पार्टी पुनःस्थापना दिवसको अवसर पारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राजधानीमा गरेको शक्ति प्रदर्शनले मुलुकको राजनीति तरंगित छ।

मुलधारबाट बाहिर भनिएको शक्ति, कयौ नेताकार्यकर्तामाथि राज्यले चलाएको धरपकड, बद्लिदो राजनैतिक परिस्थितिको बाबजुद पनि धेरैले पार्टी नै नमानेको शक्ति( समूह भन्ने गर्छन्) ले राजधानीमा गरेको प्रदशनले एउटा बहस जरुर निम्त्याउकाे छ। हुन त सरकार यो पार्टीप्रति न नरम छ न त गम्भीर छ भन्ने देखाउछ। दमनकै भरमा यो शक्तिलाई तह लगाउने नीति सरकारले अख्तियार गरेको पाइन्छ। दुई तिहाइको दम्भ रहेको सरकारले याे राजनैतिक शक्तिलाई गरेको यो व्यवहारबाट राष्ट्रले ठुलै मूल्य चुकाउनु पर्ने हुन सक्छ।

के हो विप्लवको शक्ति ?

०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा मुख्य भुमिका खेलेका नेत्रविक्रम चन्द ‘विप्लव’ तात्कालिन समयका सफल राजनैतिक कमान्डर हुन्। प्रचण्ड आफैले नेतृत्व गरेको फौजी आक्रमण असफल भइरहदा विप्लवले नेतृत्व गरेका अधिकांस फौजी र राजनैतिक कार्यक्रम सफल हुँदै थिए। यतिसम्म कि विप्लव नेतृत्व रहेका आधार इलाकामा उनले सफल स्थानीय निर्बाचन पनि गराएका थिए र चर्चामा आएका थिए। निकै छोटो समयमा राजनितिमा सफल भएका महत्वाकांक्षी नेता मानिने विप्लव ०६३ पछिको राजनैतिक प्रकृयाबाट न सन्तुष्ट थिए न प्रचण्डले विप्लवलगायतका युवा नेताहरुबीच राजनैतिक र सांगठनिक सन्तुलन कायम गरेका थिए।

प्राय प्रत्येक भेला बैठक र छलफलमा आफ्नो नोट अफ डिसेन्ट लेख्दै आएका विप्लव ०६८ सालको पालुङटार बैठक पछि खुलेर विद्रोहमा उत्रिए, त्यसैको फलस्वरूप २०६९ असारमा मोहन वैध्य, बादल र अरु थुप्रै केन्द्रीय सदस्य लिएर नयाँ पार्टी गठन गर्ने मुख्य योजनाकार बने । विप्लव खासगरि दोस्रो संविधानसभाको बहिष्कार पश्चात् महासचिव बादलसँगको राजनैतिक अन्तरबिरोधपछि २०७१ मङ्सिरमा अर्को नयाँ कम्युनिस्ट पार्टी निर्माण गरे। त्यति बेला धेरैले नपत्याएका नेता विप्लवले अन्तत आफ्नै बल बुत्तामा पार्टी लाई मजबुत बनाउउदै लगे। उनीसङ्ग एउटा मनोबिज्ञान छ। जो हिजो युद्ध लडेर आयो। जो मुल नेतृत्वबाट धोका पाएको पूर्व जनमुक्ति सेना र कार्यकार्ताको पङ्ति छ, जो राजैनीतिक, फौजी र सांगठनिक रुपमा प्रशिक्षित छ । भौतिक रुपमा विप्लवको मुख्य शक्ति नै यहि हो जुन उपहारको रुपमा पराेक्ष रुपमा प्रचण्डले नै दिएका हुन्, त्यस बाहेक जनयुद्धमै लुकाएका र पछि सेना समायोजनका बेला असन्तुष्ट जनमुक्ति सेनाले गोप्य रुपमा विप्लवलाई बुझाएका हतियार पनि विप्लवको अर्को मुख्य शक्ति हो। जुन कुराको पुष्टि खुद सरकरी संयन्त्रले बेला बेला निकाल्ने गरेका तथ्यांकले गर्दछ। विप्लवको राजनैतिक शक्ति भनेको खास गरेर अहिले सरकार र प्रचण्ड ओली नेतृत्वको नेकपाको उल्टो गति पनि हो। क्रान्तिकारी भुमीसुधार, वैज्ञानिक शिक्षा, निशुल्क स्वास्थ, राष्ट्रिय स्वधिनताको रक्षा, सहज जनजीबिका र सुशासनको लागि लडेको भनिएको माओवादी जनयुद्धको यो अवतरण र समृद्दिको नारा दिएर उल्टो दिशामा हिडिरहेको ओली सरकारका कारण जनतामा पर्न गएको असन्तुष्टि अनि प्रतिपक्षमा रहेको मुख्य दल काङ्ग्रेसले खेल्न नसकेको भुमिका यो खाली स्पेश विप्लवले लिने देखिन्छ। यो नै उसको राजनैतिक हतियार हो।

के गर्न सक्छ विप्लव नेकपा ?

विप्लवसङ्ग भएको राजनैतिक र फौजी शक्ति अनि राज्यकाे उप्रति अपनाएको बाटोले कतै मुलुक पुनः द्वन्दमा जादैछ भन्ने चिन्ता छ। विद्रोहको लागि आबश्यक वातावरण खोजिरहेको विप्लव नेकपाका लागि सरकार आफैं त्यो बाताबरण अनुकूल गराउदै छ। चाहे त्यो उसलाई दमन गरेर होस् चाहे जनतामाथि चरम असन्तुष्टि थपेर होस् । विप्लवसङ्ग भएको वर्तमान शक्तिले धेरै गर्न नसके पनि देशको शान्ति सुरक्षामा जरुर खतरा पैदा गर्न सक्छन्। अझ सहि ढंगले विश्लेषण गर्ने हो भने २०५७ सालमा भएको तात्कालिन माओवादी जति शक्ति आजको विप्लवमा छ। त्यसैबाट आकलन गर्न सकिन्छ कि उसले कुन स्तरको सुरक्षा खतरा पैदा गर्न सक्छ?

आजको दिनमा सामान्य आक्रमण मात्र उसले गर्यो भने पनि आखिर त्यसको मुल्य त सिङ्गो देशले नै चुकाउनु पर्छ। सवाल यो हैन कि उनीहरु ठिक छन् कि बेठिक। सवाल यो पनि हैन कि उनिहरुले जित्ने ताकत राख्छन् कि राख्दैन? सवाल त यो हो कि हामी कतै फेरि गृहयुद्धमा त फस्दै छैनौ ?

सरकार किन निकास चाहदैन ?

जब मुलुकमा यस्तो परिस्थिति आउछ राज्यले त्यसको सहि ढंगले निकास खोज्नु पर्छ।तर किन राज्य त्यो दिशामा प्रबृत्त छैन ? के विप्लवहरुको समाधान दमन हो? के विप्लव र सि के राउतहरु एउटै हुन ? अथवा दमन गरेर अहिलेको विप्लवलाई सिध्याइयो रे भने पनि अर्को विप्लव जन्मन सक्दैन? किनकि विप्लव नाम मात्र नभएर मनोबिज्ञान पनि हो। राज्यले विप्लवको निकास खोज्ने हो भने, चुनावमा गरेका सबै बाचा पूरा गर्नु पर्छ। वैज्ञानिक भुमीसुधार लागू गरेर कृषिमा आमूल परिवर्तन ल्याउनै पर्छ। तात्कालिन माओवादीले युद्दकाे बेला बाचा गरेका निशुल्क शिक्षा, निशुल्क स्वास्थ, राष्ट्रिय स्वधिनताको रक्षा, सहज जनजीबिका र सुशासनको प्रत्याभुती गराउने र साच्चै कम्युनिस्टहरुले भन्ने गरेको समाजवाद स्थापनाको दिशातर्फ जाने हो भने विप्लवहरु आफै साइड लाग्नेछन्। तर किन सरकार त्यसो गरिरहेको छैन?त्यो काम त सरकार काम हो नि।

किन सरकार आफ्नो काम सही ढंगले गरिरहेको छैन? हुन त ८ महिनामा धेरै गर्न सकिन्न तर कमसेकम सरकार त्यो दिशामा चाहिँ छ है भन्नेसम्म पनि किन पार्न सकेको छैन? कतै सरकार कतैबाट जेलिएको त छैन? र यो सब गर्नु भन्दा विप्लवहरुले विद्रोह गर्छन् र समृद्दी प्राप्त नहुनुको दोष सोही विद्रोह हो भन्ने बहाना देखाउन विप्लव समस्याको निकास नखोजेको त हैन? सरकारले आफूलाई पुष्टि गर्ने बेला हो यो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार