बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् ।

एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट भेरी नदीको झोलुङ्गे पुल तरेपछि गुमी पुगिन्छ । गुमीको ढोेडेनीमा जनसंयुक्त प्रावि छ । विद्यार्थी नअाएर अर्को  स्कुलसँग गाभिने सँघारमा रहेको जनसंयुक्तमा एक दिन गजेन्द्र सर आइपुगे ।

यही गाउँछेउमा जन्मेका गजेन्द्र सानोमै आमा बुबासँग विछोडिए । गजेन्द्रलाई गाउँलेले एउटी बहिनीसँगै अनाथश्राम पुर्याइदिए । आफ्ना आमा बुबाको अनुहार समेत सम्झनामा छैन गजेन्द्र सरलाई । आफू जन्मेको गाउँ पनि सोध्दै खोज्दै आएका थिए कुनै दिन ।

गाउँको स्कुल देखेर गजेन्द्रको मन पग्लियो । जिन्दगीका आगामि यात्रा तय गर्नुअघि उनले ३ महिना स्कुलमा स्वयंसेवा गर्ने विचार गरे ।

३ महिनामा विद्यालयसँग गहिरो माया बस्यो । गजेन्द्रले स्कूल छोड्न सकेनन् । अभिभावक  र विद्यार्थीले गजेन्द्र सर । ४ वर्ष नाघ्यो । गजेन्द्र सर स्कुलमै समर्पित छन् । जागिरे होइनन् । अझै स्वयंसेवा ।

हेर्ने कथाबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार