भारतले रुससँग शक्तिशाली विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किन्ने सहमतिमा हस्ताक्षर गरेको छ।

शुक्रवार दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँच अर्ब डलरको सम्झौता भएको घोषणा गरेका छन्। एस-४००लाई उन्नत विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली मानिन्छ। यसले ४०० किलोमिटर परसम्म एकैचोटि ८० वटा निशानामा मार हान्न सक्छ।

भारतकाे दुश्मनीकाे रूपमा रहेकाे चीनसँग पनि यस्तै खाले प्रतिरक्षा प्रणाली रहेको भन्दै भारतले यस्ताे हतियार किनेकाे हुनसक्ने विश्लेषण गरिएकाे छ ।  भारत र चीनबीच लामाे समयदेखि दुश्मनी रहेकाे छ ।जहाँ कि सन् १९६२ मा यी दुर्इ देशबीच युद्ध भएको थियो र अहिले पनि सीमा विवाद कायम छ।

पाकिस्तान र चीनसँगको सम्भावित लडाइँबारे विचार गरेर भारतका लागि आफ्नो सुरक्षा क्षमता बढाउन आवश्यक भएको विश्लेषकहरू बताउँछन्।

मस्कोले सन् २०१४ मा युक्रेनबाट क्राइमियालाई अलग्याएपछि अमेरिका र रुसबीचको सम्बन्ध बिग्रिएको छ। रुसमाथि अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोप लागेपछि तनाव बढेको छ।

वाशिङ्टनले थुप्रै रुसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ।

सन् २०१७ मा आर्थिक र राजनीतिक प्रतिबन्धहरू लगाउने उद्देश्यसहित रुस, इरान र उत्तर कोरियालाई लक्षित गरेर अमेरिकाले एउटा कानुन बनाएको थियो।

काट्सा नामक सो कानुनले अन्य देशलाई पनि यी देशहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न निषेध गर्दछ।तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही राष्ट्रहरूलाई छुट दिने अधिकार छ।

त्यसैले भारतले आफू सुरक्षित हुने अपेक्षा गरेको छ। तर ट्रम्प प्रशासनका केही अधिकारीहरूको पछिल्लो वक्तव्यले मिश्रित सङ्केतहरू दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार