इन्डो प्यासिफिक रणनीतिमा संलग्न हुनेबारे नेपाल सरकार केही अगाडि बढिरहँदा इन्डो प्यासिफिक कमान्डका प्रमुख  खुसुक्क नेपाल आएर फर्किएका छन्।

एडमाइल फिलिप एस डेभिडसन दुई दिने भ्रमण पश्चात शुक्रबार स्वदेश फर्किएका हुन्। प्रधानसेनापती पूर्णचन्द्र थापाको भारत भ्रमणको पुर्वसन्ध्यामा डेभिडसन नेपाल आएका हुन्। प्रधानसेनापती थापा शुक्रबार नै भारततर्फ लागेका छन्।

छोटो भ्रमणमा डेभिडसनले प्रधामन्त्री केपी ओली, रक्षामन्त्र, प्रधानसेनापति लगायत उच्च सरकारी अधिकारीसँग भेटेघाट गरे।

उनले पाँचखालस्थित नेपाल सेनाको तालिमकेन्द्रको पनि स्थलगत निरीक्षण गरेका थिए। डेभिडसन बिहीबार नेपाल आएका थिए।

गत महिना अमेरिकी विदेशमन्त्री माइक पम्पियोको निमन्त्रणामा हालै अमेरिका पुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको भेटघाटपछि अमेरिकी सरकारले जारी गरेको प्रेश विज्ञप्तीमा नेपालले इन्डो प्यासिफिक रणनितीमा केन्द्रीय भुमिका खेल्ने दावी गरेको थियो।

यद्यपि नेपाल सरकारले यस विषयमा कुनै निर्णय लिइनसकेको दावी गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार