१३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थानीय प्रहरीले गम्भीर गल्ती गरेको गृहमन्त्री रामबहादुर थापाले स्वीकारेका छन्। एक महिना लामो अनुसन्धानपछि सरकारले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्री थापाले घटना भएपछि प्रहरीले प्रमाण मेटाउन कुन हदसम्म काम गर्यो, खुलासा गरे।संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले गरेको खुलासा अनुसार प्रहरीले निर्मलाका बुवा यज्ञराजको फर्जी औठाछाप गराएका थिए।

निर्मालको शव गत साउन ११ गते भेटिएको थियो। सोही दिन प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बुवाको ‌औठाछाप लगाइएको छ। तर, निर्मलाका बुवा भने १२ गतेमात्र भारतबाट फर्किएका हुन्।

अहिले एसपी बिस्ट लगायत ३ जनाको डिएनए रिपोर्ट आएको छ । निर्मला काण्डमा दुइ सैनिक सहित तिन जना नियन्त्रणमा लिएको समाचार आएको छ ,

खुल्यो रहस्य, घट्नामा को को दोषी? यस्ता छन् आधार

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाउन र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज महेन्द्रनगरमा धर्ना र प्रदर्शन गरिएको छ ।

स्थानीय महिलाहरुले प्रतिवेदन सार्वजनिकको माग गर्दै मदनचोकमा धर्नासँगै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । नागरिक संघर्ष समितिले महेन्द्रनगर बजारको मदन चोकमा शनिबारदेखि सुरु गरेको धर्ना जारी छ ।

दबाबमूलक संघर्ष समितिले महेन्द्रनगर बजारमा ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । प्रतिवेदन सार्वजनिक गर्नुका साथै दोषी पत्ता लगाउनका लागि दवाव दिने उद्देश्यले निरन्तर आन्दोलनमा लागिरहको संघर्ष समितिकी संयोजक हेलेन श्रेष्ठले बताइन् । अपराधी पत्ता नलागेसम्म चरणबद्ध कार्यक्रम जारी राख्ने र सबै खालका कार्यक्रमहरु शान्तिपूर्ण रुपमा गरिने उनले बताइन् ।

छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएकोमा स्थानीय आक्रोसित छन् । नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले माग पूरा नभएसम्म दिनहुँ धर्नामा बस्ने बताइन् ।state7online.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार