समुद्रमाथि पुल बनाएर सनसनी मच्चाएको चीनले समुद्र मुनी ‘बुलेट रेल’ कुदाउने अवधारण सार्वजनिक गरेको छ।

तीव्र गतिको समुद्र मुनीको बुलेट रेलमार्ग पहिलो चरणमा सांघाइदेखि झाउसानसम्म बनाइने चिनियाँ अधिकारीहरुले जनाएका छन्।७७ किलोमिटरको योङ झाउ रेल योजनाको नाम निग्बो दिइएको छ। यस कार्यले पर्यटकलाई आकर्षण गर्ने बुझिएको छ।

गत अक्टोबर महिनामा चीनले हङकङ, मकाउ र आफ्नो देशलाई जोड्ने समुद्र माथिको पुल सर्वसाधारणका लागि खुला गरेको थियो।

जसले संसारालाई चकित बनाएको थियो। आर्थिक रुपमा विश्वकै शक्तिशाली बन्ने होडमा रहेको चीन विज्ञानको क्षेत्रमा समेत दिन प्रतिदिन शक्तिशाली बन्दै गएको छ।

केहि महिनाअघि चीनका विभिन्न स्थानलाई एक साथ उज्यालो प्रदान गर्ने हिसाबले चीनले सन् २०२२ सम्म आफ्नो आकाशमा मानव निर्मित चन्द्रमा निर्माण गर्ने घोषणा गरेको छ।

त्यतिमात्र होइन चीनले ‘क्लिन इनर्जी’ प्रदुषण विहिन उर्जा उत्पादन गर्ने उदेश्यका साथ मानव निर्मित सूर्य आफूले बनाइ रहेको बताएको छ।

चन्द्रमा र सूर्य बनाउने कार्य अगाडि बढिरहेको चीनको भनाइ रहेको छ। चीनले भन्ने मात्र होइन गरेरै देखाउने गरेका कारण समुद्र मुनी बुलेट रेल चाँडै देख्न सकिने अनुमान गरिएको छ। एजेन्सी

चीनमा निर्माण भएको समुद्रमाथिको पुल

निर्माण भइरहेको सूर्य

निर्माण भइरहेको सूर्य

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार