नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माफियालाई कार्बाही गर्ने भन्दै लिस्ट तयार परेको छ । नेपाल कम्युनिष्ट पार्टी रुकुमले शैक्षिक माफियाको लिस्ट बनाएर कार्बाहीको तयारीमा गरेका हुन्।

चन्दको पार्टीले जनयुद्धको शुरुवाती क्रममा झैं रातारात नाराहरूले भित्ता रंग्याउने कामलाई समेत तीव्रता दिएको छ । प्राप्त जानकारीअनुसार अहिले रुकुमपूर्व र रुकुम पश्चिम दुवै जिल्लामा भित्ते लेखनकार्य निरन्तर छ, यसका साथै केही शैक्षिक माफियाको लिस्ट तयार छ, जसमाथि छिट्टै कार्बाही हुनेछ ।

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताका अनुसार कार्बाही मोसो दल्नेदेखि पक्राउ गरेर सजग बनाउनेसम्मको हुनेछ । अहिले जिल्ला युवा सम्मेलन र विद्यार्थीको एरिया सम्मेलनलाई प्राथमिकता दिएर संगठन विस्तारमा पार्टी लागेको छ ।

रुकुम पूर्व र पश्चिमका अधिकांश गाउँका विभिन्न ठाउँमा रातारात गरिएका वाल पेन्टिङबाट बाटो छेउका घर, विद्यालय, धारा, पुल र प्रतीक्षालयलगायत ठाउँ रंगिएका छन् ।

‘संसदीय व्यवस्थाको भ्रममा नपरौं, दलाल भ्रष्टाचारी होशियार, एकीकृत जनक्रान्ति जिन्दावाद, , समानता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवादको स्थापना गरौं’ लगायत नारा लेखिएको पाइन्छ ।

बढी मात्रामा भित्ते लेखन कार्य देखिएपछि १२ वर्षे लामो जनयुद्धको उद्गम थलोको रूपमा रहेको रुकुममा फेरि शंका उब्जेको छ । नेकपाले प्रहरी चौकी आसपास क्षेत्रमा राति र अन्य ठाउँमा दिउँसै पनि नारा लेख्ने गरेको पाइन्छ ।

नेकपा रुकुम पूर्वको नेतृत्व सेक्रेटरी नरेन्द्र विकले सम्हालेका छन् भने पश्चिमको सेक्रेटरी चन्द्रबहादुर बुढा छन् । मैकोटलगायत ठाउँमा युद्धकालीन समयकै जस्तै नाटक र विभिन्न जनवादी गीत समेटिएको साँस्कृतिक कार्यक्रम रात तथा दिनको समय पनि गर्दै आएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार