विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं तत्कालीन जनमुक्ति सेनाका वरिष्ठ कमाण्डर उदयबहादुर चलाउने दीपकले अस्थायी शिविरमा रहँदा जनसेनाका लडाकुहरुलाई भरणपोषण गर्न भनेर छुट्टाइएकोमध्ये ५० करोड भन्दा बढी पैसा प्रचण्डको योजनामा भ्रष्टचार भएको खुलासा गरेका छन् ।

अनमिनद्धारा प्रमाणिकरण गरिएका १९ हजार तत्कालीन जनसेनामध्ये कयौंको अनुपस्थिति र शिविर व्यवस्थापन गर्न भनेर सरकारले छु््ट्टाएको सो रकम प्रचण्डले तत्कालीन जनमुक्ति सेनाका डिभिजन कमाण्डरबाट डेपुटी कमाण्डरहुँदै प्रचण्डको हातमा पुग्ने गरेको त्यो बेलाको डिभिजन सहकमाण्डर दीपकको गंभीर आरोप छ ।

जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा तत्कालीन जनसेनाका वरिष्ठ कमाण्डर दीपकले ४० देखि ५० करोड त देखिएको भ्रष्टचार भएको तर भित्री रुपमा कतिसम्म भयो भन्ने कुरा यकिन नभएको अर्को खुलासा गरेका छन् ।

शिविरमा त्यो बेला इमान्दार जनसेनाका कमाण्डर र सदस्यहरु भोकै र नांगै बसेर पार्टी र क्रान्तिको पक्षमा त्याग गरेको तर प्रचण्डलगायत जनसेनाका उपल्लोस्तरका कमाण्डरहरुले करोडौं भ्रष्टचार गरेर सदस्यहरुमाथि ठूलो अन्याय गरेको कमाण्डर दीपकको भनाई छ ।

प्रचण्डले चुनबाङ बैठकबाट लिएको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टी र जनसेना सबैले त्यो ठूलो दुर्गति भोग्नु परेको कमाण्डर दीपकले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार