विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।

मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेकाले कसैसंग नझुक्ने चेतावनी दिएका छन् ।

युरोपियन यूनियनका लागि नेपालकी पूर्वराजदुत रेन्जसे टेरिङ्कले डा. सिके राउतसंग गएको २०१५ को फेब्रुअरीमा भेटेर अलग मधेसको मुद्धा उठाए युरोपिएन यूनियनको पूर्ण समर्थन रहने जनाएकी थिइन् ।

सिके राउत यसैको आडमा नेपालमा विभिन्न गतिविधि संचालन गरिरहेको स्रोतले जनाएको छ । डा. राउतले युरोपिएन यूनियनबाट विभिन्न आन्दोलन गर्ने बहानामा मनग्य पैसा लिने गरेको स्रोतले जनाएको छ । तिनै राजदुत अहिले बंगलादेशमा राजदुतको रुपमा रहेकी छन् ।

नेपालको मधेसमा भारत र नेपाललाई लडाएर युरोपले नेपालमा प्रभाव बढाउन खोजेको तथ्य खुल्न आएको छ । डा. राउत अहिले युरोपेली यूनिएनको नेपालका लागि खास एजेन्टको रुपमा काम गरिरहेको स्रोतको दावी छ ।

यसका साथै, डा. राउतले युएनपिआे (UNPO)बाट समेत रकम लिने गरेको तथ्य खुलासा भएको छ । प्रहरी हिरासतबाटै उनले मधेस छुट्टै देश हो भन्दै कुनै पनि हालतमा पछि नहट्ने जनाएपछि उनी विरुद्ध राज्यविप्लवको मुद्धा दायर भएको स्रोतको दावी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार