२१ कात्तिक, काठमाडाैँ । लक्ष्मी पूजाकै दिन काठमाडाैँमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन । काठमाडौको मूलपानी क्रिकेट मैदानमा बुधबार दिउँसै बालिका बलात्कृत भएकी हुन । प्रहरीका अनुसार दिउँसो १२ बजेतिर क्रिकेट मैदानको कम्पाउन्ड पर्खाल लगाउने मजदुरहरुले मैदान नजिकै बस्ने १२ वर्षकी बालिकालार्इ बलात्कार गरेका हुन ।

घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउर पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् । कागेश्वरी मनहरा नगरपालिका ७ मा पर्ने उक्त क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले बताएका छन । dainiki.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार