चीनमा केही हाइ प्रोफाइल अमेरिकी नागरिक पक्राउ परेपछि अमेरिकी विदेश विभागले चीनमा जाने आफ्नो नागरिकलाई सकर्तकता अपनाउन भनेको छ।

अमेरिकी विदेश विभागले जारी गरेको विज्ञप्तिमा चीनमा रहेका अमेरिकी नागरिकलाई चीन बाहिर जान बन्देज लगाइएको उल्लेख गरिएको छ। क्यानडाका दुई नागरिकलाई चीनको हिरासतमा भएकै समयमा अमेरिकाले यस्तो चेतावनी जारी गरेको हो।

पूर्व राजनीतिज्ञ माइकल कोभरिग र व्यापारी माइकल स्पाभोरलाई गत महिना हिरासतमा लिइएको थियो। यी दुई मुलुकबीच केही महिनादेखि सम्बन्धमा चिसोपना आएको छ। पक्राउ परेका दुवै नागरिकमाथि चीनले आफ्नो राष्ट्रिय सुरक्षामाथि खेलवाड गरेको आरोप लगाएको छ।

अर्कोतर्फ नोभेम्बरमा तीन अमेरिकी नागरिकमाथि आर्थिक अपराध गरेको आरोप लगाउँदै चीन छोड्नबाट रोक लगाएको थियो।
बीबीसीका अनुसार देशबाट फरार एक उद्योगपतिका सन्तान भिक्टर र सिंथिया लियू र उनकी आमा सान्ड्रा हानलाई गत वर्ष गत जुनमा हिरासतमा लिइएको थियो।

अमेरिकाले जारी गरेको विज्ञप्तिमा यात्रा प्रतिबन्धनका विषयमा चेतावनी दिइएको छ। चीनले  विदेशी नागरिकलाई  देश बाहिर जान रोक लगाएको उसले आरोप लगाएको छ। अमेरिकाले यात्रा प्रतिबन्धलाई जबर्जस्ती लागू गरेर धेरै विदेशी नागरिकलाई चीन बाहिर जान रोक लगाएको दाबी गरिएको छ।

अमेरिकाले आफ्ना नागरिकलाई देश बाहिर जानबाट प्रतिबन्ध लगाएर प्रताडित गरेको आरोप लगाएको छ। आफ्ना नागरिकलाई बिना कानुनी सहयोगको विकल्प र उनले गरेको अपराधका विषयमा जानकारी नदिइ हिरासतमा राखेको जनाएको छ। विज्ञप्तिमा त्यस्ता नागरिकलाई सचेत रहन भनिएको छ जोसँग चीन र अमेरिका दुवै देशको नागरिकता छ।

चिनियाँ कानुनका अनुसार दोहोरो नागरिकताको अनुमति छैन र अमेरिकी विदेश विभागले अमेरिकी–चिनियाँ नागरिकलाई चीनले हिरासतमा लिन सक्ने  र अमेरिकी सहयोग लिनपनि वञ्चित गर्न सक्ने भन्दै सचेत गराएको छ।

चीनको यात्रा गरिरहेका आफ्ना नागरिकलाई अमेरिकाले वैधानिक चिनियाँ भिसासँगै अमेरिकी पासपोर्टसँगै लिएर यात्रा गर्न र पक्राउ परेपछि तत्काल अमेरिकी दूतावासमा सूचना दिन अनुरोध गरेको छ। चीनमा अवैध रुपमा काम  गरेको आरोपमा पक्राउ परेकी क्यानडाकी टीचर सारा म्याकआइवरलाई गत हप्ता रिहा गरिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार