फ्रान्समा इन्धनको मूल्य बढाएको विरोधमा तीन सतादेखि जारी आन्दोलन हिंसात्मक भएको छ ।

हरेक सप्ताहन्तमा मध्य पेरिसमा हुने एल्लो भेष्ट र्‍यालीका क्रममा गएराती प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ । झडपका क्रममा १७ सुरक्षाकर्मी सहित १ सय १० जना घाईते भएका छन् । २ सय ७० जनालाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

इन्धनको मूल्य माथि लगाईएको करका कारण महंगी बढेको विरोधमा स्थानीयहरु आन्दोलित भएका हुन् । ७५ हजार भन्दा बढी फ्रान्सेली आन्दोलनमा सहभागी भएको फ्रान्सको अन्तरिम मन्त्रालयले उल्लेख गरेको छ । आन्दोलनका क्रममा पेरिसमा रहेका ६ वटा भवनमा आगजनी भएको छ ।

हाईड्रो कार्बन करका नामबाट फ्रान्स सरकारले डिजलमा ६ दशमलभ ५ सेन्ट र पेट्रोलमा २ दशलमभ ९ सेन्ट बृद्धिको निर्णय गरेपछि फिर्ताको माग गर्दै फ्रान्सभर आन्दोलन सुरु भएको हो ।

फ्रान्सका राष्ट्रपति ईम्यानुअल म्याक्रोले आफ्नो नीति जलवायु परिवर्तन र ग्लोबल वार्मीङबाट बच्न महत्वपूर्ण रहेको भन्दै निर्णयको बचाउ गरेका छन् । विश्व बजारमा इन्धनको मुल्य घट्दा झनै मुल्य बढेको स्थानीयको तर्क छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार