कमरेड सुदर्शन, तपाईं कार्ल माक्र्सलाई कसरी सम्झनुहुुन्छ ?

सुदर्शन : किरणले भन्नुभएजस्तै उहाँ सर्वहारा वर्ग तथा विश्व श्रमजीवी वर्गका महान् नेता हुनुहुन्थ्यो । हामी सबैले त्यस अर्थमा सम्झने गर्दछौँ । त्यसका साथै समाज विज्ञानका तीनवटै क्षेत्रमा खासगरी दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभयो । सुरुमा त उहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, त्यसका साथै राजनीतिक अर्थशास्त्रमा अतिरिक्त मूल्यको सिद्धान्त र वैज्ञानिक समाजवादमा वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्वलाई पनि स्थापित गर्नुभयो । यो सिद्धान्तले दुनियाँमा चीन, सोभियत सङ्घलगायत १५–१६ वटा देशमा समाजवादी क्रान्ति नै स्थापना गर्न पुग्यो । विश्वको आधाभन्दा बढी जनसङ्ख्या भएको भूभागमा क्रान्ति सम्पन्न ग¥यो र निश्चित रूपमा त्यो धेरै दूरदृष्टि राखेर बनाइएको सिद्धान्त रहेछ । त्यस आधारमा हामीले पनि नेपालमा क्रान्तिको प्रक्रिया अघि बढाइरहेका छौँ । क्रान्ति र प्रतिक्रान्तिबीचको सङ्र्घष चलिरहेको छ । त्यो समयमा पनि माक्र्सले आफ्नो जीवनमा क्रान्ति र प्रतिक्रान्ति बेहोर्नुभएको थियो । साँच्चै कार्ल माक्र्स धेरै परसम्म देख्न सक्ने क्षमता भएको दार्शनिक व्यक्ति हुनुहुन्थ्यो । उहाँ शोषितपीडित वर्गको नेता हुनुुहुन्थ्यो भनेर आज हामी सम्झन्छौँ र उहाँकै बाटोमा हामी अघि बढिरहेका छौँ ।

कार्ल माक्र्सका योगदानहरू केके हुन् ? बुँदागत रूपमा भनिदिनुहोस् न ?

सुदर्शन : पहिलो कुरा त समाजमा एउटा दृष्टिकोण प्रदान गर्ने दर्शनका क्षेत्रमा उहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रतिपादन गर्नुभयो । त्यसमा के भन्न सकिन्छ भने उहाँले जर्मन दर्शनशास्त्रका अग्रणीहरू, खासगरी हेगेल, कान्ट र फायरबाखलाई महत्वपूर्ण ढङ्गले अध्ययन गर्नुभयो । कान्टको अज्ञेयवादका विरुद्ध पनि लड्नुभयो । त्यस्तै गरी फायरबाखका अधिभूतवादी भौतिकवादका विरुद्ध लड्नुभयो । त्यस्तै हेगेलका आदर्शवादी द्वन्द्ववादका विरुद्ध पनि लड्नुभयो । फायरबाखको भौतिकवाद र हेगेलको द्वन्द्ववाद (जो विधिशास्त्रका रूपमा थियो) लाई लिएर उहाँले द्वन्द्वात्मक भौतिकवाद बनाउनुभयो । उहाँले नयाँ आविष्कार पनि गर्नुभयो । त्यो भनेको ऐतिहासिक भौतिकवाद हो । त्यो उहाँको मौलिक आविष्कार हो । यो दर्शनशास्त्रका क्षेत्रमा उहाँले गरेको आविष्कार हो । त्यसका नियमहरू र विधिशास्त्रमा नयाँ आविष्कार गर्नुभयो– पहिलो योगदान यो हो । दोस्रो योगदान उहाँले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नुभयो र समाजमा एउटा मुठीभर वर्गले बहुसङ्ख्यक श्रमजीवी वर्गलाई कसरी शोषण–दमन गर्दछ भन्ने कुरा पत्ता लगाउनुभयो । निजी सम्पत्तिको उन्मूलन गरेर नै शोषणको अन्त्य हुनसक्छ, समाजवाद आउनसक्छ, साम्यवाद आउनसक्छ । सामूहिक उत्पादन र निजी वितरणको अन्तरविरोध पत्ता लगाएर उत्पादन सम्बन्ध र उत्पादक शक्तिबीच चल्ने सङ्घर्षबाट नै समाजवाद प्राप्त हुन्छ भन्ने कुरा उहाँले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा पत्ता लगाउनुभयो । त्यसका साथै उहाँले वैज्ञानिक समाजवादका क्षेत्रमा खासगरी समाजमा वर्गहरू हुन्छन् भन्ने सबैलाई थाहा थियो तर माक्र्सले यसलाई कसरी हल गर्नुपर्छ भन्ने कुरामा चाहिँ वर्गसङ्घर्ष गर्नुपर्छ, सर्वहारा वर्गको आफ्नै पार्टी हुनुपर्छ । आफ्नै अग्रदस्ता हुनुपर्छ भन्ने कुरामा विश्वस्त भएर नयाँ पार्टी निर्माण गर्ने प्रक्रिया अघि बढाउनुभयो । त्यसका साथै वर्गसङ्घर्ष एउटा चरणमा प्रवेश गरिसकेपछि सशस्त्र सङ्घर्षमा जानैपर्दछ र सशस्त्र सङ्घर्षले मात्र क्रान्तिको छिनोफानो गर्दछ भन्दै उहाँले के भन्नुभयो भने इतिहासबाट प्राप्त शिक्षा (जस्तै ः फ्रान्सको वर्गसङ्घर्ष पेरिस कम्युन) लिँदै उहाँले सर्वहारा वर्गको अधिनायकत्व आवश्यक हुन्छ भन्नुभयो । सर्वहारा वर्गको अधिनायकत्व किन आवश्यक हुन्छ भन्ने कुरामा चारवटा कुराका लागि आवश्यक हुन्छ भने नम्बर एक कुरा वर्गविभेद अन्त्य गर्नका लागि आवश्यक हुन्छ, नम्बर दुई वर्गविभेद उत्पन्न हुने उत्पादनसम्बन्ध अन्त्य गर्नका लागि, तेस्रो कुरा उत्पादन सम्बन्धमा आधारित सामाजिक सम्बन्धहरूको उन्मूलन गर्नका लागि र सामाजिक सम्बन्धबाट पैदा हुने विचारहरू जो हुन् तिनीहरूलाई क्रान्तिकारीकरण गर्नका लागि । पँुजीवादबाट समाजवाद हुँदै साम्यवादमा पुग्नका लागि सङ्क्रमणकाल हो भनेर हामीलाई दिनुभयो । मेरो विचारमा उहाँका योगदानहरू यिनै हुन सक्छन् ।

माक्र्सले भन्नुभएको थियो– पहिले बेलायतमा क्रान्ति हुन्छ अथवा विकसित राष्ट्रमा पहिला क्रान्ति हुन्छ तर लेनिनको पालामा आउँदा युरोपको पनि अलि कम विकसित देशमा क्रान्ति भयो । यस विषयमा के भन्नुहुन्छ ?

सुदर्शन : माक्र्सले के भन्नुभएको थियो भने माक्र्सवाद कुनै जडसूत्र होइन, यो कार्यमा पथप्रदर्शक सिद्धान्त हो भनेर भन्नुभएको थियो । त्यसअनुसार नै माक्र्सको जमानामा जुन अवस्था देखापरेको थियो त्यो अवस्थामा माक्र्स–एङ्गेल्सले के बताउनुभएको थियो भने युरोपमा क्रान्ति हुन्छ । युरोपका पनि केही देशहरूमा क्रान्ति हुनसक्छ र समाजवाद आउन सक्छ । तर सन् १९०० पछि बीसाँै शताब्दीको सुरुआतसम्म आइपुग्दा पुँजीवाद साम्राज्यवादमा विकास भयो अथवा लेनिनको भाषामा पतन भयो । यसले के भयो त भन्दा माक्र्सका आधारभूत सिद्धान्तहरू ठीक नै थिए । तर माक्र्सवाद कुनै जडसूत्र पनि नभएको हुनाले लेनिनले के देख्नुभयो भने पुँजीवाद अलि भिन्न रूपले देखाप¥यो । आधारभूत रूपमा अन्तर्राष्ट्रिय रूपमा नै यो भिन्न रूपमा देखाप¥यो । यसले आफ्नो बजार कब्जा गर्नका लागि र बजारका लागि चाहिने कच्चा वस्तुका लागि एकाधिकार जमाउन थाल्यो । त्यसो भएको हुनाले त्यो साम्राज्यवादमा पतन भएपछि उहाँले के गर्नुभयो भने साम्राज्यवादको साङ्लो जहाँ कमजोर छ त्यस्तो देशमा क्रान्ति हुनसक्छ भनेर नै रुस एउटा युरोसियाको सिमाना पनि परेको र आफैँमा सामन्तवादी र साम्राज्यवादी पनि भएको, साम्राज्यवादको साङ्लो कमजोर भएकाले क्रान्ति हुन सक्छ भनेर भनिएको थियो । फेरि माक्र्सवाद गतिशील विज्ञान हो । त्यसैले रुसी क्रान्ति पनि माक्र्सवादसम्मत नै भएको थियो ।

कमरेड सुदर्शन, पछिल्लो शताब्दीमा माक्र्सवादको राम्रो प्रयोग गरेको देश नेपाल हो । यो विश्वले मानेको कुरा पनि हो तर यहाँको क्रान्ति पनि असफल भयो । यसको कारण के होला ?

सुदर्शन : यहाँको प्रश्न गम्भीर छ । खासगरी माओको निधनपछि विश्वमा जति पनि क्रान्तिका झन्डा उठे तर विजयको सन्निकट पुग्नै लाग्दा ती असफल भए । त्यसबारेमा किरण कमरेडले भनिसक्नुभयो । यहाँनेर गहिरिएर विचार गर्दा कस्तो लाग्छ भने हामीले यसबीचमा धरै अध्ययन र छलफल पनि ग¥यौँ । यो छलफल र बहस जारी पनि छ । यसबाट देखिने कुरा के हो भने माक्र्सवाद एउटा विज्ञान हो । विज्ञानको अर्थ के हुन्छ भने त्यसको नियमअनुसार चल्नुपर्छ ।

माक्र्सवादका पनि आफ्ना नियम छन् । ती नियमहरूलाई उल्लङ्घन गरेर गैसकेपछि त्यो सफल हुँदैन । सफल नहुनुको कारण के हो भने माक्र्सवादका आधारभूत नियमहरूलाई दह्रोसँग पकड्न सकिएन, क्रान्तिलाई बचाउन पनि त्यसैकारण सकिएन र क्रान्तिबाट प्राप्त उपलब्धि पनि बचाउन सकिएन । माक्र्सवाद परिवर्तनको विज्ञान पनि भएको कारणले त्यसलाई समय, परिस्थितिअनुसार विकास गर्ने कुरा पनि पुगेन । पछिल्ला क्रान्ति असफल हुनुको कारण यो हो । दोस्रो कुरा के बुझ्न जरुरी छ भने फिलिपिन्स, इन्डोनेशिसया, चिले, निकारागुवा, पेरूलगायत दर्जनौँ देश र त्यस्तैगरी हामीसम्म आउँदा पनि र हामी आफैँ हुँदाहँुदा पनि नेपालमा गर्न सकेनौँ । प्रचण्ड–बाबुराम मूल नेतृत्वले धोका दिएको कुरा त दुनियाँसामु प्रस्ट छ । उनीहरूलाई मात्र दोष दिने कि हामी सबैले नै लिने भन्ने कुरामा के हो भने उनीहरूले माक्र्सवादलाई सुरुमा दह्रोसँग पकडेको भए पनि पछि बिस्तारै छोडिदिए । माक्र्सवादका आधारभूत सिद्धान्तबाट विचलित भए । किरणले भनेजस्तै माक्र्सले हामीलाई सिकाउनुभएको कुरा र हिजो हामीलाई पनि ती नेताहरूले सिकाएको कुरा के हो भने पुरानो सत्तालाई ध्वस्त पारेर मात्र नयाँ सर्वहारा वर्गको सत्ता स्थापना गर्न सकिन्छ भन्ने जुन सिद्धान्त थियो त्यो सिद्धान्तविपरीत पुरानो सत्ता यथावत् राखेर त्यही सत्ताको जुठोपुरो खान जाने काम भयो । त्यसपछि असफल भयो । यसबाट हामीले के शिक्षा प्राप्त ग¥यौँ भने आज विकल्प पनि प्रस्तुत गरेका छौँ र विद्रोह पनि ग¥यौँ । अर्को कुरा मूल नेतृत्वले पनि गल्ती गर्दछ है भनेर हामी समयमै सतर्क हुन सकेनौँ । सतर्कताको पाटोलाई हामी पछिल्लो पिँढीले पनि समात्न सकेनौँ । मूल नेतृत्वप्रति विश्वास भैरहेको अवस्थामा उनीहरूले धोका दिए । मूल नेतृत्वप्रति सधैँ सतर्क भैरहनुपर्दछ भन्ने कुरामा ध्यान दिनुपर्दछ । नेतृत्वप्रति शङ्का र विश्वास दुवै गर्नुपर्दछ भन्ने विषयमा पनि माक्र्सलाई सम्झनुपर्दछ । हामीले विश्वभरि नै माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई दह्रोसँग पकड्ने, समय र परिस्थितिअनुसार विकास गरेर जाने भन्ने यी सबै घटनाहरूबाट लिइएको शिक्षाको सार यही हुन जान्छ ।

 अब हामी जनवादी क्रान्ति भएको मुलुक चीनतिर जाऊँ । माक्र्सले जे सोच्नुभयो त्यो लेनिनले गर्नुभएन । रुसमा जे भयो त्यो चीनमा भएन । चीनमा माक्र्सवादका आधारभूत सिद्धान्त कसरी लागू गरियो त ?

सुदर्शन : लेनिनले तत्कालीन रुसी परिस्थितिको विश्लेषण गरेजस्तै माओले पनि तत्कालीन परिस्थितिका बारेमा विश्लेषण गर्नुभयो । रुसमा जाँदा जसरी सहरिया मजदुरहरू क्रान्तिका प्रमुख चालक भएका थिए, चीनमा त्यो हुन सक्तैनथ्यो । चीनमा किसानहरूको बाहुल्य थियो । त्यस्तो देशमा क्रान्ति कसरी गर्ने भन्ने विषयमा त्यहाँको क्रान्ति त्यहाँकै कम्युनिस्टहरूले सोचेर वा अनुभव गरेर गर्नुपर्छ भन्नेबारेमा प्रस्ट पार्नुभएको थियो । क्रान्ति कसरी गर्ने भन्नेबारेमा उहाँले निष्कर्ष दिनुभएको थियो । उहाँले के भन्नुभएको थियो भने कुनै पनि कम्युनिस्ट पुस्तकमा चीन वा चीनजस्तो देशमा क्रान्ति कसरी गर्ने भन्ने विषयमा उहाँले स्पष्ट रूपमा भन्नुभएको थियो । चीनमा आउँदा माओले के कुरा पत्ता लगाउनुभयो भने चीन अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुक हो । त्यहाँ किसानहरूको बाहुल्य छ । त्यहाँ नयाँ वर्ग छ । त्यसका साथसाथै मजदुर पनि त्यहाँ छ तर मूलभूत रूपमा त्यहाँ किसान छ भन्ने विश्लेषण सुरुदेखि नै गर्नुभयो । तर पुराना नेताहरू छन तु स्यु, लिलिसान, वाङ मिङहरू कसैले पनि माओको उक्त कुरा स्वीकार गरेनन् । त्यो सन्दर्भमा के भयो भने माओले रणनीति बनाउनुभयो– गाउँबाट सहर घेर्ने रणनीति । त्यसलाई दीर्घकालीन युद्धमा विकास गर्नुभयो । त्यही दीर्घकालीन युद्धको रणनीतिका आधारमा माओले पुँजीवादी क्रान्ति पहिला गर्नुभयो किनभने समाजवाद ल्याउनका लागि पहिला पुँजीवाद हुनुपर्दछ । त्यसैले त्यहाँ पुँजीको विकास भएको छैन अथवा आफ्नै उद्योगधन्दाको विकास भएको छैन । चीन त अर्धसामन्ती तथा अर्धऔपनिवेशिक हो । अर्धसामन्ती अथवा अर्धऔपनिवेशीकको अर्थ आधा साम्राज्यवादीहरूको कब्जामा छ, आधा त्यहाँका जमिनदार तथा सामन्तहरूको कब्जामा छ । यस्तो देशमा माओले के भन्नुभयो भने यस्तो देशमा पुँजीवादी क्रान्ति गर्नुपर्दछ तर त्यो पँुजीवादी क्रान्ति त पुँजीपतिहरूले गर्दैनन् । सर्वहारावर्ग आफैँले त्यो क्रान्ति गर्नुपर्दछ र त्यो क्रान्ति पूरा गरेर समाजवाद ल्याउनुपर्दछ भन्ने विश्लेषण गर्दै माओले पहिले चीनमा जनवादी क्रान्ति गरेर समाजवादी क्रान्ति अघि बढाउनुभयो ।

हामी अन्त्यतिर जाऔँ । दुईतीनवटा नयाँ विषय पनि छ्न् : एउटा साम्राज्यवादबीचको तीव्र अन्तरविरोध, पँुजीको अति संकेन्द्रीकरण, अर्को शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुराहरू पूरा नहुने र सूचनाप्रविधिको विकास र त्यसको पहुँचले विकास भएको चेतनाका कारण फेरि नयाँखालको परिस्थिति निर्माण भएको छ । यस्तो समयमा माक्र्सवादलाई फेरि पनि लागू गर्नलाई कस्तो र कसरी सोच्नुपर्दछ ? नयाँ क्रान्तिका लागि वस्तुगत आवश्यकता तयार भएको हो ?

कमरेड किरणले पनि भनिसक्नुभयो । अहिले एउटा व्यापार युद्ध चलिरहेको छ अथवा व्यापार युद्धका रूपमा घोषणा गरिरहेका छन् । त्यो व्यापार युद्ध केका लागि छ भने फेरि पनि आफ्नो बजार कायम गर्नका लागि साम्राज्यवादीहरू लागिरहेका छन् । त्यसका साथसाथै यस्ता अल्पविकसित मुलुकहरूबाट कच्चा पदार्थ कब्जा गर्न पनि उनीहरू लागिरहेका छन् । यही सन्दर्भमा अहिले अमेरिकाले चीनलाई कर बढाइरहेको छ । त्यस्तै किसिमलाई युरोपियन युनियनलाई पनि २५ प्रतिशत कर लगाइरहेको छ । यो खालको प्रतिस्पर्धा चलिरहेको छ । यस्तो किन भैरहेको छ भने चिनियाँ माल अमेरिकी बजारमा बिकिराखेको छ । चिनियाँ मालले अमेरिकी माललाई प्रतिस्पर्धा गरिरहेको छ । जितिरहेको छ । यसको मतलब बजार कब्जा गर्ने प्रतिस्पर्धा भैरहेको छ । यसखालको व्यापार युद्ध भैरहेको छ । व्यापार युद्धको अर्थ के हो भने उनीहरूलाई अन्धराष्ट्रवादतिर लगिरहेको छ । यो व्यापार युद्धले अन्ततः आफ्नो बजार कब्जा गर्नका लागि, एकाधिकार कब्जा गर्नका लागि, सेना र हतियारको आवश्यकता हुँदोरहेछ र त्यसकै लागि उनीहरू हतियार निर्माण गर्न लागिरहेका छन् । अब नेपालतर्फ फर्कंदा के हो भने यहाँका कथित कम्युनिस्टहरूले सरकार समालेका छन् तर उनीहरू सामाजिक दलाल हुन् र अब सामाजिक फासिवादतिर जाँदैछन् । त्यो सामाजिक फासिवाद केमा व्यक्त भैरहेको छ भने नम्बर एक– क्रान्तिकारीहरूलाई दमन गर्नमा व्यक्त भएको छ, नम्बर दुई– राष्ट्रघातमा व्यक्त भएको छ । नम्बर तीन– जनघातमा व्यक्त भैरहेको छ । त्यो महँगी र भ्रष्टाचारमा व्यक्त भैरहेको छ । त्यो चर्को करमा व्यक्त भैरहेको छ । यो फासिवादउन्मुख छ । यो स्थितिबाट क्रान्तिकारीहरूको निष्कर्ष के हुनुपर्छ भने किरणले भनेजस्तै आफ्नो आत्मगत तयारी गर्नुपर्दछ । उनीहरूले जसरी सैन्य तयारी गरिरहेका छन् त्यसलाई क्रान्तिकारीहरूले चुनौती दिनुपर्छ । त्यसलाई विचारले लैस गराउनुपर्दछ । त्यसका लागि माक्र्सवादमा विकास गर्नु जरुरी छ । त्यसमा पनि दर्शनमा विकास गर्न जरुरी छ । दर्शनमा विकास गर्नुको कारण के हो भने समाजवाद आएर त्यो टिकेन भनियो र त्यसलाई टिकाउन दर्शनको विकास गर्न जरुरी छ । समग्रमा माक्र्सवाद विकास भएन भने हामी जित्न सक्दैनौँ । हामीले सैन्य विज्ञानमा पनि विकास गर्न जरुरी छ किनभने आज नयाँ खालको युद्धको परिस्थिति विकसित भएको छ । त्यसैले जसरी वस्तुगत स्थिति तयार भएको छ उनीहरू सङ्कटैसङ्कटमा पुगेका छन् ।

अझ वस्तुगत स्थिति त झन् साम्यवादनजिक पुगिरहेको छ । उनीहरू अति केन्द्रीकरण र अति एकाधिकारमा पुगेका छन् । यसले के गर्छ भने समग्र विश्वलाई ग्लोबलाइजेसन इन्फर्मेसन टेक्नोलोजीको विकासले यो सारा चीजले एकठाउमा पुरयाएको छ । यसले के देखाउछ भने क्रान्तिकारीहरूले समाजवादी विचारलाई सूचनाप्रविधिमार्फत भूमण्डलीकरण गर्ने हो भने यसले समाजवादलाई अझ नजिक ल्याउँछ । त्यसैले विचारलाई विकास गरेर क्रान्तिलाई अघि बढाउदै जाने क्रममा नै हाम्रो आत्मगत स्थिति पनि सुदृढ हुँदै जान्छ । त्यसका साथै क्रान्तिकारीहरूका बीचमा अझ छलफल, बहस र एकता गर्दै जाने क्रममा हामी एउटा निष्कर्षमा पुग्छौँ र हाम्रो आत्मगत स्थिति बलियो हुन्छ । क्रान्तिकारीहरूले विजय प्राप्त गर्छन् । नेपाली समाज समाजवादमा पुग्न सक्छ र साम्यवादमा पुग्ने लक्ष्य प्राप्त हुन्छ ।

इराताेखबरसँगकाे कुराकानीकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार