गएको मङ्सिर ८ गते नेकपाले पार्टी पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न गरेको छ । उक्त सभा र जनप्रदर्शनले थुप्रै प्रश्न उठाएको छ । धेरै प्रश्नको जबाफ दिएको छ । धेरैलाई झस्काएको छ र दिन काट्ने काल पर्खने कैयौँ दिग्गजहरूको कुण्ठा, निराशा र ईष्र्यालाई झन् बढाएको छ ।

यहाँ छोटोमा उक्त जनसभा र जुलुसलाई सांस्कृतिक पक्षबाट हेर्न खोजिएको छ । ओली–प्रचण्ड सरकार दलाल पँुजीपति वर्गको प्रतिनिधि सरकारी पार्टी र उसको गृह प्रशासन दमनको अस्त्र असफल भएपछि वार्ताको नाटक गरेर केही समयका लागि पछाडि हट््दै थियो । गत माघको केन्द्रीय समितिको बैठकले कार्यक्रम ठोस र मूर्त गरेको थियो । कमरेड प्रकाण्डसहित ११ जना केन्द्रीय नेता र सयौँ कार्यकर्ता गिरफ्तार भएको र दमन बढ्दै गएको समयमा नै बरु थप केही हजार गिरफ्तार भए पनि जनप्रदर्शन र जनसभा गर्ने निर्णय भएको थियो ।

जनप्रतिरोधपछि सरकार जनसभा र जनप्रदर्शन रोक्न सक्ने अवस्थामा रहेन तर सरकार र उसको गृह प्रशासन कार्यक्रम कमजोर बनाउन चाहन्थे । कात्तिक १६ गते उदयपुरका लागि लगेको प्रचार सामग्री सप्तरीको कदमहामा सशस्त्र प्रहरीले लुट्यो । कात्तिक २७ गते पाँचथर र त्यसको लगत्तै इलाममा दुईदुईजना नेकपाका कार्यकर्तालाई गिरफ्तार गरेर कार्यक्रमको प्रचार नै रोक्न खोजियो । झापामा टाँसेको पोस्टर प्रहरीले नै च्यात्यो । चितवन, गोर्खा र सिराहामा कार्यक्रमको प्रचार गर्दै गर्दा गिरफ्तार गरियो । काठमाडौँमा भित्तेलेखन गर्न अवरोध भयो । मङ्सिर ५ गतेदेखि नै सशस्त्र प्रहरीले सवारीसाधन जाँच गर्न थाल्यो । टोखा, चक्रपथ, नुवाकोट सडकमा जाँच गर्न बसेको सशस्त्र प्रहरीले यात्रुहरूलाई विप्लवको कार्यक्रम छ, गोली चल्छ, होसियार हुनुहोला भन्दै तर्साउन थाल्यो । जनयुद्धकालमा जनयुद्ध र माओवादी दमन गर्न गठित सशस्त्र प्रहरी बल देशद्रोही, जनद्रोही दलाल सरकारको ताबेदारी गर्दै थियो । सशस्त्र प्रहरीले देशभरि त्यही धन्दा गर्दै थियो । नेकपाका सहयोगी तप्कालाई धम्क्याउँदै थियो तर नेकपाको लामो तयारी, प्रशिक्षित कार्यकर्ता र कार्यदिशाको वैज्ञानिकताका कारण जनसभाका पक्षमा जनमत बढ्दै थियो । ठीक त्यही समयमा एकथरी पूर्वाग्राही, कुण्ठित कथित बुद्धिजीवीहरू क्रान्तिकारी पङ्क्तिका विरुद्ध ओली–प्रचण्डको चाकरी गर्दै थिए । यद्यपि त्यो चाकरी, कुण्ठा, गैरमाक्र्सवादी संस्कृति क्रान्तिकारी आडम्बरमा थियो । अझ भनौँ सामाजिक दलाल र नौरङ्गी संशोधनवादी शक्तिहरूका बीचमा क्रान्तिकारी शक्तिका विरुद्ध मोर्चाबन्दी बढ्दै थियो ।

साताव्यापी पार्टी पुनर्गठन दिवस हुँदै गर्दा गृह प्रशासन, छद्म अवसरवादी र उनीहरूका छिमेकीहरू अत्तालिएर क्रान्तिकारी नैतिकता र धैर्य गुमाउँदै थिए । सगरमाथा, जनकपुर, पश्चिमताम्सालिङलगायत स्थानमा आर्थिक जोहो पर्याप्त नहुँदा सबैजना इच्छुक जनसभा र जुलुसमा पुग्न पाएनन् तर केही लालबुझक्कडहरू नेकपासँग पैसा धेरै भएको सूचना गृह प्रशासनलाई पु¥याउँदै र उत्तेजित गर्दै थिए । जुठेल्नाका कीराहरूलाई शिखरतिरको यात्रा सुन्दर लाग्दो रहेनछ । पार्टी पुनर्गठन दिवस नौरङ्गी संशोधनवादका विरुद्ध बज्र प्रहार भएका कारण पनि उनीहरू उत्तेजित थिए । किरण र विप्लवको एकता होला र त्यहाँ टाउको घुसारेर ढलीमली गर्न पाइएला भनेर गोडा उचालेर बसेका केही मान्छेहरू हाम्रो निरन्तरको यात्रा र सम्झौताहीन वैचारिक सङ्घर्षको प्रतिनिधि सिर्जना महापतन प्रकाशित भएपछि बौलाउन थालेका थिए । ती सबैको केन्द्रमा नेकपालाई कमजोर पार्नु, जनसभालाई कमजोर पार्नु र क्रान्तिकारी ध्रुवीकरणमा भाँजो हाल्नु थियो ।
यसपटकको जनप्रदर्शन र जनसभाको सेरोफेरोमा केही नयाँ दृश्य, भावना र पहलकदमी देखिए । क्रान्तिकारी पत्रकार सङ्गठन र रातो खबर प्रकाशनगृहले अनुकरणीय एकता र सहकार्य गरे । प्रचारयुद्धमा जनता बलियो बन्न गयो । अराजक र शङ्कास्पद तत्वहरूलाई कारबाही गरेपछि अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठनले जनअपेक्षाअनुकूल भूमिका निर्वाह गर्न सहज भयो । अनलाइन, रेडियो र सामाजिक सञ्जालले दुस्मनका विरुद्ध कलमको मोर्चाबाट चौतर्फी गोलाबारी गरिरहेका थिए । राता सामन्तहरू अत्तालिएका थिए । क्रान्तिकारी सञ्चारकर्मीहरूले ७ गतेदेखि चौबीसै घन्टा जनबोली र भावना प्रसारण गरिरहेका थिए ।

मङ्सिर ८ गते कोटेश्वर, माछापोखरी, कलङ्कीलगायत राजधानी प्रवेशका नाकाहरूमा नरनारीको घुइँचो थियो । बाँस, निमलगायतले सडकछेउमा बसेर दन्तमन्जन गरिरहेका तराईका महिलाहरू, चिउरा, दालमोठ र पानी खाइरहेका गाउँलेहरू, झुत्रे लुगा, प्लास्टिकको बोराका झोला टाउकोमा बोकेका जनताको दृश्य देखिन्थ्यो । बुटवलआसपासबाट आएका जनताले आर्थिक समस्याका कारण घरघरबाटै तरकारी–रोटी बोकेको खबर थियो । ‘२०३५÷०३६ आसपासमा मध्यतराईमा जनसभा सुन्न तराईमा त्यसरी नै जनता ओइरिन्थे । जनसभा र जनप्रदर्शनमा आधारभूत मान्छे अझ तराईबासी धेरै देखिए । यो विशेष उल्लेख्य पक्ष हो’, एकजना युवा सञ्चारकर्मीले भनेका थिए । जनजाति, क्षेत्र र जनसमुदायको संस्कृति झल्काउने झाँकीहरू मनमोहक लाग्थे । मोक्तान थेवाले भने सपना ब्युँझिएको प्रमाण हो यो ।

जनप्रदर्शन र जनसभामा भाडाका मान्छे थिएनन् । सरकारी उर्दीपछिको पञ्च¥याली थिएन । सुकिलामुकिला मान्छे थिएनन् । मैलाधैला नागरिकहरू थिए । मुखियाको आदेशमा उर्लेको भीड थिएन । उनीहरूसँग सपना थियो । देशको रक्षा र वैज्ञानिक समाजवादी क्रान्ति गर्ने सपना उनीहरूमा थियो । जुलुसले भारतीय साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध प्रहार गरिरहेका थिए । ती दलाल पुँजीवादसँग लड्दै आएका थिए । मङ्सिर ८ गते देखिएको क्रान्तिकारी एकता, प्रतिरोधी भावना, शक्ति प्रदर्शन र क्रान्ति गरिछाड्ने तत्परताको पछाडि एकीकृत जनक्रान्ति कार्यदिशाको शक्ति थियो । विचार, दर्शन, सिद्धान्त जनतामा पु¥याएपछि त्यो भौतिक शक्तिमा बदलिन्छ ।

एकीकृत जनक्रान्ति कार्यदिशा र विप्लवनेतृत्वको नेकपाको टोलीले दलाल पुँजीवाद र नौरङ्गी संशोधनवादका विरुद्ध सशक्त धार निर्माण ग¥यो । मङ्सिर ८ गतेको जनप्रदर्शन र जनसभा दलाल पुँजीवाद र सबैखालका अवसरवादका विरुद्ध गोलाबारी हो । यो नयाँ सांस्कृतिक प्रतिरोध प्रारम्भ पनि हो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार