लामाे कसरतपछि सांसद बन्ने टिकट पाएका वामदेव गाैतमकाे सांसद बन्ने सपना त्यति सजिलो नहुने भएको छ ।

सहजै निर्वाचन जितिन्छ भन्ने सोचेका नेता गाैतमको प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आउने भएपछि उनलार्इ ठूलाे चुनाैती हुने भएकाे छ ।

उता सत्ताधारी नेकपाका नेताहरुले कांग्रेस प्रवक्ता शर्मालाई उप निर्वाचनमा भाग नलिन आग्रह गरेकाे बताइएकाे छ ।

प्रवक्ता शर्मालाई कांग्रेसले निर्वाचनमा उठाउने तयारी थालेपछि सत्ताधारी नेकपामा सनसनी फैलिएको छ । तर, नेता गाैतमले शर्मालाई फोन गरेरै आफूलाई सहयोग गरिदिन अपिल गर्ने तयारी थालेको उनी निकट स्रोतले जनाएको छ ।

कांग्रेसका युवा नेता शर्माले पनि काठमाडाैंकाे याे उपनिर्वाचनमा उम्मेदवार दिए यी दुर्इ नेताबीचकाे भिडन्त निकै राेचक हुने भएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार