हस्तमैथुनका विषयमा मानिसहरुमा विभिन्न प्रकारका धारणा तथा प्रश्नहरु रहने गर्दछन् । यौन सन्तुष्टिको सबैभन्दा सहज उपायको रुपमा रहेको हस्तमैथुनका सम्बन्धमा रहेका केही रोचक तथ्यहरु यस्ता छन्ः

सबै पुरुषले हस्तमैथुन गर्दैनन्ः हो, यदि सबै पुरुषले हस्तमैथुन् गर्छन् भन्ने ठान्नुभएको छ भने तपार्इं गलत हुनुहुन्छ । सन् २०१६ मा गरिएको एक अध्ययन अनुसार केवल ५७ प्रतिशत अविवाहित तथा एकल पुरुषहरुले मात्र दैनिक हस्तमैथुन गर्दछन् ।

पुरुषद्वारा भाइब्रेटरको प्रयोगः केवल महिलाले मात्र यौन सन्तुष्टिका लागि भाइब्रेटरद्वारा मैथुन गर्दछन् भन्ने हुँदैन । एक सर्भेक्षण अनुसार यौन उत्तेजनाका लागि पुरुषहरुले पनि भाइब्रेटरको प्रयोग गर्दछन् । अझ रोचक कुरा त के भने भाइब्रेटर प्रयोग गर्ने पुरुषहरुको यौन चाहना तथा यौन जिवन राम्रो हुने गरेको छ ।

हस्तमैथुनका फाइदाः हस्तमैथुन गर्नाले अनुहारमा चमक आउँछ भन्ने मान्यता छ । तर यो सही होइन । तर एउटा अध्ययनले के पुष्टि गरेको छ भने नियमित रुपमा हस्तमैथुन गर्ने मानिसहरुमा खुसीपनाको तह उच्च रहने र रोग प्रतिरोधी क्षमता पनि उच्च रहने गर्दछ । हस्तमैथुनले सरीरमा उर्जा वृद्धि गर्दछ ।

सेक्स र हस्तमैथुनको विर्यमा फरकः जापानमा गरिएको एक अध्ययन अनुसार सेक्सका क्रममा निस्कने विर्य तथा हस्तमैथुनका क्रममा निस्कने विर्यमा हुने शुक्रकिटको मात्रा फरक हुन्छ । सेक्समा निस्कने विर्यमा शुक्रकिटको मात्रा निकै धेरै हुने अध्ययनले देखाएको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार