नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा बुधबार शक्ति प्रदर्शन गरेको छ ।

नेकपा कालिकोटद्वारा बुधबार आयोजित जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँको संख्यामा नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

जनसभालाई सम्बोधन गर्दै नेकपा पार्टी प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले मुलुकमा रहेका भ्रष्टाचारी र बलात्कारी नेकपाको प्रमूख निशानीमा रहेको बताए ।

उनले भने, ‘अहिलेको सरकार र सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो । हाम्रो पहिलो निशाना नै भ्रष्टाचार र बलात्कारी हुन् । सरकारले कारबाही गर्न नसकेका अपराधीहरुलाई अब नेकपाले जनताको सहयोगमा कारबाही गर्छ ।’

उनले भ्रष्टाचारी र बलात्कारी संरक्षण गर्ने तप्काको दिनगन्ती सुरु भएको भन्दै चेतावनी पनि दिए । दुई तिहाइ सरकारले गरेका हरेक गतिबिधि जनताबाट बहिस्कृत भएको र सरकारले ९ महिनाको अवधीमा एउटा पनि जनहितमा काम गर्न नसकेको प्रकाण्डको दावी थियो ।

५० दिनको हिरासत बसाइँ पछि पहिलो पटक गृह जिल्ला कालिकोट पुगेका नेकपाका प्रवक्ता प्रकाण्डलाई त्यहाँका शहिद परिवारले भव्य अभिनन्दन गरेका छन् ।

बुधबार जिल्ला सदरमुकाम मान्मामा नेकपाले विशाल जनसभा आयोजना गरेको थियाे। उक्त जनसभामा प्रवक्ता प्रकाण्डलाई कालीकोटका ५ सय ५ सहिद परिवारसहित कालीकोटबासीको तर्फबाट फूलमालासहित भव्य अभिनन्दन गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार