१४ पुस, काठमाडौं । नेपालका गोलकिपर किरणकुमार चेम्जोङले यस वर्षको ‘माल्दिभ्स फुटबल अवार्ड’ जितेका छन् । टिम नेपालको पहिलो रोजाइका गोलकिपर चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पारेका हुन् ।

टीसी स्पोर्टस्बाट खेलेका उनले उत्कृष्ठ प्रदर्शन गर्दै १६ मध्ये ११ खेलमा एक गोल हुन दिएनन् । धिवेही लिगको अघिल्लो सिजनमा पनि उनी टीसी स्पोर्टस्बाटै खेलेका थिए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले टीसी स्पोर्ट्समा योजना अनुसार काम भइरहेको र नेपाली लिगले पनि त्यसबाट सिक्नुपर्ने बताए । onlinekhabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार