फक नवउदारवाद, यो नर्क लोक जावोस! यो मेरो भुत्ते सन्देश हो! मैले मेरो कुरो यही सक्दा पनि केही फरक पर्दैन, तपाईँले बुझिसक्नु भयो होला मेरो स्थिति बिलकुलै प्रस्ट छ, यहाँ म के भन्‍न खोजिरहेको छु! नवउदारवादबारे चर्चा गर्न मसँग केही पनि सकारात्मक कुरो छैन!

वास्तविक सत्य बोल्दा, यसबारे सोच्दा पनि मलाई ज्वरो आउँछ! ओहो! यसले गर्दा धेरै राजनीतिक- आर्थिक विषय बस्तु यस विश्वमा किल्किलेसम्म आउन्जेल भई नै सक्यो! समय सँगसँगै; यस लेखलाई मैले ‘नवउदारवाद भुलौँ’ लेख्‍नु पर्दथ्यो ! मैले धेरै वर्षदेखि यस विषयमा लेखिरहेको छु (स्प्रिंगर: सन् २००८, २००९, २०११, २०१३, २०१५ साथै स्प्रिंगर र अन्य २०१६); अब म एक बिन्दुमा आएर उभिएको/टेकिएको छु जहाँ यस बिचारमा प्रतिबद्ध भएर यसलाई जीवित राख्न धेरै ऊर्जा (शक्ति) खर्च गर्न सकिँदैन!

अगाडि आउने भविष्यको हाम्रो प्रतिबिम्ब हेर्दा, मैले यसको पहिचान गर्दा राजनीतिक युद्ध्याभ्यास धेरै छ! शुतुरमुर्ग जस्तो बालुवामा टाउको घुसारेर हाम्रो यो साझा संसारमा नबउदारबादले गर्ने विनाशकारी साथै गम्भीर परिणामलाई नजरअन्दाज हल्का रूपले गर्‍यौँ भने मानवीय जीवनमा धेरै नराम्रो स्थिति हुनेछ! वास्तविक, नवउदारबादको बढिरहेको शक्तिलाई नकार्न मुस्किल छ, साथै मलाई ज्ञान छ; रणनीतिक रूपले नकार्नु सही बाटो/ तरिका होइन (स्प्रिंगर,२०१६ ए)! त्यसैले, यो नवउदारवाद मेरो सटिक बिचारमा भड्खालो परोस् अर्थात् “वेल फक इट देन”!

मैले यस विचारको लेखलाई शालीन शीर्षक छानेको भए; नवउदारबादको अपराधलाई सम्भावित कमजोर ब्यन्जित गरेको ठहर्थ्यो, त्यसैले यो शीर्षक छानियो! ठिकै छ, यसलाई पछि हेरौँला! यसैमा कोही कसैले गाली गरिरहेको छ भने; हामी समाजलाई लिएर बहुत चिन्तित बनेर बोलिरहेका छौँ, जबकि हाम्रो सामु चिन्तन गर्ने उ भन्दा घृणित चीज नवउदावाद उभिएको छ! मैले सोचेँ, अब मैले नियम उल्लंघन गर्नु नै छ! म दिक्क भइसकेको थिएँ! नवउदारवादद्वारा गरिरहेको अपमान साथै शोषण प्रस्ट हेरिरहेको थिएँ! त्यसैले यो राम्रो कुरो होइन, अब हामी सबैले नवउदारवादको उल्लंघन र विरोध गर्नु पर्दछ!

मैले मेरो लेखको शीर्षक छान्न नम्रता लिएको भए पनि यसको शक्ति हेर्दा नवउदारबादप्रति उदारता मानिँदैन थियो! वास्तविक सुरुमा म केही चिन्तित भएको थिएँ, यो शीर्षकले मेरो प्रतिष्ठा तल झारी त दिँदैन? यसले मेरो अगाडिको बाटो पदोन्नति हुने, राम्रो जागिरको प्रस्ताव, मेरा शैक्षिक गतिविधिहरू वा अन्य क्षेत्र जाने साथै उन्नति र प्रगतिको बाटो त रोकिदिँदैन!

यस्तो सोच्दा, नवउदारवादको अगाडि मेरो हार भएको जस्तो लाग्यो तर केही छैन; नवउदारवाद भड्खालो परोस्/ यसको सत्यानाश होस्! मलाई महसुस भयो, विचार पलायो! म मान्दछु, नवउदारवादको विचार र विमर्शको प्रतिवाद गर्न गहकिलो वैचारिक उत्तर छैन! त्यसैले सोझै मानिसहरू यसलाई किन नकारिदिँदैनन्!

खालि, हामी शैक्षिक जगतमा रङ्गी बिरंगी देखिने, चाप्लुसी गर्ने साथै सामाजिक अवधारणा कमजोर पार्ने/ बिखन्डन गराउने अनि आफैँलाई कमजोर पार्ने भौगोलिक सिदान्तको रङ्गीबिरङ्गी, वर्ण शङ्कर र उत्परिवर्तन उपयोग गरेर शान्त भएर बस्दछौँ जसले नवउदारवादको शक्तिमा कुनै फरक नै पार्दैन! मेरो लेखनमा पनि; मेरो योगदान यस्तै सैद्धान्तिक कुराहरूको उपयोगमा आधारित छ (स्प्रिगर, २०१०)! वास्तविकतामा म, यस्ता विचारहरूको विरोधमा केही गर्न चाहन्थ्ये किनकि मेरा दैनिक सोच विचारमा, सामान्य जीवनमा, अपरिवर्तनीय विषय बस्तुहरूमा, नैराश्यतामा मलाई लाग्छ, इन्कारको राजनीति अवस्थित हुनुपर्छ।

यी सबै कारणहरूले गर्दा मैले यस लेखको शीर्षक “थुक्क नबउदारबाद(Fuck Neoliberalism)” राखिदिएँ किनकि यसको लागि यो नै सही पद हो जसले मैले दिन खोजेको विचार र दृष्टि व्यक्त गर्दछ! मेरा तर्कमा यो नवउदारवादलाई नांगेझार पार्ने शब्द थुक्क(Fuck) रोजेँ, जुन शब्दबारे यति जोड गरेर अन्य कुनै शब्द बारे मैले जीवन मै सोचेको थिइनँ! क्या! गज्जबको रङ्गीबिरङ्गी अविश्वसनीय शब्द छ यो; अङ्ग्रेजीमा विस्मय बोधक यो शब्द संज्ञा, क्रिया, र विशेषणको रूपमा प्रयोग गर्दछौँ! यो थुक्क/ थुइक्क (Fuck) शब्दलाई हामी क्रोध, अव्यवहार, कष्टप्रद, अपरिचित ता, आश्चर्य, अपमानित, उदासीनता वा भ्रामक कुराहरूलाई व्याख्या गर्नको लागि लिन्छौँ किनभने यसले धेरै जसो जिब्रोबाट मात्र भूमिका खेल्छ वा फुत्किन्छ।

जस्तै: ‘थुक्क ! बकवास बन्द गर’; छ्या… ! थुक्क के गरेको; हावा कुरो नगर (फक समथिंग अप, फक समथिंग ओभर, फक अराउण्ड, नट गिभ अ फक) र निश्चित रहेको एक निश्चित भौगोलिक विन्दुको शब्दको रूपमा सन्दर्भ जोडेर थुक्क ! वा जा (बकवासतिर जान) आफैँ ! भनी पनि निर्देशित (गो फक योर सेल्फ) गर्न यो शब्दले सकिन्छ। यो बिन्दुमा आएर सोचिरहँदा, ठिक छ ! तर कसले दिन्छ फक? राम्रो! छोडीदिउँ! वास्तविक, साँच्चिकै तपाईँ नवउदारवादलाई मसान घाट पुर्‍याउन इच्छुक हुनुहुन्छ भने तपाईँले केही गर्नै पर्छ!

नवउदारवाद शब्दको साथ आउन सक्ने शक्तिशाली क्षमताहरूले नै नवउदारवादलाई एक सम्भावित चुनौतीहरूसँगै देखाउँछ! थुक्क नवउदारवाद ( फक नवउदारवाद)का जराहरू खनेर उसका क्षमताहरू खोतल–खातल पारी अध्ययन र अनुसन्धान गरी त्यहाँ पुगेपछि हामी यसलाई बुझ्न र श्मसानघाट पुर्‍याउने औजारहरू प्राप्त गर्न सक्छौँ अर्थात् “फक नवउदारवाद” वाक्यांश बुझ्दछौँ! यसै समयको राजनीतिक- आर्थिक बहावलाई ‘थुक्क गतिछाडा’ भन्न सक्छौँ!

क्यीरण हिली( २०१६:१)का अनुसार सामान्यतया विकासको अबरोधक यो सिद्धान्त बौदिक रूपले चाखलाग्दो, भावनात्मक रूपमा उत्पन्न साथै अभ्यासमा सफल देखिन्छ! त्यसैले, यससँग सम्मोहित नभई, यसलाई अति सूक्ष्म अन्तर कुन्तर स्थानान्तरण हुन् नदिँदै छिटो थुक्क/ थुइक्क नबउदारबादमा मैले सोचेअनुसार कार्य गरौँ !

यसमा पहिलो तात्पर्य प्रस्ट छ, थुक्क/ थुइक्क नबउदारबाद (फक नियोलिबेरेलिज्म) भनेर यस उदारवादी यन्त्र प्रति रोष प्रकट गरिरहेका छौँ! यो हाम्रो रिस, क्रोधको सङ्केत, हाम्रो असन्तुष्टलाई चिन्ता गर्ने हाम्रो इच्छा आएर उभिएको छ जहाँ तल्लो स्तरको, दुर्भावनापूर्ण स्थितिको मुखमा थुक्ने सङ्केत हो ! यो नबउदारबाद, यसको दुस्प्रभाब, बिखन्डनकारिता विरुद्ध धेरै विरोध प्रदर्शन गरेर, धेरै सङ्ख्यामा लेख/ समालोचना लेखेर साथै पुस्तकहरू लेखेर यसको प्रभाव विरुद्ध आफ्ना अभिबेक्ति ल्याउन सक्छौँ!

यसले उत्तरार्द्ध रूपान्तर गर्न उपदेश दिन्छ साथै पहिले देखि विकृत आकांक्षाको बाटो बदलिदिन तयार हुन्छ ! म यो नै प्रतिरोध गर्ने सटिक पद्धति ठिक हो र सिद्ध हुनेवाला हो भनिरहेको छैन ! मलाई विश्वास छ यो सबै उपायहरूले नबउदारबादको सामर्थ्यलाई बाँध्ने, नबउदारबादको ज्वार भाटाको प्रतिरोध गर्ने वाला छैन साथै सबै हाम्रो पक्षमा छैन !

यस मुद्दामा जनताको विशाल रक्षात्मक प्रतिरोध दर्ता गराउन शक्तिशाली सरोकारवालाहरूलाई संवादमा सहभागी गराइनु पर्छ! यसमा हामीले यो सोच्नु गलत हुन्छ कि उनीहरू यो प्रतिरोधी आवाज सुन्न साथै सहभागी गराउने कुरोमा अगुवाइ गर्छन् ( ग्रेवर, २००९) ! के हामीले कुरो गर्दा हुँदैन?

अब हामी थुक्क नवउदारबाद ( फक नबउदारबाद)को दोस्रो बुँदामा आउँछौ, जुन नबउदारबादको अस्वीकार धारणामा ( जुन हामीलाई लाग्दछ) आधारित छ! जे. के ग्रिब्सन ग्राहम ( सन् १९९६) द्वारा विकसित गरेको यो तरिका नबउदारबादलाई निर्मूल गर्न धेरै उपयोगी लाग्छ! यस तरिका अन्तर्गत नबउदारबाद बारे सिधा सिधा बहस, छलफल वा कुरा गर्न छोडिदिनु! विशेष गरी विद्वान,अध्येता र शोधार्थीहरुले अध्ययनको प्राथमिकतामा नबउदारबादलाई नराखी यसको अध्ययन बन्द गर्नुपर्छ!

हुनसक्छ; यसलाई हामी पुरै भुल्न नसकौँला वा उपेक्षा गर्न नसकौँला; मलाई पनि यो समस्या हो लाग्दछ तर अन्य विषयवस्तु भन्दा यसलाई कम महत्त्व दिन सक्छौँ! पुन:एकपटक यो हाम्रो सम्पर्कको महत्त्वपूर्ण बिन्दु बनेको छ जुन हामी नबउदारबादको दुनियाँ भन्दा माथि छौँ तर यहाँ पनि म पूर्णतया यो विश्वस्त छैन कि यो पर्याप्त छ। जस्तो मार्क पर्सेल( २०१६:६२०)को तर्क छ; “हामीले नबउदारबादको दिशा उल्टाउनु मात्रै छैन, दिशा हाम्रो पनि उल्टाउनु पर्ने छ, सुरु गर्न गाह्रो छ – तर हाम्रा कठिन मुद्दाहरू हामी आफै प्रबन्धन/ व्यवस्थापन गरी समाधान गर्न सक्छौँ त्यसैले आनन्ददायी सुरुवात हुन सक्छ।”! यहाँ निषेध, प्रतिरोध, विरोध, आलोचनाको जरुरी छ तर सचेत भएर सोच्न जरुरी छ कि यो पत्रु नबउदारबादको पहुँचबाट अन्य चिजहरूलाई कसरी टाढा राख्ने!

अब तेस्रो साथै महत्त्वपूर्ण बुँदामा; मलाई लाग्दछ, हामीले थुक्क नबउदारबाद (“फक नबउदारबाद”) विचार गर्ने समयमा ध्यान केन्द्रित गर्न पर्छ त्यो भनेको: पूर्व निर्धारित राजनीतिभित्र बसेर नबउदारबादमाथि सिधै कारबाही (मेकेल वर्ग, २०११) हो ! यसको लागि पूर्व निर्धारित रूपमा केन्द्रित राजनीतिको साथै केन्द्रियता, अनुक्रम र आधिकारितालाई अस्वीकार गर्न जरुरी हुन्छ! यसको लागि समानान्तर सम्बद्ध, सङ्गठनको रूपहरूलाई ध्यान दिनुपर्दछ, जसले भविष्यको समाजको मागलाई प्रतिबिम्बित गर्ने प्रयास गर्दछ (बोग्स, १९७७) ! यसरी, संवाद-स्थापन बेगर, पूर्व निर्धारण साथै सोझै कारबाहीले केही हुन सक्दैन! ध्यान राख्नु पर्दछ; हामीले जे गर्नु छ, आफैँ गर्नु पर्दछ!

यद्यपि, त्यहाँ महत्त्वपूर्ण ध्यान नव उदारवादले कब्जा गर्न सक्ने बाटाहरू साथै सबै तरिका का राजनीतिक बहस र आदेशहरूलाई सही ठहर्‍याइयो ( बर्नेट २००५; ब्रीच २०१५; लिविस २००९; ओंग २००७) ! डेविड हार्बे ( २०१५) जस्ता आलोचकका कुराहरू मान्दा त स्वयम् राज्य नबउदारबादको प्रश्न समाधान गर्न सक्दछ! जहाँ विशेष गरी,गैर श्रेणीबद्द सङ्गठन साथै तेर्सो (होरिजेन्टल) कुदिरहेको राजनीतिलाई सबैभन्दा पहिले खारेजी गर्न पर्छ जुन, कुदिरहेको रेलगाडीमा ग्रिसको जस्तै नबउदारवादी भविष्यको जरुरत बनिरहेको छ ! अर्थात् ग्रिसको आर्थिक अवस्थाले चित्रण गर्दछ!

वस्तुत: अहिले आफ्नो अतालिएको अवस्थामा उनीहरू पूर्व निर्धारित राजनीतिलाई गलत सम्झिएर बसेका छन्! जबकि यो बाटो साधन हो जुन भविष्यको लागी अत्यावश्यक बाटो तर अन्त्य बिन्दु होइन( स्प्रिंगर, २०१२)! अन्य शब्दहरूमा भन्दा, उहाँ पहिले देखि नै पूर्व राजनीतिलाई लिएर लगातार सतर्कता अपनाइएको छ जहाँ वास्तविक प्री फिगरेसनको वास्तविक अभ्यास गर्न नसकियोस्! यो एक प्रभावी साथै सधैँ कान ठाडा पार्ने स्थिति हो अनि सँगै उत्पादन, आविष्कार र नवीनताका साथै समुदायको इच्छा शक्तिलाई सन्तुष्टि दिने निर्माण तीरको दिशा पनि मानिन्छ!

यो दृष्टिकोणबाट हेर्दा, प्रस्ट पुर्वनिर्धारित राजनीति नबउदारबाद विरोधी हो ! ती साधनहरू, बाटोलाई आफ्नो सम्झिएर हामी तिनीहरू माथि कब्जा गरिरहेका छौ तर हाम्रो बाटो अन्तहिन छ ! यसलाई प्रकल्पित गर्न एकता र सबै सँगै हिँड्न जरुरी छ जहाँ प्रफुल्लता र आनन्द अनुभूति आउँछ त्यो अगुवा बनेर पाइँदैन साथै न त कट्टर सर्वहारा वर्गको झुटो आदर्श – राज्य वा भाबबिहिन शून्य राज्य बनाउने वाचा/ प्रतिज्ञा गर्दा नै हुन्छ ! हो ! यो यथार्थको कठोर साथै पुरानो भूमिमा नयाँ र वास्तविक संसार निर्माणमा छ ! जसको लागी कडा मेहनत साथै एक चोटि फेरी बचनको पक्का हुन आवश्यकता छ (इन्से,२०१२) !

नबउदारबादमा त्यस्तो केही छैन जसलाई हामी महत्त्व दिऊँ, यसैले निर्माणको पूर्वराजनीतिको सन्दर्भमा मेरो सरल सोझै भन्नु नै “थुक्क ! नबउदारबाद !” ! हाम्रो राजनीतिक कल्पनालोकमा पनि यो (नबउदारबाद) नकचरोको घुसपैठ भैसकेको छ ! यसैको कारणले हिंसा बढेको छ/ थुक्क हिंसा, असमानता एक सद्गुण बनेको छ, पर्यावरणलाई चौपट पारेको छ, सञ्चयको अन्तहीन प्रवृत्ति र वृद्धि र विकासलाई छद्म रूपलाई बढाई चढाई गरेको छ !

थुक्क ! माउन्ट पेरेलिन समाज र थिन्क ट्याङ्क जसले यसलाई सहारा दिएको छ र बढाई चढाई गरिरहेका छन् ! थुक्क, फ्रेडेरिक ह्यायेक र मिल्टन फ्रयायड म्यान यिनले उनको विचारको ऋण हामीलाई बोकाएका छन् ! तिमीहरूलाई पनि थुइक्क, थ्याचर, रेगन जो लोभमा अन्धा, डरपोक, आत्म केन्द्रित राजनीतिज्ञ ! भड्खालो परोस्, तिनीहरूको जसले जानी बुझी बुझी , बुझ पचाएर यसको डर देखाएर आफ्नो व्यापारमा लागिरहेका छन् !

उनीहरूको आँखामा अन्य व्यक्तिको सामर्थ्य र क्षमता चर्पी सफा गर्ने र भुईँ पुछ्नेदेखि छैन ! यस्ता मान्छेहरू कसैलाई पनि आफ्नो समाजको सम्मानित नागरिक मान्दैनन्! थुक्क, तिनीहरू तीव्र गतिमा मापनतिर मोडिन्छन्, अन्यको कदर गर्दैनन् बेइमानी सम्झन्छन्; अन्य सँग इमान हुन्छ भन्ने सम्झिँदैनन्! धिक्कार छ, तिम्रो नाफा कमाउने इच्छालाई जहाँ समाजको हितको उपेक्षा गरिरहेका छौ ! सिधा, सरल भन्दा प्रत्येक चिजलाई धिक्कार छ जुन नबउदारबादले गर्छ ! यो धिक्कार त्यो ट्रोजन हर्षलाई पनि जसमा नबउदारबाद बुई चढेको छ !

धेरै समय अघिदेखि, हामीलाई सम्झाई रहेको छ के यसको विकल्प अन्य व्यवस्था छैन! यो उही प्रकारको स्थिति हो जस्तै: समुन्द्रमा उठेको ज्वारभाटाले सबै डुङ्गाहरूलाई चपेटामा पार्छ साथै हामी एक डरछेरुवा डार्बिनियन संसारमा रहन्छौँ जहाँ एक – अर्काको विरोधी छौँ “सर्भाइवल अफ फिटेस्ट”! सबैका सबै योग्यतम उत्तरजिबिताको सिदान्तको विरोधी भएका छौँ! यहाँ सङ्घर्षको सिद्धान्तले काम गरिरहेको छ! हामी पुरै “कामन्सको त्रासदी”को विचारमा डुबेका छौँ जबकि सत्यतामा यो यस्तो चाल हो जुन पुँजीबादीको त्रासदी साथै उनीहरूद्वारा युद्ध स्तरमा गरिरहेको अन्तहीन लुट अगाडि आउँदछ। ( ले बिलान, २०१२)!

गैरेन हार्डीन (१९६८) लाई चस्स बिझ्ने यही थियो, उनले खुला चौरमा चरिरेका पशुहरू कसरी व्यक्तिको स्वामित्वमा पुगे कैले सोच्न छोडेनन् ! यहाँ के हुन सक्छ जब हामी सक्कली कामन्स र निजी स्वामित्वको पूर्व निर्धारित नभएको कमन्सको बिचमा झुक्किएर अघि बढ्यौ भने (जेप्पेसन एट अल, २०१४) ? यहाँ हामीले विकल्पहरूको पूर्व प्रारूपहरुमा ध्यान केन्द्रित गर्न सुरु गर्यौे भने जुन पहिलो महत्त्वपूर्ण सङ्गठनका रूपहरू अभ्यासहरूबाट सिद्ध भैसकेका छन् ( व्हाइट र विलियम्स, २०१२) ?

के हुन सक्छ, जब हामी प्रतियोगिता साथै योग्यताको दवाईको कडा गोली खान छोडी आफ्नो ऊर्जा वा शक्ति नबउदारवादी डाक्टरी पुर्जीले दिएको औषधि खान छोड्यौ भने, तर एक आपसी सहयोग र सहायता गर्दै गहिरो उपचारात्मक विधि प्रयोग गर्यौ् भने (हेकर्ट, २०१०)? एक चोटि, जेमी पेक ( २००४ : ४०३) ले नबउदारबादको “एक कट्टरपन्थी राजनीतिक नारा” घोषणा गरेका थिए तर अहिले हामी यो आलोचनाको छेत्रबाट नै बाहिर भयौ ! हामीले धेरै वर्ष पहिले नै शत्रु चिनिसकेको थियो तर त्यतिखेर हामीले लेखन साथै प्रतिरोधको शक्ति मात्रै जानेको थियो ! अब हामी यसलाई खत्तम गर्न निश्चित भई सकेका छौ ! सन् २००८ को वित्तीय सङ्कट साथै कब्जा आन्दोलनको परिणामको कारणले स्या…स्या.. फ्या ..फ्या गर्दै हाफि रहेको छ साथै आफ्नो खराब हालत कुनै तरिकाले शक्तिशाली ढङ्गबाट ल्याउनको लागी सङ्घर्ष गरिरहेको छ ( क्राउच २०११; पेक २०१०) !

जेफि विल्सन ( २०१६)ले यसको बढ्दो शक्तिको “ नबउदारवादी असभ्य” भनेका छन्, र म यकिन गरेर भन्न सक्छु यो हरर सो लाई रोक्नको लागि हाम्रो आफ्नो राजनीतिलाई कानुनी दायरा भित्र ल्याउनु पर्छ (रोलो, २०१६) ! के यो, थुक्क ! नबउदारबाद !! हाम्रो राजनीतिमा घुस्रियेर हाम्रो राजिनिती बदल्ने मन्त्र बने के हुन्छ ? एक वाक्यांश जीवन्त राख्नु पर्दछ जसले हामीलाई क्रियाशील हुन र उर्जावान बन्न प्रेरणा दिओस साथै हाम्रो भूमि र क्षण लाई सुधारोस जहाँ हामी बाचिरहेका छौ ? के प्रत्येक चोटी हामी यो वाक्यांशको प्रयोग गर्छौ, हामीलाई निस्क्रिय संस्थाको सम्झना आउँदैन जुन शब्दजालमा उल्झिरहेको साथै सिदान्तको सङ्कलन तथा व्यवस्थाको पुरानै स्वरूपको सम्रक्छ्यन गर्न चाख र अभ्यासमा लिप्त भएर लागेको हुन्छ ?

हामीहरूले नबउदारबादलाई अस्वीकार गर्न बहुविधि को प्रयोग गर्न पर्छ ! जब, हामी नबउदारबादलाई पूर्ण रूपले नकार्न सक्दैनौ साथै भुल्न सक्दैनौ; अन्ततः: हामीले यसको विरोध यसरी नै गर्नु पर्छ जहाँ यसको प्रदर्शनको शाब्दिक प्रतिवाद भन्दा अगाडी जावोस ! कुनै पनि हालतमा हामीले यस विरुद्ध उग्र राजनीतिक नारा प्रबल बनाउनु पर्दछ ! ह्यशट्याग (#fuckneoliberalism) हामीले प्रयोग गरेर हामी रिसाएको भाइरल बनाउन सक्छौ ! बुझ्नु पर्दछ, हामीले रिस प्रकट गर्नु भन्दा अरू बढी अन्य धेरै कार्य गर्नु पर्दछ !

हाम्रो समस्या समाधानको साथै आफ्ना अभिलाषाहरू यसै समयमा दरोसँग उठाउनु पर्छ ! हामीले दुनियाँलाई यो महसुस गराउनु पर्छ कि यो विरोधको लहर रोकिने वाला छैन ! हामी स्वेच्छाले यो व्यवस्था प्रति मोहित भयौ साथै घरी घरी वर्तमान राजनीतिक संरचनासँग प्रतिनिधित्वको माग गर्दै आफैलाई कमजोर बनायौ ! हामीले लामो समय सम्म आकाशबाट एक थोपा पाउने निरर्थक प्रतिक्छ्या गर्यौग ! यस व्यवस्थाले आफै प्रमाणित गरेको छ कि यो भ्रष्ट छ ! यही व्यवस्थाको कारण आउने वाला हाम्रा महान् उम्मेदवार पनि असफल साबित हुन्छन् ! यस नबउदारवादी संरचनामा हाम्रा समस्याहरूको कारण समस्या ग्रस्त व्यक्ति सत्तामा थियो भनेर होइन, हाम्रो यस व्यवस्था प्रतिको अन्धविश्वास नै मूल समस्या हो !

हामीले एक यस्तो संस्थाको अवस्था/ संस्थागत समस्याहरूलाई जन्म दिएका छौ साथै बढाएका छौ जसले “दि ल्युसिफर इफेक्ट(the Lucifer effect)” लाई खुलेर आफ्नो प्रभाव देखाउने अवसर दियो ( जिम्बार्ड़ो, २००७) ! “दि बेनालीटि अफ इभिल (the Banality of Evil)” पुस्तकमा लेख्दै, यस समस्याको कुरुपता यो हो कि यसमा काम गर्ने राजनीतिज्ञ आफ्नो नोकरी यस व्यवस्था भित्र सत्ताको उलटफेर हुँदा आफ्नो पालो वा अवसर सत्तामा बस्ने आउँछ भनेर तयार गरिएको हुन्छ जसले पुजिबादलाई समर्थन गरिरहन्छ (अरेन्डट,१९७१) ! तर, हामी उनको आज्ञाको पालन गर्दैनौ ! हामी यस व्यवस्था प्रति आभारी छैनौ ! हाम्रो सिधै कारबाही साथै सङ्गठनात्मक संरचना बदलेर हामी यस व्यवस्थाको दोष साथै शोषणको बृहत् चक्र भत्काउन सक्छौ !

जब राजनीतिक पद्धति/ व्यवस्थाको हलो अड्कियो/ उल्झिरयो साथै उदारवाद अनुरूप परिभाषित भएर नियमित भयो तब हामीले सोचे अनुसार/महसुस गरिएका आवश्यकता अनुसार नहुनुको साथै दुनियाँको प्रतिनिधित्व गर्न सक्दैन ! त्यसैले: अब हामीले तय गरेको जीवन पथको जिम्मेदारी उठाउनु पर्छ साथै एक समग्र संस्थाको निर्माणको माग जोडदार रूपले गर्न पर्छ ! हामीले आफूलाई राजनीतिक रूपमा सक्रिय हुन आरम्भ गर्न पर्छ साथै यी सम्बन्धहरू प्रति समर्थन जनाउनु पर्छ जसले यी रेखांकित गरेका छन्; एउटाको पिडा, दुख साथै अपमान सबैको शोषण हो (शान्नोन र रूज, २००९; स्प्रिंगर २०१४) ! हामी सम्भावनाहरूले भरिएको यस दुनियाँमा एक आपसी दोहोरो सहयोग र प्रतिबद्धताका साथ बस्न सुरु गर्न सक्छौ जसमा आपसी सहयोग, फेलो सिप, पारस्परिक आदान प्रदान तथा अश्रेंणीबद्ध सङ्गठन हुन्छ !

यस्तो व्यवस्था जसमा मानिसहरूको शक्तिमा आधारित लोकतन्त्रको मूल भावना चलोस्! मुख्यतः: नबउदारबाद एक बकवास बिचार हो जसले छाडापन परिणाम साथै मूर्खतापूर्ण मान्यताहरू ल्याउँछ! वास्तविक यसलाई दिने जवाफमा, समानखालको प्रतिरोधात्मक/आक्रामक भाषा साथै आन्दोलनको सामना गर्न योग्य छ! हाम्रो समुदाय, हाम्रो सङ्गठन साथै एक आपसी चिन्ता गर्नु यसलाई घिनलाग्दो लाग्छ! हामी जेमा खुसी मनाउँछौ त्यसलाई यो घृणा गर्छ!

अन्ततः: हामी सबै भन्न सक्छौ: “थुक्क नबउदारबाद (fuck neoliberalism)”! आउनोस् ; यसलाई चिच्याहट/ बेस्कन कराएर भनौ ! म सगसगै भनौ ! जहाँ सम्म पुग्छ, सबैले भनौँ!

वास्तविक, यो सबैको एक नै मतलब छ यो शक्तिको पुरातन स्वरूप बदल्न एक पुरा जोड लगाइएको आव्हान हो; यहाँ, यो विभेदकारी दुनियाँलाई बदल्न सकियोस!

थुइक्क नबउदारवाद!!!

(नेपालमा संघीयता र राजनीतिक आर्थिक वहाव पुस्तकका लेखक विनोद न्यौपानेद्वारा अनुवादित!)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार