विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते गर्ने विशाल जनसभामा पार्टी प्रवक्ता प्रकाण्डले संवाेधन गर्ने भएका छन् । उक्त दिनको सभालाई पार्टी स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डलगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

साथै नेकपाले मंसिर २ गतेदेखि ८ गतेसम्म अाफ्नाे पार्टी पुनगर्ठन कार्यक्रम संचालन गर्ने भएकाे छ । माेहन वैद्य नेतृत्वकाे पार्टीसँग अलग भएर अाइसकेपछि विप्लव नेकपाले मंसिर  ८ लार्इ अाफ्नाे पार्टी स्थापना दिवस पनि मनाउने गर्दछ ।

साे पार्टीले आफ्नो पाँचौँ पुनर्गठन दिवस साताव्यापी विभिन्न कार्यक्रम गरी मनाउने  छ । नेकपाले पार्टीको पाँचौँ पुनर्गठन दिवसका सन्दर्भमा आगामी मङ्सिर ८ गते काठमाडौँमा विशाल जनप्रदर्शन र जनसभा आयोजना गर्ने घोषणा गरिसकेको छ ।

नेकपाकाे अाफ्नाे साताव्यापी कार्यक्रम यस्ताे छ –

नेकपाका साताव्यापी कार्यक्रम यसप्रकार रहेका छन् :
मङ्सिर २ गते देशव्यापी झन्डा र ब्यानर प्रदर्शन
मङ्सिर ३ गते देशव्यापी जुलुस प्रदर्शन
मङ्सिर ४ गते देशव्यापी अन्तरक्रिया, अन्तरसंवाद र गोष्ठी
मङ्सिर ५ गते देशव्यापी कोणसभा र पिँढीसभा
मङ्सिर ६ गते देशव्यापी सांस्कृतिक तथा साहित्यिक कार्यक्रम
मङ्सिर ७ गते देशव्यापी मार्चपास्ट र काठमाडौँमा मार्चपास्टको तयारी
मङ्सिर ८ गते काठमाडौँमा पार्टी पुनर्गठन दिवस (बृहत् जनप्रदर्शन तथा जनसभा)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार