अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमाक्षेत्र हुँदै अमेरिका छिर्दै गरेका ल्याटिन अमेरिकी नागरिकहरुको समूहमाथि गोली चलाउन आफ्ना सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

ग्वाटेमाला, होन्डुरस, एल साल्भाडोरबाट मेक्सिको हुँदै अमेरिका छिर्न प्रयासरत ५ हजार भन्दा बढी मानिसहरुले अमेरिकी सुरक्षाकर्मीलाई ढुंगा प्रहार गरेको अवस्थामा उनीहरुमाथि गोली चलाउन ट्रम्पले आदेश दिएका हुन् ।

यद्यपि ट्रम्पले यसअघि नै ती मानिसहरुले आफ्ना सेना तथा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दै हिंसात्मक गतिविधि गरेको दावी गरेका छन् । राष्ट्रपति ट्रम्प्ले ती आप्रवाशीलाई रोक्न मेक्सिकोको सीमा क्षेत्रमा १५ हजार सुरक्षाकर्मी खटाएको छ । उनीहरुका साथै अमेरिकाले हालै वायुसेना समेत परिचालन गरेको छ । ५ हजार भन्दा बढी ल्याटिन अमेरिकी नागरिकहरुको समूह भने अमेरिका तर्फ बढिरहेको छ ।

उनीहरुले रोजगारी तथा उच्चस्तरको जीवनयापनका लागि भन्दै अमेरिकालाई आफ्नो गन्तब्य बनाएका हुन् । अमेरिकी सेनाले भने अहिलेसम्म उनीहरुमाथि गोली चलाएको छैन । न त समूहबाट ढुंगामूढा नै गरिएको छ ।

स्मरणीय छ, राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकामा आप्रवासी नागरिकका लागि अनुदार शासकको रुपमा चिनिन्छन् । केही दिनअघि मात्रै उनले आप्रवासी जोडीले अमेरिकामा जन्माएका सबै शिशुलाई स्वतः अमेरिकी नागरिकता नदिने अभिव्यक्ति दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार