नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को रिहाई माग गरी सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस भोलिका लागि सरेको छ । जिल्लाबाट उप्लब्ध मिसिल अध्ययन गर्न समय लिएकोले बहस भोलिलाई सरेको हो ।

सर्वोच्चको यसअघिको आदेशबमोजिम बहसका लागि प्रकाण्डलाई आजै दाङबाट काठमाडौं ल्याइएको थियो । ‘बम विष्फोट र कर्तव्य ज्यानको कसुर’ अभियोगमा भोजपुर अदालतपरिसरबाट गिरफ्तार गरी साता दिनदेखि दाङको घोराहीमा प्रहरी हिरासतमा बन्दी बनाई राख्दै आइरहेको थियो ।

आन्तरिक उडानबाट उनलाई बिहान ११ बजे सर्वोच्च ल्याइपुर्याइएको हो । गैरकानूनी रुपमा गिरफ्तार गरेर थुनामा राखेको भन्दै भाई विरेन्द्र विश्वकर्माले रिहाईको माग राखेर गत सोमबार रिट निवेदन दर्ता गरेका थिए । यसपटकको रिट दर्ता चौथो हो ।

तेस्रो पटकसम्मको रिटमाथिको बहसपछिको सुनुवाईमा सर्वोच्चले रिहा गर्न आदेश दिँदै आएको छ । तर रिहालगत्तै अदालत परिसरबाटै गिरफ्तार गरी सरकारले अर्को अभियोगमा अन्यत्र जिल्लाहरुमा पुर्याएर घुमाउँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार