»» तपाईंहरू सडकमा आउनुभयो । संविधान बन्यो । सरकार बन्यो । अहिलेको परिवेशलाई कसरी हेर्नुभएको छ ? के तपाईं सन्तुष्ट हुनुहुन्छ ?

हामी केही मात्रामा सन्तुष्ट त छाँै किनकि बोल्न पाइएको छ तर ओली सरकारले अङ्कुश लगाउन खोजिरहेको छ । अहिलेको जस्तो अवस्था राजतन्त्रमा थिएन । तर हामीले जुन प्रगतिको आशा गरेका थियौँ त्यो पूरा भएको छैन । त्यो न २०४६ सालमा भयो, न त ०६२–०६३ पछि नै भयो । हामीकहाँ त पटके आन्दोलन र पटके सहिद भए । यस्तो संसारमा कतै पनि हुँदैन । संसारमा एकपटक आन्दोलन भएपछि त्यो आन्दोलन उद्देश्यमा गएर टुङ्गिन्छ र त्यसबाट जनताले राहत पाउँछन् । हामीकहाँ कुनै पनि आन्दोलन वा रेभुलेसन टुङ्गिएन । सम्झौतामा मात्र गयो । सम्झौतामा जानेबित्तिकै त्यहाँ चलखेल हुँदोरहेछ । त्यहाँ शक्ति र पैसाको ठूलो चलखेल हुँदोरहेछ । त्यसपछि रेभुलेसन उठाउने ब्यक्तिहरू पनि त्यसमा मुछिँदा रहेछन् । त्यसैले आजको हाम्रो अवस्था जुन छ त्यो सन्तोषजनक पटक्कै छैन । हामीले संविधान पायौँ । संविधान जारी भएकै दिनमा त्यत्रो कफ्र्यु लाग्यो । मान्छेहरू मारिए । तराईमा कालो दिवस नै मनाए । यतातिर जनजाति, दलित असन्तुष्ट छन् । मधेसमा त आगो नै बलेको हो । त्यसरी हेर्दाखेरि संविधानलाई उत्कृष्ठ भन्नु मेरो विचारमा त्यो बेबकुफी हो । त्यसलाई जेजति संशोधन गर्नुपथ्र्यो, गरेको भए हुने थियो, अहिलेसम्म केही संशोधन भएको छैन । यहाँ समृद्ध नेपाल भनिएको छ तर म केही समृद्ध देख्दिनँ । यो सरकार बनेदेखि, यो संविधान बनेदेखि कुनै उद्योग फस्टाएको देखिँदैन, बरु गिरेकै छ । कृषि क्षेत्र धराशयी बनेको छ । किसानहरू, हाम्रा कामदारहरू दिनहुँ चार हजारको सङ्ख्यामा विदेश गैरहेका छन् ।

युवाहरूलाई देशमै रोजगारी दिन नसकेपछि नोकरको पनि चाकर बनाएर विदेश पठाएपछि कसरी समृद्ध नेपाल बन्छ ? रोजगार दिन नसक्ने अवस्था भएपछि देशमा कसरी प्रगति र समृद्धि हुन्छ । समृद्धिको मापदण्ड त त्यहीँनेर छ । हामी नेपाली बडो गर्वका साथ भन्छौँ– मलेसियासँग, यो वा त्यो देशसँग यो सम्झौता गरेका छौँ । हाम्रा कामदारले योयो अधिकार पाउँछन् भन्छौँ, लाज लाग्दैन । हामी आफ्नो देशका युवा शक्ति विदेश पठाउँछौँ तर यति पैसा आयो भनेर गौरव गर्दछौँ । देशमै रोजगार खोइ ? कृषि उत्पादन खोइ ? हो, देशमा मिडिया फस्टाएको छ । सबैतिर स्कुल र कलेजहरू खोलिएका छन् । यसको प्रक्रिया त पहिले पनि थियो । सामाजिक हिसाबले सन्तुष्ट हुने ठाउँ छैन । मानवअधिकारको अवस्थाको कुरा गर्दा एउटा निर्मला हत्याकाण्डका बारेमा कुरा गरौँ । योभन्दा पनि पहिले र पछि यस्ता हत्याकाण्डहरू भएका छन् । एउटा हत्यारा पत्ता लगाउन सक्दैनन् र लगाउनसक्ने ठाउँमा पनि अघि बढ्दैनन् । त्यसका प्रमाणहरू खतम पारिएको छ । थाहा छ नि तिनीहरूलाई किन केरकार नगरेको ? एउटा सोझो व्यक्तिलाई बकाएर म हत्यारा हुँ भनाउने पुलिस त्यहीँ छन् । डीएनए त बिलाएर जान्छ । अनि चुपचाप भयो । त्यो गुपचुप भयो । त्यहाँ पनि सन्तोषजनक काम त भएन । अब यस्तै अरू कति छन् कति । सबभन्दा बढी मलाई चित्त दुखेको कुरा के हो भने हामीले जनताका छोराछोरीलाई उठाएका हौँ । सँगसँगै काँधमा काँध मिलाएर लडेका ब्यक्तिलाई माथि पु¥याएका हौँ तर आज राष्ट्रपति क्विन भिक्टोरिया बनेकी छिन् । हामीले क्विन भिक्टोरिया जन्माएका छौँ । कफ्र्यु हामीले पनि तोडेका हौँ । मैले पनि दुई दुईपटक तोडेको हुँ । हामीलाई गोली हान्न पनि सक्थे । हामीले त्यस्तो गरेको रानी भिक्टोरिया जन्माउनका लागि थिएन । आज राष्ट्रपतिको ‘सवारी’ छ भनेर सर्वसाधारण चढ्ने सबै साधन बन्द गरिदिने ?

हाम्रो राष्ट्रपतिलाई १८ करोडको बुलेट प्रुफको कुरा कसरी आयो ? उता प्रचण्डहरूले केके न गरेँ भन्ने ठानेका होलान् ! उनीहरूले जनयुद्ध लडे । शान्तिप्रक्रियामा आए । चुनाव लडे । प्रधानमन्त्री भए । के गर्छन् भन्ने लागेको थियो । अहिले त प्रचण्ड रसियाका जार पो भएका छन् । तातोपानीमा स्नान गर्न हेलिकोप्टर चढेर जान्छन् । के भएको हो हाम्रा मान्छेहरूलाई ? हामीसँगसँगै बसेर आन्दोलन गरेका मान्छेहरूको यही हो रबैया ? हामीले त यो देशमा राजा र रानी पो जन्माएका रहेछौँ । त्यसैले हामी सन्तुष्ट छैनौँ । हामीलाई दिक्क लागेको छ । हामीले नेताहरूलाई राजनेता मानेका थियौँ तर साना राजारजौटामा परिणत भएर मोजमजाक पो गरिरहेका छन् ।

»» सरकारमा रहेका मानिसहरू त हामी गरिरहेका छौँ भनिरहेका छन् नि ! सहरका खम्बाखम्बामा नयाँ युगको सुरुआत लेखिएका प्रधानमन्त्रीका पोस्टरहरू देख्यौँ । प्रधानमन्त्री घरघरमा ग्याँसको पाइप लान्छु भन्दै हुनुहुन्छ ?

हो, मैले पनि विज्ञापनमा देखेको छु, पत्रिकाको फ्रन्ट पेजमा पनि ओलीजीका ठूलाठूला फोटा राखिएको छ । उहाँ राम्रो देखिनुभएको छ । उहाँ हिरो पनि बन्न सक्नुहुन्छ । तर त्यसमा उहाँले ८ करोड रुपैयाँ खर्च गरेको भन्ने सुनेको छ । आफ्नो फोटो छपाउन आठ करोड रुपैयाँ खर्च गरेर यो तामझाम गर्नुको साटो राम्रो काम गरे हुने थियो । त्यो आठ करोडले कतिवटा विद्यालय निर्माण हुन्थ्यो । कतिजना बिरामीको उपचार हुन्थ्यो ? उहाँले यो बेकार गर्नुभएको छ । उहाँले सपना त देखाउनुहुन्छ । हिन्दीमा एउटा उखान छ– सपनो का सौदागर भन्ने । हाम्रा ओलीजी पनि सपना ठूला देखाउनुहुन्छ तर सडकका प्वाल टाल्नुहुन्न । आमनागरिक सडकको धुलो र हिलोबाट आजित छन् । सडकका खाल्डामा मान्छे परेर मरेका छन् । ओलीजी सपना मात्र ठूला देखाउनुहुन्छ । अहिलेकै कुरा हेर्नुहोस् न, सामाजिक सुरक्षाको कुरा गुर्नहुन्छ । हेर्दाखेरि धेरै राम्रो छ तर श्रमिकहरूले पेन्सन पाउँछन् । उनीहरूले रोजगार राम्रोसँग पाउँछन् । उनीहरूको सुरक्षा हुन्छ । कम्युनिस्ट सरकारले गर्ने कुरा नै त्यही हो । तर एकचोटि भित्री कुरा हेर्नुहोस् त डेढ करोड डलर एक वर्षभित्र जम्मा हुनेछ । नेपालमा कुनचाहिँ कोषमा कसको गिद्देदृष्टि हुँदैन । अहिले यो भएकै नागरिक लगानी कोषमा सरकारको दृष्टि परेर वाइड बडी एयर क्राप्ट प्लेन थन्केर बसेको छ । त्यो त हाम्रो पैसा हो नि ? हाम्रो त पैसा डुब्यो । अब जुन पैसा जम्मा भएको छ त्यो कर्मचारीको पैसा हुन्छ ।

डेढ खर्बको जुन कुरा आएको छ, तामझाम फोटोसहित आठ करोड खर्च गर्ने जुन काम भएको छ, यसको भित्र हे¥यौँ भने कार्यान्वयन कसरी हुन्छ । भ्रष्टाचार कसरी रोक्न सकिन्छ ? मेरो दृष्टि र अनुभवमा हेर्दाखेरि त त्यसमा यति भ्रष्टाचार हुन्छ कि त्यो पैसा जसले पाउनुपर्ने हो उसले पाउँदैन । नचाहिने ठाउँमा जान्छ नपाउनेले पाउँछ । मुख्यतः पार्टीहरूमा जान्छ । यसबाट दलका नेताहरू पोसिन्छन्, कार्यकर्ताहरू पोसिन्छन् । यो पैसा पूरै भ्रष्टाचार हुन्छ । आखिरमा हामी टाटै पल्टिन्छौँ । मैले प्रस्टसँग देखेको छु । नेताहरूसँग कतै बुद्धि पलायो, हामी सबै रामराज्यमा छौँ भन्ने लाग्यो भने नैतिकता हामीसँग छ भने हामी त्यो नगरौँला तर मैले के बुझेको छु भने यो अवश्य हुन्छ । यो भित्रभित्र सारै ठूलो टाट पल्टाउने काम हुन्छ ।

»» नेपाल वायुसेवा निगमको जहाजप्रकरण र भ्रष्टाचारसन्दर्भ एकदम चर्चामा छ । लेखा समितिले नै ६ अर्बको कुरा ल्याइसकेको छ तर केपी ओली भन्नुहुन्छ म आफू पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ । यसलाई कसरी हेर्नुभएको छ ?

नेपाल एयरलान्सको वाइडबडी एयरक्राप्ट जुन ल्याइएको छ त्यसमा पूरै भ्रष्टाचार छ किनकि त्यो ल्याउनुभन्दा अगाडि त ठूलो गृहकार्य गर्नुपथ्र्यो । हाम्रो विमान आउँछ । हामी कुनकुन देशमा जाने, कतिवटा फ्लाइट दिने, त्यहाँको सरकारसँग कुरा हुनुपथ्र्यो कि पर्दैनथ्यो । त्यो केही पनि नगरेर ल्याए । ल्याउने भन्नेबित्तिकै कमिसन आइहाल्यो । त्यो कमिसन यिनीहरूले नै खाए । त्यतिबेला कुनचाहिँ राजनीतिक पार्टी थियो ? कसले सुरु ग¥यो ? यो सुरु हुँदा त यो सरकार थिएन तर एयरलाइन्समा कोही त थियो । त्यहाँ हुने मान्छे पनि अन्ततः राजनीतिक पार्टीकै मान्छे हुन्छ । यहाँ त भयङ्कर पैसाको चलखेलबाट लाखौँ त कुरा छोडौँ, करोडौँको कुरा छोडौँ, अर्बौंको कुरा आइसक्यो । यो एयरलाइन्स डुब्दै जाँदैछ । मन्त्री रवीन्द्र अधिकारीकै भनाइअनुसार के बुझिन्छ भने एयरलाइन्स अरूलाई चलाउन दिने, निजी स्वार्थ नभएकालाई दिने, जसको शक्ति छ । हरेकचोटि के भयो भने यहाँका मान्छेले खान पाएनन् । त्यो ‘फरेन ट्रिप’ पैसा खान पाएनन्, यो पञ्चायतकालको कुरा हो । त्यो बेलामा पनि भ्रष्टाचार थियो तर अहिलेजस्तो धेरै थिएन । लुफ्थान्सा त आयो तर त्यसलाई ८।९ महिनामा धपाइदिए । अर्को कति वर्षपछि एयर फ्रान्स आयो, उसलाई पनि त्यही भयो । उसलाई पनि धपाइदिए र आफूले चलाए । हामी त्यसमा पनि डुब्यौँ । अहिले पनि अरूलाई दिने भनेको छ । दिनु थियो भने किन यो हवाईजहाज ल्याएको त ? पहिले अरूलाई नै आऊ, हाम्रो नेपालको लोगोबाट चलाऊ । पैसा जति हुन्छ बाँडफाँट गरौँ भने भैहाल्थ्यो किन पैसा लगानी गरेको ? पैसाका भोका छन् हाम्रो देशका मान्छेहरू । अब त अर्बौंमा आइसकेका छन् । टन्नै खाएर भुँडी भरिसकेका छन् हाम्रा मान्छेहरूले । अहिलेको एयरलाइन्समा जुन भ्रष्टाचार देखिएको छ त्यो लेखामा गाको छ कि, अख्तियारमा गाको छ कि । आखिरमा जहाँ गए पनि गुपचुप भएको छ । कोट्यायो भने धमिराको गोलोमा तपाईं पनि पर्ने, म पनि पर्ने, ऊ पनि पर्ने । कोट्ट्याउँदै गयो भने कोको पर्छन्, थाहा हुँदैन । जस्तो निर्मला हत्याकाण्ड कोट्ट्याउँदै जाँदा त कोको छन्, कोको छन् ! सुमिता–नमिता काण्डमा त्यही भएको हो ।

»» मानवअधिकारका क्षेत्रमा निर्मला हत्याकाण्डको कुरा उठाउनुभयो । यहाँ हजारौँ निर्मलाहरू जन्मिएका होलान् । मानवअधिकारको क्षेत्रलाई कसरी हेरिरहनुभएको छ ?

मानवअधिकार राम्रोसँग बाँच्न पाउने, रोजगार गर्न पाउने, कमाइधन्दा गरेर आरामले परिवार पालेर बस्ने अधिकार पाउनु मानवअधिकार भनेको हो । रोगी बिरामी भयो भने उपचार पाउने अधिकार, बच्चाले पढ्न पाउने अधिकार । भूकम्पपीडित अहिलेसम्म यो अवस्थामा पनि जाडोले कठ्याङ्ग्रिएर बस्नुपरेको छ । कति धेरै पैसा आएको थियो । त्यो कहाँ गयो ? त्योभन्दा पहिला बाढीपहिरोलगायत प्राकृतिक प्रकोप भएका छन् । यसमा यसो गर्ने भनेर पैसा छुट्ट्याइन्छ । सुकुमबासी भनिन्छ । सुकुमबासीले पाउँदैन । त्यो पैसा राजनीतिक पार्टीतिरै जान्छ । २०४६ पछि कृष्णप्रसाद भट्टराईको समयमा पनि सुकुमबासी भनेर पैसा वितरण गरियो । त्यसमा पनि सही मान्छेले पाएन । नेताका नजिकका मान्छेले पाए । मानवअधिकार यहाँ कहा छ । काठमाडौँमा निजी स्कुल थुप्रै छन् तर कतिपय ठाउँमा मैले आफैँले देखेको छु, छाना छैन । बाहिर पढ्नुपरेको छ विद्यार्थीले । खुट्टामा जुत्ता छैन । लुगा छैन । कति ठाउँमा बिचल्ली छ । कसैका बाआमा मरेका छन् । हामीले पत्रिकामा समाचार पढेर कतिलाई सहयोग गरेका छौँ । समाचार आइरहेको छ । १८ वर्षको केटाले ७ जनालाई हेर्नुपरिरहेको छ । यस्तायस्ता घटनाहरूलाई सरकारले हेर्नुपर्छ कि पर्दैन ? अनि उनीहरूको मानवअधिकार हनन भएको छैन ? मानवअधिकार भनेको राजनीति मात्र होइन । त्यो गरिब, तल्लो स्तरको छ, तिनीहरूले खाना पाएका छैनन् । चुटाइ र पिटाइ मात्र मानवअधिकार होइन ।

माओवादी जनयुद्धका सहिदहरू, अपाङ्गहरू जहाँका तहीँ छन् अहिले । माओवादी जनयुद्धका बेपत्ता परिवारहरू, माओवादी जनयुद्धका दुःखीहरू, अब ह्युमन बम भएर मै पड्कन्छु भनेर माओवादी पूर्वजनमुक्ति सेनाले भनिसके । उनीहरूलाई यतिसम्म अपमानजनक रुपमा खत्तम गरिएको छ । माओवादीले अत्याचार गरेको हो यिनीहरुमाथि । दुईतर्फको अत्याचारले पीडित छन् उनीहरु । कुनै सुनुवाइ भएको छैन । सडकमा कोही मान्छे मर्छ । उसलाई सहिद घोषणा हुन्छ । कुखरा मर्छ, कुखुरालाई सहिद घोषणा गरे पनि भयो । सडकमा जसले ढुङ्गामुढा ग¥यो उसलाई सहिद घोषणा गरिहाल्छ । वास्तविक सहिदहरू खाना नपाएका अपाङ्गहरू, आज माओवादीका लडाकुहरूको हालत कस्तो छ ? १३ वर्ष भइसक्यो । तिनका बालबच्चा छन् । अहिले खान पाएका छैनन् । तीनपटक आइसके कम्युनिस्ट नामका सरकार । कहाँको मानवअधिकारको कुरा गर्नुहुन्छ वलीजीले ? उहाँले मानवअधिकारको कुरा गर्दा यी सबै कुरा बुझ्नुप¥यो । वली–प्रचण्डजी हेलिकोप्टरमा जानुहुन्छ । हेलीकोप्टरमा घुम्नुहुन्छ । तातो पानीमा चोपलिनुहुन्छ । पत्रिकामा यत्रो ठाउँमा आगलागी भएर कयौँ मान्छे बिचल्ली भएको खबर आउँछ । त्यस ठाउँमा किन जान सक्दैन हेलीकोप्टर चढेर ? माधव नेपाल प्रधानमन्त्री भएको समयमा रुकुमबाट उडेर आउँदा एउटी महिला सुत्केरी हुन नसकेर बीचमै मर्ने अवस्था हुँदा उनले उठाएरसम्म ल्याएका थिए ।
तर त्यो मानवीयता खोइ त ? यही रबैया चल्दै गयो भने गरिब जनता त उठ्छ । जसले मानवअधिकार पाएका छैनन् उनीहरू उठ्छन् ।

»» नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरूलाई सरकारले अहिले पनि गिरफ्तार गरिराखेको छ । यहाँले कसरी हेर्नुभएको छ ?

सरकारको बोलाइ र गराइमा आकाश–जमिन फरक छ । केही समयअघि विप्लवको ¥याली ठूलो भयो । कतिवटा मिडियाले बोलेका कुरा दिए त ? दिएनन् । नियन्त्रण गरिएको छ । सरकारले समिति बनाएर वार्तामा पनि आउनू भनेको छ । हाँसोलाग्दो कुरा छ । माओवादी समयमा जब माओवादीलाई थुःथुः गरेका थिए, यी खत्तम छन् भनेका थिए । होइन आउनुस् न, हामीसँग वार्ता गर्नुस् भनेका थिए । सरकारले आऊ त भनेका थिए । थप्पड दिएर आऊ भन्ने अगाडि, बीचमा खाल्डो खन्ने, त्यहाँ सर्प छोड्ने अनि आऊ आऊ भन्ने अनि माओवादी कहाँबाट आउँछ त ? त्यो बेलामा माओवादीका बारेमा भनेका थिए । आज विप्लवलाई त्यही भइरहेको छ । उदाहरण, आऊ त भनियो । भोलि विप्लवलाई गिरफ्तार ग¥यो भने के ग्यारेन्टी छ । प्रकाण्डलाई गिरफ्तार ग¥यो नि त । आखिर मुद्दा त सबैलाई लागेको छ । आजसम्म प्रचण्डमाथि त मुद्दा छ । अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचण्डमाथि मुद्दा छ । कुनै पनि बेला प्रचण्डलाई समाउन सक्छन् नि त । उनको सरकार छ, अहिले केही गर्न नसक्ला तर विप्लवलाई त गर्न सक्छ । यस्तो खालको अधिनायवादतिर सरकार गइराखेको छ । हेर्दाखेरि देख्छु म एकातिर जनतालाई केके न गरेजस्तो देखाउने तर सबै आफ्नो शक्ति केन्द्रित गरेर अरुलाई त्वम शरनम् अवस्थामा पु¥याउने चाल हो कि जस्तो लागेको छ । गल्ती त काङ्ग्रेसको हो । यिनलाई हेर्नुस् त, यस्तो विपक्षी हामीलाई चाहिएको हो ? काङ्ग्रेस आज पनि दुई फ्याक भएको छ ।

»» वर्तमान अवस्थासँग बौद्धिकहरू सन्तुष्ट छैनन् । करोडौँ जनता पनि असन्तुष्ट छन् । यो स्थितिले फेरि अर्को आन्दोलनको आवश्यकताबोध भएजस्तो लाग्दैन ?

२००७ सालदेखि अहिलेसम्मको इतिहासलाई हेर्दा अब अर्को पनि आन्दालेन थपिन कुनै समय लाग्दैन । नेपाली जनता कस्ता छन् भने केही बोल्दैनन्, चूप लागेर बस्छन् तर एक ‘क्रिटिकल प्वाइन्टमा पुगेपछि ठ्याम्मै न पार्टी न, केही सोझै निकालिदिन्छ । राणाशासनमा त्यही भयो । राजालाई पनि, पञ्चायतलाई पनि त्यही भयो सङ्क्रमणकालीन बिन्दुमा । अहिले त्यो अवस्थामा पुगिसकेको छैन । सङ्क्रमणकालीन बिन्दुमा पुग्यो भने आन्दोलन अवश्य पनि हुन्छ । तर त्यसो नहोस् भन्ने हाम्रो चाहना छ । सरकारले जनताको मानवअधिकार फर्काइदेओस्, जनतालाई राहत देओस्, जनतालाई खानालाउन देओस् । विकट ठाउँका बालबालिका बिचल्ली भएर बस्ने नपरोस् । त्रिशूलीमा बस खसेर मर्नु नपरोस् । खाल्टोमा खसेर मान्छे मर्नु नपरोस् । धुलैधुलोमा हिँड्नु नपरोस् । मेलम्ची भनेर सबै सडक खनिएको छ । खै पानी आउँदैन । मन्त्री तथा प्रचण्डकी बुहारी बिना मगरले दसैँअगाडि नै मेलम्चीको खानेपानी आउँछ भन्नुभएको थियो । खै कहाँ आयो मेलम्चीको पानी ? सपनाको सौदागिरी भइरहेको छ हाम्रो मुलुकमा । सपनामा चङ्गा उडिरहेको छ । सुनकाण्ड कहाँ पुग्यो ? त्यो कुरा हराएर गयो । निर्मला हत्याकाण्ड पनि त्यसैगरी जान्छ । अहिलेको यो वाइड बडी विमान पनि त्यसैगरी जान्छ । यो गुपचुप–गुपचुपको मुलुक हो ।

»» अब फेरि आन्दोलनको नेतृत्व तपाईंहरूले गर्नुहुन्छ त ?

हामी नागरिग समाज । भन्दा कुनै सङ्गठित समूह होइन । हाम्रो अध्यक्ष र सचिव हुँदैन । यो स्वतस्फूर्त रूपमा जन्मिन्छ । अब ५–१० मा बसेर यो त भएन है भन्दै जाने हो । त्यसैले अहिले अवस्था सङ्क्रमणकालीन बिन्दुमा पुगिसकेको छैन । हामीमा असन्तोष छ । कोही सन्तुष्ट छैन । हामी गलत दिशातिर गइरहेका छौँ । तर अहिले सेलहरू उठाएर, सडकमा उठाएर त्यहाँ उत्रिनु नपरोस् । ०६२,६३ को आन्दोलनपछि मेरो पनि उमेर बढिसक्यो । म पनि बूढो भइसकेँ । अब युवाहरूले पनि विचार गर्नुपर्छ । सरकार जब कसैले सडकमा टायर बालेर आन्दोलन गर्छ ऊसँग तर्सिन्छ ।

»» विप्लवजीहरूले प्रचण्डजीहरूले जे गर्नुभयो त्यो गलत गर्नुभयो भन्नुभयो । उहाँहरुले जनताको माग पूरा गर्नुभएन भनिराख्नुभएको छ । विप्लवहरुले काठमाडौँमा ठूलो जुलुस पनि प्रदर्शन गर्नुभयो । यसलाई कसरी हेर्नुभएको छ ?

पहिलो कुरा त विप्लवजीहरूले जे आन्दोलन गर्नुभएको छ त्यो जनयुद्ध होइन । तपाईंहरू देखाउनुस् सरकारले योयो गल्ती गरेको छ । आयल निगमले के गरेको छ, त्यसमा विरोध गर्नुस् । सडकमा बस किन खस्छ, हामी यो धुलाम्मेमा किन हिँड्नुपर्छ । जति मुद्दाहरू छन् अहिले यो सरकारको विरोध नै गर्दिनुस् न । राजनीतिक पार्टीहरूको विरोध गर्दिनुस् न अनि जनताले साथ दिन्छ । विप्लवजीहरू आन्दोलन गर्दै हुनुहुन्छ । सरकारलाई ‘अट्याक’ गर्नुस् । सरकारविरुद्ध आन्दोलन गर्नुस् । पार्टी र नेताहरूको विरोध गर्नुस् । आमनागरिकलाई दुःख दिनु हुँदैन । त्यसो गर्नुभयो भने जनताले साथ दिन्छ विप्लवजीहरूलाई किनभने तपाईंहरूले उठाएको माग जायज छ । मैले त्यतिबेला पनि भनेका थिएँ प्रचण्डलाई– तपाईंहरू आउन त आउनुभयो । बुलेटको सोझो गोली त बुझ्नुहुन्छ तर राजनीतिमा जुन बाङ्गोटिङ्गो जुन खतरा छ त्यो बुझ्नुहुन्न । तपाईंलाई गिरिजाले फसाउँछ । नभन्दै एकपछि एक नाकमा नत्थी लगाउँदै लगे । आखिर

कटुवालकाण्डदेखि प्रचण्डलाई खत्तम नै पा¥यो आज प्रचण्डको अवस्था हेर्नुस् त । मैले त जनाउ दिएकै हो । म विप्लवजीहरूलाई पनि त्यही भन्दैछु अहिले । विप्लवले गोली चलाउने त होइन । राजनीतिमा आउनुछ उहाँलाई । अन्ततः बच्चासम्मले विप्लवलाई साथ दिन्छन् । eratokhabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार