००७ सालकाे सशस्त्र क्रान्तिताकाकाे जनमुक्ति सेनाका जीवन्त याेद्धा श्याम कुमार तामाङले दश वर्षे सशस्त्र जनयुद्धमा ठूलाे त्याग गर्ने जनमुक्ति सेनाका याेद्धाहरूलार्इ राज्यले ठूलाे अपमान गरेकाे बताएका छन् ।

दश वर्षे सशस्त्र जनयुद्धमा तत्कालीन जनमुक्ति सेनाका याेद्धाहरूकाे बलमा अढाइ सय वर्षकाे राजतन्त्रकाे अन्त्य र गणतन्त्रकाे स्थापना भएपनि ती लड्ने याेद्धाहरूकाे कदर हुन नसकेकाेमा तामाङले चिन्ता व्यक्त गरे ।

जनपाटी अनलाइन टिभीसँगकाे लामाे कुराकानीमा ००७ सालकाे क्रान्तिका मुक्ति याेद्धा तामाङले दश वर्षे युद्धमा लड्ने जनमुक्ति सेनाका याेद्धाहरूलार्इ साेही पार्टीकै नेताहरूले समेत ठूलाे धाेका दिएकाे अाराेप लगाए ।

उनै जनमुक्ति सेनाकाे बलमा प्रचण्ड र बाबुराम भट्टरार्इ पालैपालाे प्रधानमन्त्री बनेपनि लड्ने जनमुक्ति सेनाका याेद्धाहरूलार्इ समायाेजनाकाे बेला ठूलाे अपमान गरिएकाे बताए ।

‘खाेलाे तर्याे लाैराे विर्स्याे भनेजस्तै दश वर्षे जनयुद्धमा लड्ने जनमुक्ति सेनाका याेद्धाहरूलार्इ बिर्सने काम भयाे’, तामाङले भने, ‘उनीहरूकाे बलमा यति ठूलाे परिवर्तन अायाे, तर ती जनमुक्ति सेनाहरूकाे त्यागकाे संरक्षण हुन सकेन ।’

नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेकाे नेकपाले गर्न खाेजिरहेकाे नयाँ क्रान्तिमा नयाँ जनमुक्ति सेनाकाे भुमिकाकाे चर्चा भइरहेकाे बेला तामाङले त्यसलार्इ सकारात्मक रूपमा लिनु पर्ने बताए ।

००७ सालदेखि ०५२ सालकाे सशस्त्र क्रान्तिका याेद्धाहरूकाे सपना पूरा गर्न काेही शक्ति अाउँछ भने त्याे सकारात्मक हुने तामाङकाे भनार्इ छ ।

००७ र ०५२ सालमा चलेकाे सशस्त्र क्रान्तिमा जसरी धाेका भयाे, अबकाे क्रान्तिमा विप्लव नेतृत्वकाे नेकपाले धाेका नदियाेस् भन्ने अाफ्नाे सुझाव रहेकाे बताउँदे तामाङले राम्राे काम गर्नेलार्इ साथ दिनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार