वरिष्ठ वामपन्थी नेता तथा मानवअधिकारवादी  अभियन्ता पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ ।

जनपक्षीय उम्मेदवार बनेर ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित पद्मरत्न तुलाधर ०५१ सालमा एमालेको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए । तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्ति वार्तामा ल्याउने सहजकर्ताको भूमिका निर्वाह गरेका उनी ०६० को दशकसम्म पनि नेपाली राजनीतिका ‘हट केक’ थिए ।

आधिकारिक रुपमा कुनै पनि दलको सदस्य नबनेका उनी लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा सक्रियतापूर्वक लागे । ०४६ सालमा उनी पञ्चायतविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र बाममोर्चालाई एक ठाउँमा ल्याउने सूत्रधारमध्ये एक थिए ।

शान्त, सरल र मिजासिला स्वाभावका तुलाधर मञ्चमा भने निकै चर्को भाषण गर्छन् । भाषणकै क्रममा उनी पटक-पटक भावुक बन्छन् । यति भावुक बन्छन् कि, कतिपय बेलामा उनी भाषण गर्दागर्दै रुन्छन् पनि । भाषणकै कारण तुलाधर ०५१ सालमा स्वास्थ्य मन्त्री बनेका बेला ‘गाई विवाद’ मा मुछिए ।

भदौ ३० गते राजधानीमा तुलाधारको नागरिक अभिनन्दन हुँदैछ । यसबाहेक पछिल्लोपटक ०७२ सालमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको नेतृत्व गरेका तुलाधर केही वर्षयता सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन् । आफैं अध्यक्ष रहेको राष्ट्रिय आन्दोलनले गत महिना बानेश्वरमा आयोजना गरेको कार्यक्रममा उनी स्वास्थ्यकै कारण सहभागी हुन सकेनन् ।

नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर भाषिक आन्दोलनमा लागेका काठमाडौंका रैथाने तुलाधर चालीसको दशकअघि भाषिक अधिकारकर्मीका रुपमा परिचित थिए । पछि एमाले नजिक भए । त्यसपछि माओवादीनिकट भनेर चिनिए । त्यससँगै उनले पहिचानवादी आन्दोलनका अभियन्ताको दहि्रलो पहिचान बनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार