हामी आज २१ औ शताब्दीमा २० औ शताब्दीमा सम्पन्न २ महान् समाजवादी प्रयोगहरूको अनुभवसहित उपस्थित छौं  । कम्युनिष्ट आन्दोलनको विचारधारात्मक विकास र यसको व्यावहारिक प्रयोगको समाप्तिसँगै नेतृत्वको बीचमै संशोधनवाद उत्पन्न भएको इतिहासबाट बुझ्न आवश्यक छ  । र यो संशोधनवाद सर्वहारा क्रान्तिको सबैभन्दा ठूलो दुश्मनसिद्ध भइसकेको छ । मार्क्स-एंगेल्स र लेनिनदेखी स्टालिन तथा माओसम्म कम्युनिष्ट आन्दोलनका सैद्धान्तिक विकास संशोधनवादको विरूद्ध संघर्ष गरिरहेको देखिन्छ । विकासको यो पुरा समयमा स्टालिनकालीन सोवियत युनियन र माओकालीन चीनको महान क्रान्तिकारी समाजवादी प्रयोगले यिनी सिद्धान्तहरूको व्यवहारमा लागु गरेर समाजवादी संक्रमणको विकारधारात्मक समझमा परिपक्कता बनाइयो।

सर्वहारा क्रान्तिको विचारधारात्मक विकासको यो घडीमा १९६३ देखी १९६४ मा माओको नेतृत्वमा चलेको महान बहसले आधुनिक संशोधनवादको विरूद्ध विचारधारात्मक संघष गर्दै समाजवादी संक्रमणको बारेमा सम्पर्ण संसारका कम्यूनिष्टहरूको एक सुव्यवस्थित मार्क्सवादी-लेनिनवादी सिद्धान्त प्रतिवादन गर्यो । यस बहसले स्टालिनकालीन सोवियत युनियनको अनुभवहरू र ख्रुश्चेव द्धारा पुँजीवाद को पुनर्स्थापनाको सैद्धान्तिक निचोड प्रस्तुत  जो समाजवादी संक्रमणलार्इ बुझ्ने एक पाटो बन्यो । यसै बहसको अनुभवहरूका आधारमा माओले चीनमा १९६६ देखी १९७६ सम्म महान सर्वहारा सांस्कृतिक क्रान्ति चलाउनु भयो ।

आज संसारभरका कम्युनिष्टहरूको सामु स्टालिनकालीन सोवियत युनियनको समाजवादी प्रयोग, ख्रुश्चेवी संशोधनवादको जन्म, र माओको नेतृत्वमा चलेको चीनियाँ महान सर्वहारा सांस्कृतिक क्रान्ति, र देङ स्याअाे पिङको संसोधनवादका महान अनुभव पनि हामी सामु स्पष्ट छ । यस अनुभवहरूले आउँदो समयमा सर्वहारा वर्गको समाजवादी क्रान्तिको महान लक्ष्यको पुरा गर्न र पुँजीवादी समाजबाट कम्युनिष्ट समाजसम्म पुग्न, संक्रमणकालमा रहेको क्रान्तिकारी नेतृत्वको मार्क्सवादी-लेनिनवादी सैद्धान्तिकमा बुझाइको कमि आउन सक्ने खतरा छ ।

१८७१मा पेरिस कम्यूनको बारेमा मार्क्सले भन्नुभएको थियो, यदि कम्यूनको नष्ट गराइयो भने यो संघर्ष केवल स्थगित हुनेछ । कम्यूनको सिद्धान्त सार्वभमिक र अनश्वर छ, यो तब सम्म बारबार प्रकट हुदैँ जान्छ, जब सम्म मजदुर र श्रमजिवी वर्ग स्वतन्त्र हुदैन ।

महान बहस कपृष्ठभूमि

विश्व कम्यूनिष्ट आन्दोलनमा आधुनिक संशोधनवादीहरूको विरूद्ध चीनियाँ कम्यूनिष्ट पार्टी द्धारा १९६३ देखी १९६४ को बीच चलाइएको महान बहसले मार्क्सवाद-लेनिनवाद र आधुनिक संशोधनवादको विच एक विभाजन रेखा कोरि निर्णायक संघर्षको आरम्भ गरेको थियो । २४ फेब्रवरी १९५६ मा सोवियत युनियनको कम्युनिष्ट पार्टीको २० औ महाधिवेशनमा ख्रुश्चेव द्धारा प्रस्तुत गरेको गोप्य भाषणको तत्कालमै चीनियाँ कम्यूनिष्ट पार्टीले स्टालिनकालमा ख्रुश्चेवद्धारा उठाइएको प्रश्नमा आफ्नो मार्क्सवादी, लेनिनवादी अवस्थाको स्पष्टता तु-सुरूवात गरेको थिएन । चीनियाँ पार्टीले सर्वहारा अधिनायकत्वको एतिहासिक अनुभव (४ अप्रिल १९५६), सर्वहारा अधिनायकत्वको एतिहासिक अनुभवको बारेमा केही कुराहरू (२९ डिसेम्बर १९५६) नामक २ लेख प्रकाशित गर्यो, जसमा सोवियत युनियनको कम्यूनिष्ट पार्टी द्धारा स्टालिनकालको बारेमा गरेको आलोचनाको कयौ बुदाँहरूमा आफ्नो सहमति प्रस्तुत गरेको थियो । यस पछि विश्व सर्वहारा आन्दोलनको आम मार्क्सवादी, लेनिनवादी दिशाको प्रस्तावको रूपमा संसारका ८ कम्यूनिष्ट मजदूर पार्टीहरूको सहभागिमा १९५७ को घोषणापत्र (मास्को घोषणापत्र) र ८१ कम्यूनिष्ट पार्टीको सहभागीमा १९६० को बक्तव्य (मास्को बक्तव्य) जारी गरेको थियो ।यस समयमा सोवियत यूनियनका कम्यूनिष्ट पार्टी १९५७ को घोषणापत्र र १९६० को बक्तव्यको प्रस्तावहरूको विपरीत “शान्तिपर्ण सहअस्तित्व”, “शान्तिपुर्ण प्रतिस्पर्धा”, “शान्तिपूर्ण संक्रमण”, “समस्त जनताको राज्य” तथा “समस्त जनताको पार्टी” जस्ता संशोधानवादी सिद्धान्तहरू अबलम्बन गरी आफ्नो संशोधनवाद नीतिहरूको पूर्ण व्यवस्थामा लागु गर्ने तथा सर्वहारा वर्गलार्इ साम्राज्यवादी शक्तिहरूको सामू निशस्त्र प्रयोग गर्ने काममा लागिरहेको थियो ।

चीनियाँ कम्यूनिष्ट पार्टीद्धारा ख्रुश्चेवी शंसोधनवादको विरूद्ध १६ अप्रिल १९६० मा “लेनिनवाद जिन्दावाद” लेखी छापियो र यस पछि १५ डिसेम्बर १९६२ देखी ८ मार्च १९६३ को बिच सोवियत युनियन द्धारा चीनियाँ पार्टीले दिएको प्रहारहरूको उत्तरको जवाफ दिदैँ सात “लेख” लेखियो, जसमा चीनियाँ पार्टीले मार्क्सवादी, लेनिनवादी कार्यदिशालार्इ स्पष्ट गर्ने सिद्धान्तिक कार्य सुरूवात गरिसकको थियो । तर त्यस समय सम्म यस बहसको पुर्ण रूप दुनियाका कम्यूनिष्ट पार्टीहरूको सामुन्य राखिएको थिएन ।

महान बहस, १९६३ देखि १९६४

१९५७ देखी १९६२को समयमा ख्रुश्चेवी संशोधनवादी नीतिहरूको विरूद्ध खुला संघर्ष नगरे पनि चीनियाँ कम्यूनिष्ट पार्टीले माओको नेतृत्वमा आधुनिक शंसोधनवादको विरूद्ध समस्त कम्यूनिष्ट आन्दोलनको इतिहासको संरक्षण प्रस्तुत गर्यो र समाजवादी संक्रमकालको गुणात्मक रूपमा विकास गर्दै मार्क्सवादी, लेनिनवादी आम कार्यदिशाको विकासमा एतिहासिक भुमिका निभाइयो, र मार्क्सवाद, लेनिनवाद तथा संशोधनवादको वीचमा एक विभाजन रेखा कोर्नेको काम भयो ।

यस समयमै चीनियाँ कम्यूनिष्ट पार्टीले १४ जून, १९६३को अन्तरराष्ट्रीय कम्यूनिष्ट न्दोलनको म दिशाको बारेमा एक सुझाव मा २५ सुत्रीय कार्यक्रमका प्रस्ताव सोवियत युनियनको कम्युनिष्ट पार्टीको नाममा प्रकाशित गर्यो र यसको पछि सोवियत संघको कम्यूनिष्ट पार्टीले १४ जुलार्इ १९६४ सम्म २५ सुत्रीय कार्यक्रमको व्याख्या गर्दै एक पछि एक ९ टिप्पणिहरू प्रकाशित गर्यो, जसलार्इ महान बहस भनिन्छ । १९६३ र १९६४ को महान बहसको ९ दस्तावेजहरूमा आधुनिक संशोधनवादको विरूद्ध खुलेको संघर्षमा माओको नेतृत्वमा चीनियाँ पार्टीले जो अवस्था अपनायो त्यो ती संषर्धहरू देखी कम थिएन यो लेनिनले काउत्स्की तथा वर्नस्टीनको संशोधनवादको विरूद्ध र मार्क्स ले बाकुनिनपन्थिहरूको विरूद्ध आआफ्नो समयमा चलाएका थिए ।

महान बहसभन्दा पहिला अल्बानियाको कम्यूनिष्ट पार्टी पनि अनवर होजाको नेतृत्वमा सोवियत युनियनको कम्यूनिष्ट पार्टीको संशोधनवादी नीतिहरूको आलोचना गरिरहेको थियो, र १६ नोबेम्बर १९६०मा मास्कोमा संसारका ८१ कम्युनिष्ट पार्टीको अधिवेशनमा पहिलो चोटी खुलोआम अनवर होजाले आधुनिक संशोधनवादको वाहकको रूपमा ख्रुश्चेवको आलोचना गदैँ सोभियत युनियनको कम्युनिष्ट पार्टीको २०  महाधिवेशनको संशोधनवादी नीतिहरू र ख्रुश्चेव गुटको मार्क्सवाद विरोधी स्थितिको विरोध गरं, मार्क्सवाद लेनिनवादको रक्षा गरं भन्दै आफ्नो भाषण दिएका थिए ।

महान बहसभन्दा पहिला चीनियाँ पार्टीद्धारा लिखित दस्तावेजहरू यस्ता लाग्दै थिए कि त्यो समयमा चीनियाँ पार्टीको मान्यता यो थियो कि सोवियत यूनियनका नेताहरू संशोधनवादी चंट्टागका सिकार भइसकेका छन, र उनिहरूलार्इ सम्झाइ बुझाइ सही बाटोमा ल्याउन सकिन्छ । यही कारण थियो कि १९५७ को घोषणापत्र तथा १९६० को वक्तव्यमा चीनियाँ पार्टी शान्तिको सोचमा सोवियत युनियनलार्इ केही छुट दिएको भन्ने देखाइरहेको थियो । १४ जून, १९६३ मा  “आम दिशा को बारे मा एक सुझाव मा चीनियाँ कम्यूनिष्ट पार्टीले भनेको थियो, हामीलार्इ सा छ कि चीनियाँ र सोवियत पार्टीहरूको वार्तामा सकारात्मक परिणाम निक्लियोस् । महान बहसको अन्तिम दस्तावेजमा चीनले भनेको थियो कि ख्रुश्चेवको पतन भइसकेको छ  र उसद्धारा जोडसंग चलाइएको संशोधनवादी दिशा पनि खत्तम भइसकेको छ”(म.ब., पृष्ठ 379)

माओद्धारा ख्रुश्चेवकालीन सोवियत नेतृत्वको यो पृष्ठभूमिको आकलनमा सैद्धान्तिक चुक अथवा भुल भएको थियो, जसको कारण संशोधनवाद प्रति उनको उदारता विल्कुल भन्न सकिन्न की जबकी त्यो समयमा आफ्नो एतिहासिक सिमाहरू थिए । आज सवियत यूनियनको अभिलेखहरूको जति खुलासा भइसकेको छ र जति प्रमाणहरू दुनियाँसामु आइसकेका छन, त्यो आधारमा यो स्पष्ट भइसकेको छ कि ख्रुश्चेव द्धारा २०  महाधिवेशनमा स्टालिनवादको पूर्ण निषेध र त्यस पछि लागु गरेको संशोधनवादी नीतिहरू विचारधारात्मक भट्काउने भन्दा नि सोवियत संघमा जन्मिसकेको विशेषाधिकार भोगी वर्ग द्धारा पुँजीवाद को पुनस्थापनाको लागी एक योजनाबद्ध तरिकाले रणनीति बनाइएको एक अंश थियो । तर त्यो समयमा मौज्दात तथ्यहरूको यो आकलन गर्न सम्भव छैन र चीनको पार्टीमा देखापरेको क्रान्तिकारी मार्क्सवादी लेनिनवादी कार्यदिशा तथा संशोधनवादी कार्यदिशाको वीचको दुवै लार्इनहरूको संघर्ष चलिरहेको थियो । र पार्टीमा पुँजीवादी सोचहरू मौज्दात थिए जो ख्रुश्चेवको संशोधनवादी लार्इनको समर्थन गरिरहेका थिए ।

आज हामिले इतिहासलार्इ पल्टाएर हेर्दा यो भन्न सकिन्छ कि, यदी चीनियाँ पार्टीले पुरा दुनियाँका कम्यूनिष्ट पार्टीहरूको बीच १९५६ देखी १९५७ मा यो बहस खुलेआम रूपमा सुरूवात गरेको भए, ती ख्रुश्चेवी सुधारवादिहरूको स्टालिनकालीन सोवियत युनियनको महान उपलव्धिहरूमा हिलो पोत्ने र मार्क्सवाद, लेनिनवादको बारेमा भ्रम पैदा गर्ने मौका सायद  मिल्ने थिएन र कयौं राष्टहरूमा कम्यूनिष्ट आन्दोलन संशोधनवादी, विचलनकारी र भट्काउबादीहरूको शिकार हुनबाट बचाउँन सकिने अवस्था थियो ।  संशोधनवादीमा फसेको सोभियत संघको कम्यूनिष्ट पार्टी लेनिन र स्टालिनको नेतृत्वमा समाजवादको निर्माण गर्ने तथा सर्वहारा वर्गको महान योगदानको दम्भ बाट बनेको पहिलो कम्यूनिष्ट पार्टी थियो, त्यसैले पुरा संसारमा यसको मान्यता थियो जसको कारण ख्रुश्चेव द्धारा संसोधनवादी लार्इन अपनाइसके पछि सोवियत युनियनमा संसोधनवादी र भट्काउबादीहरूको असर पुरा संसारका कम्यूनिष्ट आन्दोलनहरूमा ज्यादा पर्न सुरू भयो र पर्यो पनि । यदी गलत प्रवृतिहरूको खुलेर विरोध नगरेको भए र त्यस बास्तविकता सबैको सामु उजागर नगरेको भए ति गलत विचार आम धारणा बन्थे र तब उनका विरूद्ध संघर्ष गर्न धेरै कठिन हुन सक्थ्यो ।

चीनियाँ कम्यूनिष्ट पार्टीले संशोधनवाद र मार्क्सवाद,लेनिवादको बारेमा आफ्नो विश्लेषण राख्दै भनेको थियो –

“ मार्क्सवाद लेनिनवाद एक विज्ञान हो र विज्ञान बहसबाट डरादैन र कुनै चीज जो बहसबाट डराउछ त्यो विज्ञानपरक हुदैन । अन्तरराष्ट्रीय कम्यूनिष्ट न्दोलनमा चलिरहेको वर्तमान महान बहस सबै देशमा मज्दात कम्यूनिष्टहरू, क्रान्तिकारीहरू र क्रान्तिकारी जनताको प्रेरित गरिरहेको छ कि उनी आफ्नो बुद्धिमा जो बढाएर मार्क्सवाद लेनिनवादको धारभुत सिद्धान्तको द्धारा विश्व क्रान्ति  र फ्नो देशको क्रान्तिसँग सम्बन्धि समस्याहरूमा विचार गरं । यो महान बहसको अनुसार जनता सही र गलतमा, र सत्यमा मार्क्सवाद लेनिनवादमा अन्तर गर्न सक्छन । यस महान बसहको द्धारा विश्वका तमाम क्रान्तिकारी शक्ति गोलबन्द हुनेछन , सबै मार्क्सवादी, लेनिनवादी विचारधारात्मक रूपमा परिपक्क हुने छन र मार्क्सवाद, लेनिनवादको ज्यादा परिपक्क तरिकाबाट फ्नो देशहरूको ठोस व्यवहारमा जोडन सक्नेछन ।यस प्रकार मार्क्सवाद लेनिनवाद अवश्य समृद्ध हुनेछ , विकसित हुनेछ र नयाँ उचाइ छुनेछ । (म.ब., पृष्ठ 274)

महान बहसको दस्तावेजहरूमा बहसको अवस्थितिको स्पष्ट गर्दै भनेको छ –

अन्तिम विश्लेषणमा, अन्तरराष्ट्रीय कम्यूनिष्ट न्दोलनमा चलेको महान बहसको केन्द्रीय मुद्दाहरू यो छ कि मार्क्सवाद,लेनिनवादको अनुसरण गर्ने कि संशोधनवादको, सर्वहारा अन्तरराष्ट्रवादको अनुसरण गर्ने कि महाशक्ति अहंकारवादको र एकताको इच्छा गर्ने कि फूटको। (म.ब., पृष्ठ 269)

सोवियत संघ र चीनको समाजवादी क्रान्तिहरूमा सर्वहारा वर्गद्धारा सम्पन्न गरेको समाजवादी निर्माणको महान प्रयोगलार्इ निकटबाट देख्ने एक अमेरिकी पत्रकार अन्ना लुर्इस स्ट्रांगले महान बहसको बारेमा लेखिनः

 “यो झगडा मात्रै हैन । यो एक संकटपूर्ण समयमा मानवको लागि बाटो निर्धारित गर्ने एक कोशिश हो । यो त्यो बाटोको खोजमा छ जसको बारेमा कयं धर्म र अनेक दार्शनिक शताब्दीदेखी चिल्लाइ रहेका छन । मार्क्स देखी ज सम्म केही व्यक्ति वर्ग संघर्ष र इतिहासको धारबाट शिक्षा लिदै यो बाटोको खोजिमा छन । कम्यूनिष्ट निराशमा पार्टी लार्इन भन्छन। र जो क्रान्तिकारी बहिष्कार गर्ने जोखिम बहन गदैँ छन उनी एक नयाँ रूपमा संगठीत हुनको लागी अगाडी उने छन । यसबाट विश्व कम्यूनिष्ट न्दोलनमा केही घाटा हुनेछैन ।

विश्व कम्युनिस्ट आन्दोलनको विकासमा संशोधनवादको विरुद्ध संघर्ष क इतिहास

वैज्ञानिक समाजवादका जनक मार्क्स एंगेल्सद्धारा १८६४ मा पहिले इण्टरनेशनल को स्थापना गरियो । त्यो समय मार्क्स र एंगेल्सबाहेक पुरा यूरोपीयन परम्परामा सुधारबादी अर्थवादी प्रवृत्तिहरूको अस्थित्वमा थियो र उत्पादनको साधानहरूको विकासमा जोड दिइन्थ्यो । त्यो समयको बाकुनिनवादीद्धारा मार्क्सलार्इ हरेक ठाउँमा हमला गरिरहन्थ्यो र आफ्नो संसोधनवादी कठमुल्ला विचारहरूको इण्टरनेशनलमा आरोपित गर्ने प्रयार गरिरहन्थे । मार्क्स एंगेल्सले बाकुनिनबादको विरूद्ध संघर्ष गर्नुभयो र उसलार्इ खुला चुनौति दिनुभयो, र अन्त्यमा १८७२ मा बाकुनिनवादीहरूलार्इ पहिले इन्टरनेशनलबाट निकाल्नु भयो ।

पहिला इण्टरनेशनलमा मार्क्स र एंगेल्सले अवसरवाद र फूटपरस्तीको विरूद्ध संघर्ष गर्दै अन्तरराष्ट्रीय आन्दोलनमा क्रान्तिकारी लाइनका विचारधारात्मक नेतृत्व स्थापित गर्नुभयो । जर्मन सामाजिक जनवादी पार्टीको गोथा कार्यक्रमको आलोचनामा १८७९ मा मार्क्सले भन्नु भएको थियो, लगभग चालीस वर्षदेखी हामी जनतामा विशेष जोड दिदै इरहेका छं कि वर्ग संघर्ष इतिहासको प्रत्यक्ष चालक शक्ति हो र विशेषगरी पुँजिवादी र सर्वहाराको वीचको वर्ग संघर्ष धुनिक सामाजिक क्रान्तिको महान उत्तोलक हो, त्यसैले हामी जनताहरूको लागि उनहरू (पुँजिवादीहरू)को साथ सहयोग गर्न असम्भव छ जो न्दोलन बाट वर्गसंघर्षको खत्तम गर्न चाहान्छन ।

१८७६ मा पहिलो इन्टरनेशनल को अन्त्यको घोषणा गरियो, र कयौं राष्ट्रहरूमा सामाजिक , जनवादी कम्यूनिष्ट पार्टीहरूको स्थापना भयो । १८८९ मा एंगेल्सको प्रभावमा दोस्रो इन्टरनेशनल बन्यो जो पूँजीवादको विकासको शान्तिपूर्ण समय थियो जसमा कानूनी संघर्ष गर्दै कयौं पार्टीहरू कानूनवादी बने, र अवसरवादी विचलनको शिकार भए । अन्त्यमा १८९५ मा एंगेल्सको मृत्यु पछि त्यी अवसरवादी दोस्रो इन्टरनेशनलमा बढी प्रभावित भए । युरोपिय परम्परामा काउत्स्की र प्लेखानोव जस्ता कयौ ठूला नेताहरूमा त्यी अवसरवादी प्रवृतिहरूमा धेरै रूझानको असर देखिन थाल्यो । आन्दोलनमा मौज्दात यी अर्थवादी अवसरवादी भटकाउवादीको असर त्यस समयको कला र साहित्यमा पनि पर्यो , जो कयौ लेखकहरूको रचनाहरूमा प्रतिबिम्बित हुन्थ्यो ।

मार्क्सवादको क्रान्तिकारी कार्यदिशाको अगाढी बढाउदै अवसरवादीहरूको विरूद्ध संघर्षको महत्वपूर्ण जिम्मेवादी लेनिनले आफ्नो हातमा लिए । लेनिनले रूसमा मौज्दात अवसरवादी रूझानका नेतृत्व गर्ने मेन्शेविकहरूको विरूद्ध मार्क्सवादको रक्षा गर्दै सम्झौताविहीन संघर्ष गर्नुभयो र मार्क्सवादी सिद्धान्तहरूको मजबूद आधारमा बोल्शेविक पार्टीको स्थापना गर्नुभयो । १९१२ मा मेन्शेविकहरूलार्इ पार्टीमा निकालियो । त्यस समयमा सबै अवसरवादीहरूले लेनिनविरूद्ध बोल्नथाले र लेनिनलार्इ फूटपरस्त घोषित गरे । त्यस समयमा लेनिनले अवसरवादीहरूको प्रहारको जवाफमा भन्नुभएको थियो , एकता एक महान चीज हो र एक महान नारा पनि हो । तर मजदूरहरूको कार्यको जसको वश्यक छ त्यो हो मार्क्सवादीहरूको एकता, न की मार्क्सवादीहरूको र मार्क्सवाद को विरोधीहरूको र विकृत गर्नेहरूको एकता (म.ब., पृष्ठ 239)

मेन्शेविकवादीको विरूद्ध संघर्ष गर्दै लेनिनले दोस्रो इन्टरनेशनलमा काउत्स्की र बर्नस्टाइनको अवसरवादको विरूद्ध आमने सामने संघर्षको एक सिलसिला चलाउनुभयो । पहिलो विश्वयुद्धमा दोस्रो इन्टरनेशनलका नेताहरूले मजदूर वर्गको खुलेआम धोका दिए, जसलार्इ लेनिनले दृढताका साथ कडा बचनमा भर्त्सना गर्नु भयो । र अन्त्यमा १९१९ मा दोस्रो इन्टरनेशनलको ठाउँमा तेस्रो इन्टरनेशनलको स्थापना लेनिनको नेतृत्वमा भयो । यो सोवियत यूनियनको महान समाजवादी क्रान्तिको समय थियो, जसले कम्यूनिष्ट आन्दोलनको मार्क्सवाद लेनिनवादलार्इ नयाँ उचाइमा पुर्यायो ।

जुन समय सोवियत यूनियनमा ख्रुश्चेवी संशोधनवाद आफ्नो जडा गाडिरहेको थियो, तब कम्युनिष्ट इन्टरनेशनल जस्तो कुनै मञ्च को अस्थित्व थिएन । तर महान बहसको माध्यमबाट माओको नेतृत्वमा चीनियाँ कम्यूनिष्ट पार्टीले ख्रुश्चेवी संशोधनवादको विरूद्ध एक निर्णायक संघर्य गर्यो र मार्क्सवाद लेनिनवादको रक्षा गर्यो । काउत्स्कीको संशोधनवादबा जति घाटा लेनिनको समयमा दुनियाँको कम्यूनिष्ट आन्दोलनहरूमा भयो, त्यो भन्दा अधिक घाटा ख्रुश्चेवको संशोधनवादी पतनको समयमा दुनियाँका सर्वहारा आन्दोलनहरूले भोग्नु पर्यो ।

  1. दुनियाकाकम्युनिस्ट पार्टिहरूको बीच सम्बन्धहरू पश्नः

१९४३ मा पुरा संसारका कम्यूनिष्ट पार्टीहरूको आम सहमतिको आधारमा कम्युनिष्ट इन्टरनेशनलको विगठन गरियो । महान बहसमा यो विगठनको प्रस्तावबारे चीनियाँ कम्यूनिष्ट पार्टी भनेको थियो,

 “अन्तरराष्ट्रीय कम्यनिष्ट न्दोलनको इतिहासको एक समयमा कम्यूनिष्ट इन्टरनेशनलले दुनियाँका कम्यूनिष्ट पार्टीहरूको केन्द्रीय नेतृत्व दिएको थियो । यसले अनके राष्टहरूमा कम्यूनिष्ट पार्टी स्थापना र विकासको प्रोत्साहित गर्न महान तिहासिक भुमिका खेल्यो । तर जब कम्युनिष्ट पार्टीहरू परिपक्क भइसकेको छ र अन्तरराष्ट्रीय कम्यूनिष्ट न्दोलनको स्थिति धेरै जटिल भइसकेको छ, तब कम्यूनिष्ट इन्टरनेशनल द्धारा केन्द्रीय नेतृत्व दिन न त व्यावहारिक छ र त वश्यक ।” (म.ब., पृष्ठ 257)

४ फ्रेरवरी १९६४ मा प्रकाशित महान बहसको सातै दस्तावेजमा चीनि कम्यूनिष्ट पार्टीले अन्तरराष्ट्रीय स्तरमा कम्यूनिष्ट पार्टिहरूको सम्बन्धको बारेमा लेखेको थियो

 “सबै अन्तरराष्ट्रीय पार्टीहरू, चाहे ति ठूला हुन या साना, नयाँ हुन या पुराना, सत्तामा छन या सत्ता बाहिर, ति सबै स्वतन्त्र र बराबर हुन । सबै पार्टीहरूको कुनै बैठक वा एकमतबाट स्वीकार गरेको कुनै सम्झताले उनिहरूलार्इ कुनै यस्तो शर्तमा बाधेको छैन कि उनमा वरिष्ट र कमजोर पार्टीहरू हुने हुन, कि एक पार्टी पिता होला या अर्को पार्टी पुत्र ।(म.ब., पृष्ठ 256)  अन्तरराष्टीय सर्वहाराको क्रान्तिकारी न्दोलनको इतिहास देखाउछ कि क्रान्तिको असमान विकासको कारण एक खास तिहासिक अवस्थामा, कहिले एक कहिले अर्को देशको सर्वहारा र उसको पार्टीले न्दोलन को अग्रिम पंत्तिमा मार्च गरेको छ ।(म.ब., पृष्ठ 256)  तर उरको अर्थ यो विल्कु होइन कि अन्तरराष्टीय मजदूर न्दोलनको अग्रिम पंत्तिमा सामावेश कोही पार्टी अन्य पार्टीमा हुकुम चलाउन सक्छ वा अन्य पार्टीहरूको त्यसको पालन पर्छ ।”(म.ब., पृष्ठ 257)

सबै अन्तरराष्ट्रीय पार्टीहरूको समानता र उनको बीचको सम्बन्धहरूको व्याख्या गर्दै कम्यूनिष्ट इन्टरनेशनलको विगठन गर्नेको प्रस्तावको समर्थन गर्नको साथै महान बहसमा यो पनि भनिएको थियो, अन्तरराष्ट्रीय पार्टीहरूको स्वतन्त्र र पूर्णतः समान दर्जाको हुनु पर्छ र साथै तिनसबै एकतावद्ध पनि हुनु पर्छ । साझा सरोकारको सवालमा तिनलार्इ विचार विमर्शबाट म सहमतिमा पुग्नु पर्छ र तिनलाइ साझा लक्ष्यको संघर्षमा फ्नो क्रियाकलापहरूको केन्द्रित हुनु पर्छ । अन्तरराष्ट्रीय पार्टीहरूको बीचको सम्बन्धहरूको निर्देशित गर्ने यो १९५७ को घोषणापत्र र १९६०को वक्तव्यमा सुरक्षित राखिएको छ । (म.ब., पृष्ठ 258)

विश्वका कम्यूनिष्ट पार्टीहरूको सम्बन्ध बारे चीनियाँ कम्यूनिष्ट पार्टीले भनेको थियो, वास्तविक वर्तमान परिस्थितिहरूमा, जसमा कामिण्टन जस्तो नेतृत्व न त अस्तित्वमा छ न अपेक्षित, विरासत पार्टीहरू बीचको सम्बन्धहरूमा बहुमतको समक्ष अल्पमतको झुक्नेको नीतिको लागु गर्नु विल्कुल गलत छ । यो निति अल्पमतलार्इ बहुमतको सामु झुक्न पर्ने र तल्लो स्तरको पार्टी संगठनलार्इ उच्च स्तरको पार्टी संगठनको सामु तर एक पार्टी भित्रकोमा यि कुरा लागु हुन सक्छ। तर यसमा बिरादराना पार्टी बीचको सम्बन्धमा लागु गर्न सकिदैन । फ्नो पारस्परिक सम्बन्धमा प्रत्येक पार्टी फ्नो स्वतन्त्रता बनाइ राखेका हुन्छन र त्यही समय सबैको साथ एकताबद्ध हुन्छन । यहाँ ति सम्बन्धको अस्तित्व छैन जसमा अल्पमतको बहुमतको सामु झुक्न पर्ने हुन्छ र त्यो सम्बन्ध पनि निश्चित छैन कि जसमा तल्लो पार्टी संगठनले उच्च पार्टी पार्टी संगठनको सामु झुक्नु पर्छ । विचार विमर्शको नीतिको अनुसार म सहमतिमा पुग्ने एक मात्र धार छ जसमा विरासत पार्टीहरूको साझा हितको सवालमा कारबाही गर्नु पर्ने हुन्छ तथा एक पार्टीको अल्पमत बहुमतको मातहत हुने नीतिको पालन संगठनात्मक रूपमा हुनु पर्ने हुन्छ । विचारधारात्मक समझधारीको मामलामा यो भन्न सकिन्न कि, गल्तीको तुलनामा सत्यको पहिचान सदैव यस कुराको धारमा हुन सक्छ कि कुन बहुमतको राय हो वा कुन अल्पमतको  (म.ब., पृष्ठ 260-261)

यी व्याख्यहरूमा ध्यान दिएर सोवियत यूनियन र चीनमा समाजवादी संक्रमण वा पुँजीवादको पुनर्स्थापनाको इतिहासमा नजर रख्ने हो भने एक विचार गर्ने विषय छ, विचारधारात्मक विचार विमर्शको माध्यमबाट एकताबद्ध हुने तथा आम सहमतिमा पुग्नको लागि यदी एक मन्च मौज्दात हुन्थ्यो भने चीनियाँ पार्टीलार्इ  संसारका पार्टीहरू मा ख्रुश्चेवी संशोधनवादीहरू द्धारा पैदा गरेको भ्रमहरूको विरूद्ध संघर्ष चलाउनेको सहायता मिल्थ्यो । जस्तो कि १४ जुन १९६४ मा सोवियत युनियनको लेखेको जवाफमा अन्तरराष्ट्रीय कम्यूनिष्ट आन्दोलनको आम दिशाको बारेमा मा १९५७ को घोषणापत्रको व्याख्य गर्दै हरेक देशमा कम्युनिष्ट पार्टीको आवश्यकता तथा त्यसको सैद्धान्तिक कार्यभारको व्याख्या गर्दै भनिएको थियो , “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवहरूको सबैभन्दा महत्त्वपूर्ण पाठ यो हो कि कुनै पनि क्रान्तिको विकास र विजय सर्वहारा वर्गको पार्टीको अस्तित्वमा निर्भर हुन्छ। क्रांतिकारी पार्टी अवश्य हुनु पर्छ। “

सर्वहारा पार्टीहरूको “आम मार्क्सवादी लेनिनवादी सत्यको फ्नो राष्टको शान्ति र निर्माणको ठोस अमलको साथ मिलाउने नीतिलार्इ दृढताका साथ पालन गर्नु पर्छ । यो पनि वश्यक छ कि सधै वास्तविकताका साथ प्रारम्भ गर्नु पर्छ, जनताका साथ घनिष्ठ सम्पर्क कायम गरिनु पर्छ, जन संघर्षको अनुभवहरूको अगातार निचोड निकाल्नु पर्छ, तथा फ्नो राष्टको अनुकूल नीतिहरू र कार्यनीतिहरूको स्वतन्त्ररूपमा बनाउनु पर्छ । यदी कोही यस्तो गर्नमा असमर्थ भयो, या यदी उनले अन्य कम्यूनिष्ट पार्टीको नीतिहरू र कार्यनितिहरूको यान्त्रिक रूपबाट अनुसरण गरे, यदी अरूको इच्छाको अन्धो भएर माने, अथवा अन्य कम्यूनिष्ट पार्टीको प्रोग्राम र प्रस्तावहरूको विना विश्लेषण गरी फ्नो कार्यदिशाको रूपमा स्वीकार गर्छन भने ति कठमुल्लावादी गल्ति गर्नेछन् । (म.ब., पृष्ठ 36, 37) ।

धनकृष्ण बढुवाल (क्षेप्यास्त्र)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार