»» यहाँले अक्टोबर क्रान्तिलाई कसरी हेर्नुभएको छ ?

अक्टोबर क्रान्ति मानव जातिको इतिहासमा महत्वपूर्ण घटना थियो । सर्वहारा वर्गले सत्ता प्राप्त गरेको थियो । लेनिनको नेतृत्वको बोल्सेबिक पार्टीको नेतृत्वमा, सर्वहारा वर्गको पार्टीको नेतृत्वमा भएको क्रान्ति थियो । माक्र्सवादी सिद्धान्तहरू स्थापित हुँदै जाने क्रममा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा बुर्जुवा वर्गको हातबाट राजनीतिक सत्ता आफ्नो हातमा लिएर मानव इतिहासलाई नयाँ उचाइमा उठाएको घटना थियो । त्यो विषयलाई हामीले त्यसरी लिनुपर्छ र त्यसको महत्व सधैँभरि रहिरहन्छ ।

 »» समाजवादी आन्दोलन बीचमा फेरि उठ्ने र ढल्ने भइरहेको छ । यसको कारण के छ ?

यसको कारणचाहिँ समाजको विकासको क्रमलाई नै मान्नुपर्छ भन्ने देखिन्छ । किनभने पहिले पुँजीवादको विकास हुँदै जाने क्रममा पुँजीवादले साम्राज्यवादी पुँजीमा विकास ग¥यो । पुँजीवादको साम्राज्यवादमा रूपान्तरण भयो । पहिलो कुरा, प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवाद आर्थिक पुँजीवादमा विकास भयो । त्यस क्रममा जनतामाथिको शोषण, उत्पीडन चरम रूपमा एकातिर गयो । दोस्रो कुरा, साम्राज्यवादीहरूले समाजमा देशलाई विभाजन गर्ने र लूटका निम्ति सैनिक हस्तक्षेप गर्ने र देशहरूलाई आफ्नो उपनिवेश बनाउने प्रक्रिया चलेको थियो । त्यसका विरुद्ध एउटा सङ्घर्ष पनि उत्कर्षमा पुगेको थियो । त्यसले विश्वयुद्ध निम्त्याएको थियो । त्यसबाट मुक्त हुनका लागि रुसमा जुन प्रकारको अक्टोबर क्रान्ति भयो त्यसले एउटा नयाँ तरङ्ग पैदा गरेको थियो । त्यो तरङ्गले पूर्वी युरोप, एसिया, ल्याटिन अमेरिकी देशहरूमा र युरोपियन देशहरूमा समेत क्रान्तिको ठूलो तरङ्ग पैदा ग¥यो । यसको कारणले गर्दा कतिपय देशहरूमा क्रान्ति भए र कतिपय देशहरू क्रान्तिमा बदलिए । पछि चिनियाँ क्रान्ति सम्पन्न भइसकेपछि र रुसमा ख्रुस्चेभको उदय भयो र ख्रुस्चेभी संशोधनवाद आइसकेपछि विश्वको जनतामा निराशा आयो । साम्राज्यवादले आफ्नो कोर्स बदल्यो । विश्वलाई विभाजन गर्ने एउटा साधन बनाएर उत्पीडन गर्ने विधि ल्यायो । यसको कारणले जनतामा के भ्रम पैदा भयो भने साम्राज्यवादीहरूले शोषण होइन, सहयोग गरेको छ भन्ने भ्रम बाहिर दिने र भित्र शोषण गर्ने प्रक्रिया चल्यो । यसको कारणले गर्दा अलिकति पछाडि धकेलिने स्थिति पैदा भयो ।

»» अक्टोबर क्रान्तिले विकास गरेको विचार के हो ?

त्यो कुरा सही हो– लेनिनले त्यतिबेला तीनवटा दर्शन, राजनीति र सङ्गठनका क्षेत्रमा विकास गर्नुभयो । लेनिनले तीनवटा थेसिस तयार गर्नुभएको थियो । त्यो भनेको के हो भने वस्तुगत अवस्था कस्तो छ भन्ने कुराको चित्रण हो । अहिलेको अवस्था कस्तो लैजाने भन्ने कुराको चित्रणको कुरा भयो त्यो । तर वस्तुुगत अवस्था के हो भने साम्राज्यवादीहरूले उपनिवेशीकरण गरेका थिए । यसको वैचारिकीकरणको चित्रचाहिँ लेनिनले खिच्नुभयो । यसको कारण विषयलाई ठीक तरिकाले समात्नका लागि मद्दत ग¥यो । त्यसलाई सङ्गठनात्मक तरिकाले अभिव्यक्त गर्ने कुरामा जुन समाजको वस्तुगत अवस्थाको माग छ अझै त्यसअनुसार बनेको देखिँदैन । विश्वका तमाम कम्युनिस्टहरूले कोसिसचाहिँ गरेका छन् । हामीले पनि नयाँ तरिकाले त्यो कोसिस गरेका छौँ । क्रान्तिको नयाँ तरङ्ग पैदा गर्न हाम्रो पनि प्रयत्न भइरहेको छ ।

»» अहिले नेपाल कम्युनिस्ट पार्टीले नयाँ तरिकाले क्रान्ति गर्ने भनिरहेको छ । अक्टोबर क्रान्तिसँग जोडेर यसमा तपाईंहरूको नयाँ विश्लेषण के छ ?

लेनिनले के गर्नुभयो भने त्यो बेला विकास भएको पुँजीको चरित्रलाई विचारमा रुपान्तरित गर्नु भयो । दर्शनका क्षेत्रमा त्यो बेला मान्छेको चेतनामा भएका प्रतिबिम्बहरूलाई नयाँ उचाइमा उठाइदिनुभयो । त्यसपछि आएर लेनिनले के गर्नुभयो भने स्टेट एन्ड रेभुलेसन स्टेट के हो ? किनभने स्टेटलाई आदर्शका रूपमा बुझ्थे मानिसहरूले । स्टेटलाई सजिलै तरिकाले परिवर्तन गर्न सकिन्छ भन्ने बुझ्थे मानिसहरूले । लेनिनले भन्नुभयो– यसलाई सजिलै परिवर्तन गर्न सकिँदैन । यसलाई सेनाले चलाएको हुन्छ । सेनालाई परास्त नगरीकन, त्यसको संरचनालाई ध्वस्त नपारीकन नयाँ तरिकाले बन्दैन । हामीले माक्र्सबाट सिक्नुपर्ने कुरा त्यहाँबाट छ । माक्र्सले किन भन्नुभयो त ? जब पेरिस कम्युनमा पतन भइसकेपछि लेनिनले त्यहाँ चित्रित गर्नुभयो ।

माओको समयमा आउँदा साम्राज्यवादले नयाँ तरिकाले शोषण गरेको छ भनेर माओले देखाउनुभयो । किनभने लेनिनबाट माओमा आउँदासम्म साम्राज्यवादले चरित्र बदलिसकेको थियो । साम्राज्यवाद पहिले सीधै उपनिवेश गथ्र्यो । सेना राखेर, हस्तक्षेप गरेर उपनिवेशको काम गथ्र्यो । पछि त्यसप्रकारले सीधै उपनिवेश नगरीकन नयाँ प्रकारको उपनिवेश सुरु ग¥यो, नवउपनिवेश भनियो । माओले के भन्नुभयो भने बाघ अगाडिको ढोकाबाट निस्केर गयो । चितुवाचाहिँ पछाडिको ढोकाबाट पस्यो । दुईटैको काम हो मान्छेलाई खाइदिने । त्यस्तै साम्राज्यवाद अगाडिबाट त गयो । पुरानो प्रकारको उपनिवेशको प्रक्रिया त समाप्त भयो पहिलो विश्वयुद्धको अन्त्यसँगै तर दोस्रो विश्वयुद्धमा आउँदा उसले नयाँ उपनिवेश जन्मायो । अहिले के छ भने साम्राज्यवाद अहिले त्यो ठाउँमा पनि छैन । अहिले कसैले पनि साम्राज्यवादको अनुभूति गर्दैन । जस्तै जुम्लामा बसेर अमेरिकाको काम गर्छ । मानौँ ताप्लेजुङमा बसेर अमेरिका पैसा पठाउन सकिन्छ । यस्तो प्रकारको ग्लोबलमा आयो, उत्पीडन पनि नयाँ प्रकारको आयो । त्यसकारण यसले चाहिँ साम्राज्यवादलाई नयाँ ठाउँमा पु¥यायो । त्यसकारण हामीले साम्राज्यवादलाई उत्तरसाम्राज्यवाद भनेका छौँ । उत्तर भनेको पछिल्लो प्रकारको साम्राज्यवाद, पुँजीको साम्राज्यवादमा विकास भयो ।

यो पछिल्लो चरण के छ त भन्दाखेरि संसारको सबै सिमानाहरूलाई उछिनेको छ । सबै राष्ट्रियतालाई उछिनेको छ । अन्ततः के गरेको छ भने विश्व–साम्यवादी क्रान्तिका निम्ति आधार तयार गरेको छ । यो प्रकारको विश्लेषण अहिले जरुरी छ र हामीले त्यो प्रयत्न गरिरहेका छौँ । हामीले भन्दाखेरि उत्तरसाम्राज्यवाद भनेका छौँ । यो के भने साम्राज्यवादी पुँजीको स्वरूप अहिले लेनिनले भनेको जस्तै साम्राज्यवाद, माओले भनेको जस्तो साम्राज्यवाद अहिले छैन । अहिले नयाँ ठाउँमा विकास भएको छ । यो विश्लेषण गर्न जरुरी छ । त्यसपछि दर्शनको कुरा पनि त्यस्तै छ । सङ्गठनमा पनि कुनै एक झिल्काले संसारभरि डढेलो लगाउन पर्याप्त छ । जो माओले भन्नुभएको थियो त्यो अहिले झन्झन् बढी जीवन्त भएर खडा भएको छ । त्यसकारण यसखालको विश्लेषण गर्न जरुरी छ र त्यसखालको व्यवहार गर्न छँ । यसको माग भएको छ ।

»» लेनिनको पालामा जस्तो खालको साम्राज्यवादी सङ्कट थियो वास्तवमा त्योभन्दा चरम सङ्कट अहिले देखापरेको छ । चाहे आर्थिक होस्, सामारिक होस्, चाहे त्यो राणनीतिक होस् । यी तीनवटा कुरालाई कसरी व्याख्या गर्नुहुन्छ ?

पहिलो कुरा के भने जसले हतियारबन्द युद्ध जरुरी छैन भनेका छन् र जो शान्तिपूर्ण तरिकाले समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने खालको कुरा गर्छन् ती साम्राज्यवादका चाकरहरू हुन् । यो कायरहरूको कुरा हो । जस्तो नेपालको सन्दर्भमा चाहिँ एकचोटि लडाइँ लडेर पराजित भइसकेका एमालेका नेताहरू त्यतिबेलाका मालेका नेताहरू, त्यसपपछि माओवादी आन्दोलनभित्रका प्रचण्ड–बाबुरामहरू यिनीहरूको कायरताको कुरा हो र यो यहाँको कुरा मात्रै होइन, यो संसारभरिका, सय डेढ सय वर्षपहिलेका संशोधनवादीहरूसँग मिल्ने कुरा हो । जहाँसम्म हतियारको कुरा आउँछ साम्राज्यवाद भनेको युद्ध हो । लेनिनले जो भन्नुभएको थियो यो कुरा अहिले पनि जीवन्त छ । माओले पनि त्यो कुरा भनिराख्नुभएको थियो । यो कुरा सत्य हो ।

साम्राज्यवाद रहँदासम्म युद्ध अनिवार्य बन्छ । त्योचाहिँ विश्वयुद्धको हिसाबले पनि अनिवार्य बन्छ र देशभित्रको युुद्ध पनि अनिवार्य बन्छ । किन अनिवार्य बन्छ भने हतियारकै बलमा साम्राज्यवादले त्यो देशका सामन्तहरू वा दलाल पुँजीपतिहरूलाई उपयोग गरेर, प्रयोग गरेर जनतामा लुटखसोट मच्चाएको हुन्छ । त्यो हतियारबाट मुक्त हुनका लागि जनताले हतियार उठाउनुबाहेक कुनै विकल्प हुँदैन । कुनै न कुनै तरिकाले हतियार उठाइरहेकै हुन्छ । जस्तै अमेरिकामा महिनामहिनामा हतियारद्वारा तमाम मान्छेहरू मारिएका हुन्छन् । के यसको सम्बन्ध विकेन्द्रित मनोविज्ञानसँग मात्रै सम्बन्ध छ ? छैन । यसको सम्बन्ध राज्यसत्तासँग, साम्राज्यवादसँग सम्बन्ध छ । त्यसले गरेको उत्पीडनसँग सम्बन्ध छ । त्यसले गरेको व्यवहारसँग, त्यसले पैदा गरेको संस्कार, संस्कृतिसँग सम्बन्ध छ । त्यस्तै युरोपभरि हामी देख्छौँ तमाम प्रकारका सङ्घर्षहरू भइरहेका हुन्छन् । त्यो सङ्घर्ष हतियारबन्द पनि छ र शान्तिपूर्ण पनि छ । त्यस्तै हामी विकसित देशहरूमा तमाम प्रकारका सङ्घर्षहरू भइराखेका देख्छौँ । त्यस्तै अल्पविकसित वा अविकसित देशहरूमा हामी त्यसप्रकारको सङ्घर्ष भइराखेका देख्छौँ ।

साम्राज्यवादको चरित्र के हो भने त्यसले युद्ध पैदा गरिरहेको हुन्छ । त्यसले छिनछिनमा युद्ध पैदा गरिरहेको हुन्छ जसको कारण हतियार चल्ने हुन्छ । जहाँसम्म कम्युनिस्टको कुरा छ त्यो कम्युनिस्टभन्दा बाहिर चलिरहेको हुन्छ, समाजमा चलिरहेको हुन्छ । कम्युनिस्टले त्यसप्रकारको हतियार अन्त्य गर्नका निम्ति समाजवादी व्यवस्था स्थापना गर्नुप¥यो । त्यो समाजवादी व्यवस्थाको स्थापना गर्न साम्राज्यवादको अन्त्य गर्नुप¥यो । साम्राज्यवादी पुँजीको अन्त्य गर्नुप¥यो । पुँजीवादको अन्त्य गर्नुप¥यो र पुँजीवादको अन्त्य गर्नका लागि उसको अस्त्र जो हतियार हो त्यो हतियारको अन्त्य गर्नुपर्छ । हतियार अन्त्य गर्नका लागि हतियार लिएर नै लड्नुपर्छ । त्यो कारणले हतियारबन्द युद्ध अनिवार्य बन्छ । जनताले हतियारको प्रयोगलाई सङ्गठित तरिकाले चलाउने कुरा कम्युनिस्ट आन्दोलनको कुरा हो । किनभने हतियार त हरेक समाजमा चलेकै हुन्छ तर कम्युनिस्ट विचारधाराले, समाजवादी विचारधाराले खासगरी माक्र्सवादको विकास भइसकेपछि माक्र्सवाद लेनिनवाद माओवादले हतियार सुसङ्गठित तरिकाले विचारद्वारा निर्देशित भएर त्यसलाई एउटा निश्चित समाज निर्माण गर्नका निम्ति हतियारको प्रयोग गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्छ र त्यसअनुसार हतियार चलाउँछ । त्यसो भइसकेपछि हतियार समाजमा चलेकै छ । जस्तो कि मान्छेहरूले भन्ने गर्छन् हतियारचाहिँ सम्भव छैन भन्ने कुरा त्यो दृष्टिविहीनहरूले भन्ने कुरा हो जसले केही देखेकै छैन । उसले लुटबाहेक केही पनि देखेको छैन । त्यसले भन्ने कुरा हो । त्यसकारण कम्युनिस्टले सङ्गठित गर्ने र सत्ताका विरुद्ध प्रयोग गर्ने कुरा हो र वैज्ञानिक समाजवाद स्थापना गर्ने कुरा हो । त्यसकारण हतियारबद्ध युद्ध अनिवार्य छ र जनताको विजय सुनिश्चित छ । जनता सफल हुन्छन् ।

 »» कोही विश्वयुद्ध नभएकाले क्रान्ति सम्भव छैन भन्छन् । नेकपा अहिले क्रान्ति सम्भव छ भन्छ । तपाईंहरू एकीकृत जनक्रान्ति सम्भव छ भनिराख्नुभएको छ नि ?

जसले अहिले विश्वयुद्ध छैन त्यसकारण क्रान्ति हुँदैन भन्छन् त्यसलाई हामी व्यवहारवादी भन्छौँ । त्यसले सिद्धान्तमा हेर्दैन, त्यसले जनतामा हेर्दैन, त्यसले वस्तुगत अवस्थामा हेर्दैन । त्यसले विगतका घटनाहरूलाई दोहो¥याउन चाहन्छ । त्यसका आधारमा त्यसलाई हेर्न चाहन्छ र क्रान्तिको कुरा सोच्न चाहन्छ । हाम्रो कुरा के छ भने हामीले विगतका घटनालाई दोहो¥याएर सिक्नका लागि हेर्ने कुरा हो तर त्यही दोहो¥याएर हुँदैन । न वस्तुगत पुनरावृत्ति हुन्छ न त क्रान्ति पुनरावृत्ति हुन्छ । वस्तुगत अवस्था विकासको नभएपछि क्रान्तिको प्रश्न पनि विकास भएर आउँछ । त्यसो गर्दाखेरि हामीले अहिलेको समाजलाई हेर्नुपर्छ । अहिलेको समाज आर्थिक रूपमा एकदम चरम सङ्कटमा छ । विश्वयुद्ध घोषित रूपमा छैन तर विश्वयुद्ध जस्तै छ एक प्रकारले भन्ने हो भने । जस्तै सिरियाको युद्ध, इजरायलले प्यालेस्टाइनमाथि गरेको आक्रमण, टर्कीमाथि भएको नाकाबन्दी, इराकमाथि नाकाबन्दी भइराखेको छ र इरानमाथि इराकजस्तै युद्ध थोपर्ने सम्भावना छ । त्यसको तयारीस्वरूप अब साउदी अरेबियाले आणविक हतियार निर्माण गर्ने नाममा अमेरिकाको आणविक हतियार वैधानिक रूपले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने गरी उजागर गर्ने गरी गइरहेका छन् । किन वैधानिक रूपले गर्नुप¥यो भन्दा किन भने इरानमाथि हान्नु पर्नेछ । यो प्रकारले विश्वयुद्ध गइरहेकै छ । यो स्थिति छ ।

अर्कोतिर के भइरहेको छ भने साम्राज्यवाद भनेको युद्ध हो भन्ने जो लेनिनको विश्लेषण छ त्यो अहिले कहाँनिर मुखरित हुन्छ भने चीन र अमेरिकाबीचको टक्करले पनि मुखरित हुन्छ । त्यो अहिले घोषित ट्रेड वारको कुरा छ । साउथ चाइना सीमा अमेरिकी इनफ्ल्यक्स भनेर भनिन्छ, त्यसलाई घनीभूत तरिकाले बनाइरहेको छ । ताइवनमा अस्ति भर्खरै बेरा ल्याएर त्यहाँ राखेको कुराहरू छ– जङ्गी बेराहरू । त्यसपछि यता फिलिपिन्समा च्यापिरहेको छ अमेरिकाले । अर्को कुरा अन्तर्राष्ट्रिय एउटा अलाइनमेन्ट, एउटा ध्रुवीकरण ब्रिक्सका रूपमा विकास भइरहेको कुरा छ । सैन्य तालिमहरू भइरहेको छ रुस र चीनका बीचमा । यी सबै कुरा के हुन् भने युद्धका अभ्यासहरू हुन् । यसले एकचोटि कुनै न कुनै रूपमा युद्ध निम्त्याउनैपर्छ । तर हाम्रो भनाइ के छ भने त्यो युद्धले क्रान्तिमा लैजान्छ भन्ने कुरा हैन कि साम्राज्यवादले एकातिर लुटखसोट मच्चाइरहेको छ । अर्कोतिर जनतामाथि युद्ध थोपर्दैछ । विनासको बाटो गर्दैछ । कतिपय मान्छेहरू के भन्दैछन् भने आणविक बम हान्यो भने संसार ध्वस्त हुन्छ । त्यसकारण आणविक बम प्रयोग गर्नु हुँदैन । त्यो कस्तो लाग्छ भने बामपुड्के, टाढाको कुरा नदेख्ने, नजिकको कुरा मात्रै देख्ने ।

आणविक अस्त्र किन बनाउने भन्दा साँझबिहान खाजाका रूपमा खानका लागि बनाइएको त होइन । आणविक बम त प्रयोग गर्नका निम्ति बनाइएको हो । त्यो प्रयोग कतिबेला हुन्छ भने जतिबेला शासकहरूलाई जब सनक चढ्छ त्यतिबेला प्रयोग गर्ने कुरा हो । उसलाई ठूलो क्राइसिस पर्छ । क्राइसिसबाट उम्कन कुनै विकल्प आउँदैन । जस्तो अहिले अमेरिका र चीनको बीचमा ठूलो क्राइसिस भएको छ किनभने अमेरिकामा पनि आर्थिक क्राइसिस भइरहेको छ । चीनमा पनि त्यो प्रकारको आर्थिक सङ्कटले घेर्न लागेको छ । अमेरिकाको सङ्कटको प्रतिबिम्ब चीनमा पनि पर्दैछ । रुसमा त्यो प्रकारले परेको छ भनेपछि अब त्यहाँ छलफल गरेर पनि हल हुने स्थिति छैन । त्यसको समाधान छलफल गरेर पनि निस्किँदैन । त्यसको समाधान भनेको हतियारद्वारा निस्कनुपर्छ । युद्ध हुने सम्भावना एकदम नजिक भएर आउँछ । तर हाम्रो भनाइ के हो भने त्यो युद्धले क्रान्ति ल्याउँछ होइन कि त्यो युद्धलाई माओले भनेको कुरा यहाँ आउँछ– कि त युद्धले क्रान्तिलाई जन्म दिन्छ कि क्रान्तिले युद्धलाई निषेध गर्छ र त्यसले नयाँ समाजको निर्माण गर्छ । त्यसो गर्दाखेरि क्रान्ति मुख्य प्रवृत्ति हो भन्ने माओको एउटा भनाइ यहाँ आउँछ । त्यो वैज्ञानिक छ र त्यो लागु हुन्छ । दोस्रो कुरा के छ भने हामीले चाहिँ अहिले त्यो त साम्राज्यवादको चरित्रको कुरा हो– युद्ध हुने कुरा तर जनताको जो समस्या छ विश्वभरिका जनताहरूको समस्या छ । त्यसबाट मुक्ति प्राप्त गर्नका निम्ति एउटै पाटो के हो भने वैज्ञानिक समाजवाद हो ।

मानव जातिबाट मानव जातिमाथि हुने उत्पीडन चाहे त्यो एउटै देशमा होस्, चाहे त्यो एउटा देशबाट अर्को देशमा गरिने प्रकारको उत्पीडन होस्, त्यसप्रकारको उत्पीडनबाट मुक्त हुन वैज्ञानिक समाजवाद जरुरी छ । त्यसको सुरुआत कहाँबाट हुने भन्ने कुरा मात्रै अहिले जरुरी छ । त्यसो गर्दाखेरि नेपालबाट त्यो हुन सक्छ, बङ्गलादेशबाट हुन सक्छ, अमेरिकाबाट हुन सक्छ, चीनबाट हुनसक्छ, भारतबाट हुनसक्छ र श्रीलङ्काबाट हुनसक्छ, कुनै पनि देशबाट हुन सक्छ । तर हामी के देख्छौँ भने क्रान्तिको सबभन्दा बढी परिपक्व वातावरण बनेको मुलुक नेपाल हो । त्यहाँबाट हुन सक्छ अथवा कुनै पनि देशबाट हुन सक्छ यो भन्ने हामी देख्छौँ । त्यसो गर्दाखेरि साम्राज्यवादको अहिलेको स्थिति अर्थात् त्यसले पैदा गरेको सङ्कटबाट क्रान्ति सम्भव हुन अनिवार्य छ र हुन्छ भन्ने हाम्रो कुरा छ । तर यहाँ जरुरी के छ भने अहिलेको जो विकास छ जस्तो आर्थिक रूपमा कसरी विकास भइरहेको छ । दर्शनको हिसाबले कसरी विकास भइरहेको छ । यसको सैद्धान्तिक प्रश्न कसरी दर्शन र राजनीतिमा विकास भएको छ भन्ने कुराको राम्रो प्रतिबिम्ब हामीले जनतालाई विश्वस्त हुने गरी दिनु जरुरी छ । जसरी लेनिनले विश्वस्त पार्नुभएको थियो, जसरी माओले विश्वस्त गर्नुभएको थियो । त्यो तरिकाले हामीले दिन जरुरी छ ।

प्रचण्ड–बाबुरामहरूले किन छोडे त भन्दा उनीहरूले जनतालाई विश्वस्त पार्न सकेनन् । विश्वस्त पार्न उनीहरूको क्षमता पनि पुगेन । एउटा चरणमा त उनीहरूले गरे तर पछिल्लो चरणमा उनीहरूले विश्वस्त गर्न सकेनन् । त्यो कारणले उनीहरू त्यहाँबाट भाग्नुप¥यो । उनीहरू अन्ततः संसद्वादको टाङमुनि छिर्नुपर्ने स्थिति पैदा भयो । यो कुरा हामी त्यहाँनिर देख्यौँ ।

राताेखबर साप्ताहिकसँगकाे अन्तर्वार्ताकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार