संसारको सबैभन्दा ठूलो कम्पनीमध्येको एक् अमेरिकी कम्पनी एप्पलको शेयरमा बिहिबार भारी गिरावट दर्ता गरिएको छ ।

एप्पलको एकैदिन कूल ७५ अर्ब डलर अर्थात् ८३ खर्ब रुपैयाँको क्षती भएको छ । एप्पलले बुधबार मात्रै उसको कमाई सन् २०१८ को अन्तिम त्रैमासिकमा अनुमान गरेभन्दा कम हुनसक्ने बताएको थियो । सुरुमा कम्पनीले ८९ अर्ब डलरको राजस्वको अनुमान लगाएको थियो तर बुधबार कम्पनीले उसले ८४ अर्ब डलरको कमाई हुनसक्ने बताएको थियो ।

पछिल्लो १६ वर्षमा पहिलो पटक एप्पलले आफ्नो कमाईको अनुमानमा कटौती गर्यो । यो चेतावनीपछि कम्पनीको शेयर १० प्रतिसम्म खस्कियो ।

चीनियाँ बजारमा आइफोनको बिक्रिमा कमी आएपछि एप्पलले पछिल्लो त्रैमासिकको कमाईको अनुमान घटाएको हो ।

एप्पलको यो चेतावनीपछि अमेरिकाको मुख्य बजारमा पनि गिरावट देखियो । प्राविधिक कम्पनीहरुको नेसडेक सुचाङ्क ३.१ प्रतिशत खस्किएर बन्द भएको छ ।

झट्का वा विनास ?

एप्पल गत वर्षको अगस्टमा मात्रै संसारको पहिलो एक ट्रिलियन डलरको कम्पनी बनेको थियो । उसले अन्य ठूला कम्पनी जस्तै अमेजन, माइक्रोसफ्टर फेसबुकलाई पछार्दै एक ट्रिलियनको आँकडा छोएको थियो ।

कम्पनीले आफ्नो पछिल्लो तीन महिनाको राम्रो प्रदर्शनको रिपोर्ट पेश गरेपछि शेयरमा अत्यधिक वृद्धिका कारण यस्तो भएको थियो ।

तर अब एप्पलको शेयरमा आएको यो भारी गिरावटलाई केही विश्लेषकले सामान्य झट्का मानिसरहेका छन् भने कतिले यो कम्पनीको लागि विनासको संकेत बताएका छन् ।

कम्पनीको नयाँ आइफोनको बिक्रीमा आएको गिरावट यसको मुख्य कारण् हो । पहिले आइफोन प्रयोगकर्ता बजारमा लञ्च हुन लागेको नयाँ आइफोन खरिद गर्नका लागि उत्सुक हुन्थे ।

आइफोनको नयाँ मोडल लञ्च हुने बित्तिकै कम्पनीको शोरुम बाहिर निकै लामो लाइन लाग्थ्यो । तर अब स्थिती त्यस्तो छैन ।

बीबीसीकी संवाददाता डेव ली भन्छिन्, ‘हामी अहिलेको समयमा मोबाइल फोनको गुणस्तरका कारण नयाँ मोडल खरिद गर्न उत्सुक हुँदैनौं । अब नयाँ आइफोनको मूल्य एक हजार डलरसम्म पुगेको छ ।’

तर एप्पलले आफ्नो नयाँ आइफोन कम बिक्रि हुने अनुमान नगरेको भने होइन । यसैकारण एप्पलले अन्य थुप्रै क्षेत्रमा पनि अघि बढ्ने प्रयास गरेको छ ।

आज सेवा, स्वास्थ्य र फिटनेसको क्षेत्रमा एप्पलले उल्लेखनीय सफलता हाँसिल गरेको छ । एप्पलले सेवा क्षेत्रबाट त्यति नै पैसा कमाउन्छ जति फेसबुकको कूल कमाई छ ।

डेव ली भन्छिन्, ‘त्यसकारण एप्पल कम्पनी मुश्किलमा छ भन्नु गलत हुनेछ ।’

तर अर्कोतर्फ चीनको अर्थव्यवस्था खस्कँदो छ र यसैकारण चीनियाँ बजारमा आइफोनको बिक्री कम भइरहेको छ ।

चीनको अर्थव्यवस्थामा जति तीब्र गिरावट आयो त्यसको अन्दाज न त एप्पलले लगाउन सक्यो न अरु कसैले ।

चीन र अमेरिकाबीचको व्यापारिक तनाव पनि एप्पलमा भएको नोक्सानीको एउटा कारण हो ।

एप्पलका सिइओ टिम कुक यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जिम्मेवार ठान्छन् ।

टिम कुकले कम्पनीका लगानीकर्तासँग भनेका थिए, ‘व्यापार युद्धको असर अब देखिन थालेको छ । यसले ग्राहकको विश्वास डगमगाइरहेको छ ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार