सरकार करको हिसावमा सधैं कट्टरबादी नै हुन्छ । सरकारको आम्दानीको मुख्य स्रोत नै कर भएकोले पनि सरकारले यसको लागि अरु केही नसोची मात्रै आम्दानीको हिसावले जनतासँग पैसा उठाउँछ । व्यवस्था चलाउनको लागि जनतासँग पैसा उठाउने यो प्रचलन धेरै पहिलेदेखि चल्दै आएको कुरा पत्ता लगाउनको लागि धेरै रोचक विषयहरु पनि देख्न सकिन्छ ।

उदाहरणको लागि १५३५ मा इङ्ग्ल्याण्डका सम्राट हेनरी अष्टमले दारीमाथि कर लगाउने निर्णय गरे । उनको आफ्नै पनि दारी थियो । यो कुरा बाहिर आएको छैन कि उनी स्वयम्ले कर तिरे कि या तिरेनन् । तर, उनले सामाजिक हैसियतको आधारमा दारीमाथि कर लगाए । हेनरी अष्टम पछि उनकी छोरी एलिजाबेथ प्रथमले नियम बनाइन् कि दुई हप्ताभन्दा बढी दारी राख्ने मानिससँग कर लिईन्छ ।

१६९८ म रूसका शासक पीटर द ग्रेटले पनि दारी माथि कर लगाएका थिए । पीटरको इच्छा थियो कि रूसको समाज पनि यूरोपीय देशको समाज जस्तै आधुनिक बनोस् तथा मानिसहरु नियम अनुसार आफ्ना दारी पाल्ने र फाल्ने काम गरुन् । त्यतिबेला रूसमा  दारीमा कर लगाउनको लागि एउटा टोकनको व्यवस्था गरिन्थ्यो । त्यो टोकन हर समय साथैमा लिएर चल्नुपर्ने हुन्थ्यो । त्यो टोकन चाँदीको हुन्थ्यो र त्यो दारीमा यो मानिसले नियमित रुपमा कर तिरिरहेको छ भन्ने लेखिएको हुन्थ्यो । टोकन विना कसैको दारी भेटियो भने उसमाथि कारबाही हुन्थ्यो ।

आत्मामाथि कर
यिनै पीटर द ग्रेटले १७१८ मा सोल यानी आत्मा माथि पनि कर लगाउने व्यवस्था गरे ।  उनका अनुसार यी मानिसले राज्यलाई कर तिर्नु पथ्र्यो कि जसलाई आफूसामु आत्मा जस्तो केही बस्तु छ भन्ने महसुस हुन्छ । यो यकीन नगर्नेले कर तिर्नु पर्दैनथ्यो । चर्च तथा पहुँचवाला वर्गबाट प्रमाणित व्यक्ति बाहेक यो व्यवस्था सबैको लागि लागू हुन्थ्यो । कर अधिकृतहरु त्यतिबेला घरघरमै पुगेर कर उठाउँथे । कर उठाउने समय कोही मानिस कतै गएको समय मिल्यो भने उसले त्यो कर छिमेकीलाई बुझाउनु पर्दथ्यो । छिमेकीको पनि कर नतिर्ने छिमेकीमाथि नजर राख्नु कर्तव्य बनेको थियो । पीटर द ग्रेटले यो कर यस कारण लगाएका थिए कि यसबाट भारी रकम उठाउन सकियोस् र रुसी सेनालाई बलियो बनाउन सकियोस् ।

झ्याल राख्नेसँग कर 
सन् १९९६ मा इङ्ल्याण्डमा राजा थिए विलियम तृतीय । उनले झ्यालमाथि कर लगाएका थिए । उनले किन यस्तो कर लगाए ? यसको पनि तथ्य रोचक छ । उस समय राजाको खजाना कम हुँदै गईरहेको थियो । त्यसको पूर्तिको लागि आयकरको विकल्प त थियो नैै तर, त्यसको पनि भारी विरोध भईरहेको थियो । आयकर तिर्नको लागि उनीहरुले आफ्नो आय सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो । त्यहाँका नागरिकहरुले यो आफ्नो व्यक्तिगत विवरणमा सरकारले दखल दिएको आरोप लगाईरहेका थिए ।

यही समस्या समाधान गर्नको लागि उनले नयाँ जुक्ती निकाले कि मान्छेसँग धेरै पैसा छ भने उसको घर पनि ठूलो हुन्छ । उसको घर ठूलो भयो भने उसको घरको झ्याल पनि धेरै हुन्छ । त्यसैले झ्यालको संख्याको आधारमा कर उठाउने प्रचलन पनि सुरु गरिएको थियो । त्यतिबेला उनले यो व्यवस्था ल्याएपछि मानिसहरुले कालिगढ बोलाएर झ्यालमा इटा राखेर झ्याल पुर्न थाले । यसरी सरकारले धेरै तिरबाट सो समय अफ्टेरोमा परेको थियो ।

कुमारी कर
नवौं शदाब्दीमा रोमका सम्राट अगस्टसले ब्याचलर ट्याक्स लगाएका थिए । यसको मक्सद विवाहको संस्कार बढाउनु थियो । अगस्टसले  बिहे गरेर पनि बच्चा नजन्माउनेलार्इ पनि कर लगाएका थिए । यो २० देखि ६० वर्षका मानिसको हकमा मात्रै लागू हुन्थ्यो । ब्याचलर ट्याक्स १५ औं शताब्दीमा ओटोमन साम्राज्यमा पनि प्रचलित थियो । इटलीका तानाशाह मुसोलिनीले पनि १९२४ मा २१ देखि ५० वर्षभित्रका अविवाहित पुरुष र महिलामाथि कर लगाएका थिए ।

२०औं शताब्दीको सुरुवातमा क्यानडामा आउने हरेक चिनियाँलार्इ हेड ट्याक्स लगार्इन्थ्यो । न्यूजील्याण्डमा पनि केही यस्तो कर प्रणाली चलनमा थियो । पछि सो बन्द भयो । आज पनि यस्तो विचित्र कर प्रणाली जारी छ । डेनमार्क तथा हंगरी जस्ता देशमा चीज, बटर तथा पेस्ट्री जस्ता खाद्य सामग्रीमाथि कर लगाइन्छ । यो करको दायरामा सबै चीजहरु आउँछन् । यो मोटोपनबाट बच्नको लागि लगाईएको कर भएको बताईन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार