सात वर्षीय बालक रायन युट्युबबाट सबैभन्दा धेरै आम्दानी गर्नेहरुमध्ये उच्च सूचीमा रहेका छन् । ‘फोर्ब्स’ म्यागेजिनले गरेको अध्ययन अनुसार रायन २०१७ देखि २०१८ सम्म युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने युट्युबर बनेका हुन् । उनले एकवर्ष भित्र २२ मिलियन डलर कमाइ गरेका छन् ।

अमेरिकामा जन्मेका रायनले ‘रायन टोयज रिभ्यू’ नामको युट्युब च्यानल मार्फत विभिन्न खेलौनाहरुको समिक्षा गर्ने गर्छन् ।

रायनका बुबाआमाले १६ मार्च २०१५ मा उनको लागि सो युट्युब च्यानल सुरु गरिदिएका थिए । तीन वर्षको अवधिमा उनको च्यानल सब्सक्राइब गर्नेको संख्या १७ करोड भन्दा माथि पुगिसकेको छ ।

उनको हरेक भिडियो लाखाैँले हेर्ने गरेका छन् । उनको युट्युब च्यानमा अपलोड हुने भिडियोहरु उनका आमाबुबाले नै रेकर्ड गर्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार