सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले अाफुहरू बिग्रिएका पार्टीहरूबीच एकता भएकाे स्वीकार गरेका छन् ।

साेमबार विराटनगरमा अायाेजित कार्यकर्ता भेलालार्इ संवाेधन गर्दै प्रचण्डले पूर्व माअाेवादी केन्द्र र पूर्व एमाले दुबै बिग्रिएकाे पार्टीबीच एकता भएकाे प्रचण्डकाे स्वीकाराेक्ति थियाे ।

पहिलाेपटक पूर्व एमाले र पूर्व माअाेवादी केन्द्रकाे संयुक्त भेलालार्इ संवाेधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् ।

प्रचण्डले कार्यकर्ता भेलामा बाेलेकाे संवाेधनकाे सानाे अंश –

एउटा कुराचाहिँ छातिमा हात राखेर भन्नुपर्दा तपाई हामी सबै अलिकति बिग्रेका छौं नि आजभोलि । बिगि्रएकाहरुको एकता पनि हो नि यो यो पार्टी एकता । सप्रेकामात्रको एकता होइन । हाम्रो कार्यशैली, आचरण बिगि्रएको छ । हिजोको जस्तो समर्पण त हामीले त्यागेकै हो नि । सबै चिज मेरा लागि, सबैले मेरा लागि काम गर्दिनुपर्छ भन्ने प्रवृत्ति बढ्दै गएको छ ।

हामीले पार्टी एकतालाई एकतामात्र होइन, कार्यशैलीमा सुधार, आचार व्यवहारमा पनि सुधार, एक्काइसौं शताब्दीमा समाजवाद लागु गर्न नयाँ ढंगको पार्टी बनाउने गरि जानुपर्छ । पुरानो धर्मशास्त्र पढेजस्तो हाम्रो त यो हो भनेर बिहान शंख घण्ट बजाएजस्तो अब हुँदैन । हाम्रो सबै क्षेत्रमा सुधार गर्नुपर्ने भएको छ ।

हामीले नयाँ ढंगको पार्टी बनाउने हो । यहीखालको प्रतिस्पर्धाबाट जनताको मन जितेर समाजवाद ल्याउने हो । हामीले हिजोको रसियाको मोडल पनि अब काम गर्नेवाला छैन । चाइनिज मोडलको नक्कल गरेर पनि हुनेवाला छैन । नेपाली मोडेलको विकास गर्नुपर्ने छ । यसमा हामी धेरै केन्दि्रत हुनुपर्छ ।

यसो गर्न सकियो भने यो पार्टी महान हुनेवाला छ । ममाथि कतिपयले भन्छन्, प्रचण्ड अस्थिर छ । अस्थिर मान्छेले कहाँ हान्छ थाहा छैन पनि भन्छन् । यसो होइन, म एकदम सोझो मान्छे हो वास्तवमा । गर्दागर्दै कस्तो भइदियो भने..म कुनै बहकाबमा छैन भन्न खोजेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार