पूर्वराजा ज्ञानेन्द्र शाह फेरि थाइल्याण्ड जाँदैछन् । शुक्रबार उनी थाइल्याण्ड जान लागेका हुन् । डेढ महिनाअघि पनि उनी थाइल्याण्ड पुगेका थिए ।

पूर्वराजा सपरिवार भ्रमणमा हुनेछन् । थाइल्यान्डबाट उनीहरु श्रीलंका हुँदै भारत जानेछन् ।  थाइल्याण्डमा दुई साता बस्ने कार्यक्रम छ । यसको व्यवस्था मिलाउन पूर्वयुवराज्ञी हिमानी शाह बिहीबारै बैंकक गइसकेकी छिन् ।

थाइल्याण्डलाई किन ‘ट्रान्जिट प्वाइन्ट’ ?

थाइल्याण्ड पूर्वराजाका लागि बढी आनन्ददायी स्थल हो । थाइल्याण्डमा राजसंस्था रहेकाले पनि उनले त्यहाँ राजाकै हैसियतमा बस्न पाएका छन् ।

यसअघिको भ्रमणमा हिमानीलाई त त्यहाँका राजाले औपचारिक कार्यक्रममै समावेश गरेका थिए । सीधै भारत जाँदा आलोचना हुने देखेपछि पूर्वराजाले थाइल्याण्ड हुँदै भारत यात्रा गर्न लागेको बुझिएको छ ।

यसपटकको भ्रमण लामै हुनेछ । एकमहिनापछि दशैंको सप्तमीका दिनमात्र पूर्वराजपरिवार काठमाडौं फर्कने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार