काठमाडौं । चेल्सीका मिडफिल्डर सेस फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित भएका छन् । फाब्रिगासले मोनाकोसँग साढे तीन वर्षको सम्झौता गरेका छन् । आर्सनलबाट खेलेको समयमा टिमका साथी खेलाडी रहेका थिएरी हेनरीले प्रशिक्षणको जिम्मा लिएको क्लबमा फाब्रिगास अनुबन्धित भएका हुन् ।
३१ वर्षका स्पेनिस फाब्रिगासले गएको शनिबार राति एफए कप अन्तर्गत नोटिङ्ह्याम फरेस्टसँगको खेलमा चेल्सीको कप्तानी गरेका थिए ।

चेल्सीबाट उनको त्यहि खेल नै अन्तिम बन्यो । त्यो खेलमा उनी मैदानबाट बाहिरिने बेला आँसु पुच्छदै निस्किएका थिए । सन् २०१४ मा फाब्रिगास बार्सिलोनाबाट चेल्सी आएका थिए । यस्तै उनले सन् २००३ देखि २०११ सम्म आर्सनलबाट ३०३ खेल खेले । फाब्रिगासले मोनाकोसँगको अनुबन्धनलाई नयाँ परियोजना भनेका छन् र यो ठूलो सम्मानको कुरा रहेको उल्लेख गरेका छन् । टिमलाई सहयोग गर्नका लागि आफू मोनाकोमा अनुबन्धित भएको उनको भनाई छ ।

फाब्रिगासले चेल्सी र आर्सनलबाट गरी इंग्लिस फुटबलमा ५०१ खेल खेलका छन् । यस क्रममा उनले दुईपटक प्रिमियर लिगको उपाधि तथा दुईपटक एफए कप र एक पटक लिग कपको उपाधि जितेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार