तले टावरमा एउटा हवाइ जहाज ठोक्किएको थियो । त्यो टावर पाँच दिनसम्म जलिरह्यो, तर पूरै ढलेन । टावरको बनावटमा आंशिक क्षति भयो तर अझै ठिङ्ग नै उभिइरहेको छ । त्यसैले त्योभन्दा बलियोसँग बनाइएको ट्वीन टावर त ढल्ने ‘चान्स’ नै छैन । यो बिल्डिङ तब ढल्छ, जब यसलाई बमले उडाइन्छ ।

बीबीसीको न्युज ब्रेक गर्ने हतारो

त्यसै दिन साँझ साढे तीन बजेदेखि चार बजेको बीचमा नजिकै रहेको टावर सेभेन पनि सोही प्रकृतिले ढलाइएको थियो । तर टावर सेभेन ढलाउनुभन्दा २० मिनेट अगाडि नै बीबीसी टेलिभिजनले टावर सेभेनमा पनि आक्रमण भयो भनी समाचार ब्रेक गरेको थियो । बे्रकिङ समाचार दिंदै गर्दा लाइभ भिडियोमा उक्त बिल्डिङ ठिङ्ग उभिएकै थियो । तर अमेरिकी जासुसी संस्था सीआईएको मुख्य कार्यालय रहेको उक्त बिल्डिङ तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको आदेशमा ढलाइएको गोप्य रिपोर्ट बाहिरिएको थियो ।

कवाडीमा बमका तत्व भेटियो

सेप्टेम्बर ११ को घटनापछि उक्त बिल्डिङको फलामलगायतका कवाडी एक भारतीय कवाडी व्यवसायीले खरीद गरेका थिए । अनुसन्धानका क्रममा विल्डिङको फलाममा बमका पार्टिकल भेटिएको पुष्टि भएको थियो ।

‘पपुलर मेकानिक्स’को दाबी

इञ्जिनियरिङसम्बन्धी प्रसिद्ध म्यागेजिन ‘पपुलर मेकानिक्स’ले अनुसन्धान गरी सेप्टेम्बर ११ को घटना हवाई जहाज ठोकिएर नभएको बरु बमले उडाइएको दाबीका साथ विशेषाङ्क नै प्रकाशित गरेको थियो ।

‘सिम्पसन कार्टुन’को खुलासा

सेप्टेम्बर ११ को घटना हुनुअघि सन् १९९७ मा नै प्रख्यात अमेरिकी कार्टुन टेलिभिजन शृङ्खला ‘द सिटी अफ न्युयोर्क भर्सेज होमर सिम्पसन’ मा नौ अमेरिकी डलर र दुई वटा पिलरको तस्वीर भएको म्यागेजिन देखाइएको थियो ।

ट्रेड टावरमा एउटा पनि गोरा अमेरिकीको मृत्यु भएन

सेप्टेम्बर ११ को घटना भएको दिन सो बिल्डिङमा छुट्टि दिइएको थियो । घटना कार्यालय समय सुरु हुनुअघि अर्थात् नौ बजे अगाडि नै घटाइएको थियो । त्यसै हुनाले त्यो दुर्घटनामा परी सोही बिल्डिङमा मजदुरी गर्ने तीन हजारको मृत्यु भएको थियो । जसमा एउटा पनि ‘ह्वाइट अमेरिकन पिपल’ नमरेको रिपोर्ट इन्क्वायरी कमिटीले सरकारलाई बुझाएको थियो ।

पेन्टागनमा आक्रमण

सोही दिन अमेरिकी रक्षा मन्त्रालय रहेको पेन्टागनमा पनि जहाज ठोक्काएर ‘आतङ्ककारी’ आक्रमण भएको भनी दाबी गरियो । तर सो जहाज पेन्टागनकै ट्रयाक्टरले घिसार्दै गर्दा अनियन्त्रित भई ठोकिएको अन्य देशका छानविनकर्ताले बताएका छन् ।

यसबाट के बुझिन्छ भने सन् २००१ को सेप्टेम्बर ११ मा भएको ट्रेड टावर ‘आक्रमण’ कुनै आतङ्ककारी गतिविधि नभई यो एक राजनीतिक योजना थियो । जसको उद्देश्य मध्य एसियाको भूराजनीतिक परिवर्तन गर्ने थियो । सेप्टेम्बर ११ को तथाकथित आक्रमण इराक, अफगानिस्तान, पाकिस्तान र मध्यपूर्वमा घटाइएको घटनाका लागि अमेरिकी रिहर्सल थियो । सेप्टेम्बर ११ को घटनाबाटै मध्यपूर्व र एसियामा अमेरिकी हस्तक्षेपको विजारोपण गरिएको थियो । यो फगत एक प्रायोजित झुट थियो ।

स्रोत :

http://911truth.org/category/activism/truth_strategy/

CIA and Saudi Arabia Conspired To Keep 9/11 Details Secret

September 11 Attacks — Was 9/11 a False Flag?


https://en.wikipedia.org/wiki/The_Simpsons
https://en.wikipedia.org/wiki/September_11_attacks

जनदिशा अनलाइनले तयार पारेकाे रिपाेर्ट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार