थानकोट भन्दा उता
सिंदरबारलेनै शासन गर्ने
अर्काे पनि देश छ ।
त्यहीका निमुखा जनहरूकाे
शिरकाे भरेङ हालेर
सत्तामा पुग्छ
र तिनैमाथि निर्मम शासन गर्छ,
तिनै जनश्रमकाे उब्जनी खान्छ,
र तिनैकाे टाउकामा हग्छ
साला काठमान्नु
र यसकाे टाउकाे सिंदरबार !!

…………

र, याे पनि ….

वर्तमानले डसेर
जब जब रून्छ
याैटा याेद्धा,
भन्न सकाैला
उस्का जाेर अाँखाहरूबाट
दुखेसाे बग्छ कि विद्राेह
अाँशु बग्छ कि अागाे ?

अाफ्नै सहयाेद्धाले
जब धस्छ पीठमा छुरा
भन्न सकाैला
उस्का जाेर अाँखाहरूबाट
दिग्दारी बग्छ वा अठाेट
ग्लानी बग्छ वा नयाँ संकल्प ?

अागाेसंग खेलिरहेकी सीता
अाँखाका डिलहरूबाट जब बहन्छे
भन्न सकाैला
उस्का भाकाहरूमा
पश्चाताप सुनिन्छ कि नवीन सपना ?
विश्राम सुनिन्छ कि यात्राकाे निरन्तरता ???

असाेज ६

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार