भारतमा विधानसभा निर्वाचन नजिकिदै गर्दा भारतका माअाेवादीहरूले निर्वाचनलार्इ सशक्त बहिष्कारका कार्यक्रम अगाडि बढाइरहेका छन् ।

आइतवार मात्रै भारतको छत्तिसगढ राज्यको बिजापुर जिल्लामा माओवादी छापामारले थापेको एम्बुसमा परी ४ जना सिआरपिफका जवानको मृत्यु र २ जना घाइते भएको घटना सेलाउने नपाउँदै हिजो मङ्गलवार छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लामा चुनाव सम्बन्धि समाचार संकलन गर्न माओवादी पकड भएको  क्षेत्रमा गएको पत्रकारसहितको प्रहरी अधिकृतहरूको टोली र माओवादी छापामारबीच दोहोरो भिडन्त हुँदा सरकारी टिभी दूरदर्शनका क्यामेरापर्सन  सहित २ जना प्रहरी अधिकारीको मृत्यु भएको र २ जना अधिकृतहरू सख्त घाइते भएको कुरा बिबिसी  अंग्रेजी सेवाले जनाएको छ ।

प्रहरीको मनोबल घट्छ भनेर यो समाचारलाई सरकारले ढाकछोप गर्न खोजे पनि अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले भने यसलाई विशेष महत्वका साथ प्रसारित  गरेका छन् ।

भारतमा अहिले ५ वटा राज्यमा विधानसभाको चुनाव हुँदैछ र यही नोभेम्बर १२ तारिखदेखि छत्तिसगढ राज्यमा चुनाव हुनलागेको छ । भारतमा संसदवादी पार्टीहरूलगायत वामपन्थी भनिएका कतिपय पार्टीहरू पनि चुनावमा सहभागी भएका छन् । तर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले भने प्रतिक्रयावादी चुनावलाई शसक्त र शसस्त्र किसिमले बहिष्कार गर्ने निर्णय गरेअनुसार यसले  प्रचारात्मक र फोजी दुवै रूपको प्रयिग गरिरहेको छ  । जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार